Subscribe Us

उपत्यकासहित तराईबाट तीन दर्जन नक्कली चिकित्सक पक्राउ

काठमाडौं, ३ असार । नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो (सीआईबी) ले ३१ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । सीआईबीले काठमाडौंबाट १२ जना र बाँकीलाई तराईका जिल्लाबाट नियन्त्रणमा लिएको बताइएको छ ।

पक्राउ पर्नेमा विराटनगरका डा.जावेदरहेका छन भने वीरगंजबाट ८ जना पक्राउ परेको व्यूरोले जनाएको छ । बीरगंजबाट पक्राउ पर्नेहरुमा सरोज सिंह, पन्नालाल पटेल,कुशराज गिरि, दिनेश साह, रहुल्लाह, अरुणकुमार गुप्ता, इरसाद र निमेषरमण पाल रहेको व्यूरोले जनाएको छ । उनीहरुको शैक्षिक प्रमाणपत्र नक्कली भएको आशंकामा सिआईबीले पक्राउ गरेको प्रमुख एआईजीपी नवराज शिलवालले बताए ।

नक्कली डाक्टर पक्राउ परेको विरोधमा नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेजलगायत वीरगन्ज क्षेत्रमा सञ्चालित अस्पतालहरुले ओपीडी सेवा बन्द गरेको बताइएको छ । पक्राउ परेकामध्येको शैक्षिण प्रमाणपत्र नक्कली रहेको, खेतला लगाएर लाइसेन्स परिक्षा पास गरेको पाईएको सिलवालले बताए ।

Post a Comment

0 Comments