Subscribe Us

फ्रान्सलाई हराउँदै युरोपियन च्याम्पियन बन्यो पोर्चुगल

http://www.onlinekhabar.com/wp-content/uploads/2016/07/Portugal-win-Euro-2016.jpgकाठमाडौं । २०१६ को युरोकप च्याम्पियनमा पोर्चुगलले आफूलाई उभ्याएको छ ।  सुपरस्टार क्रिष्टियानो रोनाल्डो २५ मिनेटमै मैदानबाट बाहिरेतापनि पोर्चुगलले फाईनलमा फ्रान्सलाई हराउँदै युरोपियन महादेश च्याम्पियन बनेको हो । अतिरिक्त समयमा एइडरको गोलको मदतमा घरेलु टोली फ्रान्सलाई १ गोलले पराजित गर्दै पोर्चुगल युरोपियन महादेश च्याम्पियन हुन सफल भएको छ।

सोमबार विहान भएको फाइनलमा पोर्चुगलले आफ्ना स्टार कप्तान क्रिष्टियानो रोनाल्डोलाई २५ औं मिनेटमा नै चोटका कारण गुमाएको थियो । मिदित्री पयेटसाग ठोक्किएर घुाडामा चोट बोकेका उनी केहीबेरपछि रुँदै स्ट्रेचरमा बसेर मैदानबाट बाहिरिएका थिए ।

तर, उपाधिको दाबेदार मानिएको फ्रान्सले रोनाल्डोको अनुपस्थितिलाई सदुपयोग गर्न सकेन । उसो त घरेलु टोली निर्धारित ९० मिनेटको खेलमा नै विजेता झण्डै बनेको थियो । तर, उसका रफायल गेनियाकको प्रहार पोष्टमा लाग्न पुग्यो ।

१०८ औं मिनेटमा पोर्चुगलका ग्यारेरोको फ्रिकिक पनि बारमा लोगर फर्कियो । तर, त्यसको एक मिनेटपछि नै एइडर गोल गर्न सफल भए । फ्रान्सका कोसेल्नीलाई विट गर्दै उनके करिव २५ यार्ड टाढाबाट बल हानेका थिए । र, फ्रान्सेली किपरले बलतर्फ डाइभ पनि हानेका थिए तर, बलले निकै लोभलाग्दोसाग जाली चुम्यो ।

उसो त खेलमा फ्रान्सले अन्य केही सुन्दर मौकाहरु पनि खेल फालेको थियो । उसका स्टारम्यान एन्टोनी ग्रिजम्यानको दुई प्रहारलाई पोर्चुगलका गोलकिपरले रोकेका थिए । २००४ को उपविजेता पोर्चुगल समूह चरणमा एउटा पनि खेल नजिति तेस्रो स्थानमा रहेको उत्कृष्ट टिमका रुपमा नकआउट चरणमा पुगेको थियो ।

एकपछि अर्को खेलमा सुधार गरेको उसले फ्रान्सलाई हराएर पहिलो ठूलो अन्तराष्ट्रिय उपाधि जितेको छ । र, क्लब फुटबलमा सबै सफलता हात पारेका रोनाल्डोले अन्ततः देशका लागि ठूलो प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् ।

Post a Comment

0 Comments