Subscribe Us

कर विवरण र लाभकर बुझाउने अन्तिम दिन सम्म पनि एनसेल कर बुजाएन,
एनसेलमाथि कारबाही शुरु भइसक्योः करदाता कार्यालयका प्रमुख

ncell7 काठमाडौं । एनसेल कर प्रकरणलाई टुङ्ग्याउन ११ जनाको टिम बनाएको आन्तरिक राजश्व विभागले अन्ततः आजसम्म पनि लाभकर उठाउन सकेन । 

लाभकर छल्न टेलियासोनेरा देखाउँदै पन्छिन खोजेको एनसेलमाथि ठूला करदाता कार्यालयले छानविन गरिरहेको छ ।

 आजसम्म कर बुझाउने अन्तिम मिति भएपनि एनसेलले पैसा नबुझाएको ठूला करदाता कार्यालयका प्रमुख शोभाकन्त पौडेलले माइन्यूज नेपाललाई बताए । उनले भने–‘हामीले धेरै आशा गरिरहेका थियौं तर, एनसेललाई समय दिंदा पनि वेवास्ता गरेको हुँदा अब कानुन बमोजिम कारबाही अगाडि बढ्छ ।’

स्रोतका अनुसार अब राजश्वले एनसेलको खाता बन्द गर्नका लागि नियमन निकाय दूरसञ्चार प्राधिकरण र अर्थ मन्त्रालयललाई पत्राचार गर्ने छ । एनसेलको सेयर खरिद व्रिक्रीका लागि टेलियासोनेरा र एक्जियटाबीच भएको सेयर खरिद सम्झौता९एसपिए० समेत कर कार्यालयलाई नदिएपछि कर अधिकारीहरु अझ बढी आक्रोसित बनेका छन् ।
आयकर ऐनको दफा ५७ अनुसार शुक्रबार कर विवरण र बाँकी लाभकर बुझाउने अन्तिम दिन हो । तर, अब कर कार्यालले करमा शुल्क र व्याज जोडेर असुल गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । एक्जिएटाले सेयर खरिद कारोबार गरेको तीन महिना भित्र विवरण र बाँकी पुँजीगत लाभकर विवरण बुझाउनुपर्ने भएपनि एनसेलले अटेर गर्दै विज्ञप्ति प्रकाशित गरी नेपाल सरकारलाई ठाडो चुनौति दिंदै आएको छ । एनसेलले ८० प्रतिशत सेयर विक्रेता टेलियासोनेरा तथा २० प्रतिशतको सेयर बिक्रेता निरजगोविन्द श्रेष्ठले तीन छुट्टाछुट्टै विवरण अझै बुझाएको छैन ।
टेलियासोनेराले चैत २९ गते सेयर बिक्री भएर एक्जियटाले खरिद गरेको जानकारी वेभसाइट मार्फत दिएको थियो । एनसेलमा ८० प्रतिशत स्वामित्व टेलियाबाट एक्जियटा र २० प्रतिशत स्वामित्व निरज गोविन्दबाट भावनासिंह श्रेष्ठले खरिद गरेका थिए । एनसेलले वैशाख २६ गते पुँजीगत लाभकरवापत नौ अर्व ९६ करोड रुपैयाँ ठूला करदाता कार्यालयमा बुझाएको भएपनि बाँकी झण्डै ३५ अर्व बुझाउने यो अन्तिम समय हो ।

यो हिसावले कम्पनीको सम्पत्ति र दायित्वको मूल्यांकन गरेर दायित्वभन्दा बढी हुने सम्पत्तिलाई लाभ मानी एनसेल आफैले लाभकर बुझाउनु पर्दथ्यो । तर, अब समय सकिसकेको हु“दा कर तिर्नुपर्ने रकममा हर्जना जोडेर त्यसमा १५ प्रतिशतका दरले व्याज रकम समेत जोडि एनसेलबाट असुल उपर गर्नुपर्ने हुन्छ ।

लअभििठतर, एनसेलले नेपालका ठूला मिडियालाई समाचार ब्लक गरेर तथ्यहरुलाई बंग्याउ“दै कर नतिर्ने अडान लिन थालेको छ । यतिसम्मकी संसदको अर्थ समितिले कर असुल गर्न निर्णय गरिसक्दा पनि एनसेलले भने टेलियासोनेराले नै लाभकर तिर्नुपर्ने भन्दै समाचार प्रवाह गरी मिडिया क्याम्पेन गर्दै आएको छ । अर्थ समितिले दूरसञ्चार प्रदायक कम्पनी एनसेल नेपालमा दर्ता भएको, नेपालमा लगानी गरेको र नेपालमा नेपालीहरुसँग कारोवार गरी नाफा कमाएको कम्पनी हो । सो कम्पनीको सेयर विक्रि गरी स्वामित्व हस्तान्त्रण भएपछि त्यसबाट पुँजी आर्जन गरेको अर्थात पुँजीगत लाभ प्राप्त गरेकोले तिर्नु पर्ने र असुल गर्नु पर्ने सम्पूर्ण कर तत्काल असुल गरी अर्थ समितिलाई जानकारी गराउन भन्दै अर्थमन्त्रालयलाई निर्देशन दिइसकेको छ ।

तर, कर उठाउन पहल गर्नुपर्ने उद्योग विभाग र दुरसञ्चार प्राधिकरण कानमा तेल हालेर बसेका छन् । कर कार्यालयले उद्योग विभागलाई समेत एक्जियटा नियुक्त अधिकारीलाई भिसा सिफारिस रोक्न आग्रह गरेपनि एक्जिएटाका सिइओ सिमोन पार्किन्सनसहित दर्जनौ कर्मचारीहरु वर्क परिमिट नै नलिई विजनेश भिसामा काम गरिरहेको एनसेलका एक अधिकारीले बताए । एनसेलको लाभकरको विवाद नटुंगिन्जेलसम्म एक्जियटाले सिफारिस गरेका कर्मचारीको भिसा बदर गर्नु पर्नेमा उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले भिसाको म्याद थप गरी एक्जिएटालाई सहयोग पु¥याइरहेको एनसेल स्रोत बताउँछ ।

Post a Comment

0 Comments