Subscribe Us

सरकार ढल्दा किन खुसी भारत ?

भारतको लागि तस्बिर परिणामकाठमाडौं । इतिहासमै नयाँ गठबन्धनको बहुमतका कारण अल्पमतमा परेको एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारबाट राजिनामा आउनासाथ भारत खुसी भएको उल्लेख गरिएको छ । 

भारतीय मिडियाहरूमा ओली सरकार गिर्नु नै भारतको पक्षमा नेपालको संसद्को निर्णय रहेको जनाएका छन् । भारतले आफ्नो स्वार्थ नेपालमा लागू गर्न मुलुकमा नेपाल–चीनको सम्बन्ध झन् बलियो भएको भन्दै प्रचार गरेको थियो । नेपाल–चीन सम्बन्धले भारतको सुरक्षा खतरा बढ्ने सम्भावनाको दुस्प्रचार गरी भारतीय मिडिया र त्यहाँका अन्य राजनीतिक दलहरूको पनि मन जितेपछि आली सरकार ढाल्न भारतीय संस्थापनलाई सहज भएको थियो । र, अहिले भारतका चलेका मिडियाले पनि ओली सरकार ढल्नु खुसीको कुरा हो भन्दै प्रचार गरिरहेका छन् । 

टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले चीनको नेपालमा बढ्दो राजनीतिक प्रभावसँगै दुई वामपन्थी ठूला पार्टीहरूको गठबन्धन बलियो बनाउँदा भारतविरोधी गतिविधि नेपालमा बढेको भन्दै त्यसलाई तोड्नु भारको अनिवार्य आवश्यकता थियो भन्ने उल्लेख गरेको छ । उसले भारत सरकारले प्रचण्डलाई सहयोग गर्ने जनाउँदै ओलीले संविधानमा भारतको चासोलाई बेवास्ता गरेका कारणले नै उनको सरकार गिरेको दाबी पनि गरेको छ ।

उता, हिन्दुस्तान टाइम्सको अंग्रेजी संस्करणले पनि ओली सरकार ढल्नु भारतको जित भएको दाबी गरेको छ । उसले अन्य मुलुकको राजनीतिक मामलामा हात हालेको चीनले भारतको एक वर्षपछिको जितबाट पाठ सिक्नुपर्ने दाबी पनि गरेको छ । एक वर्षपछि नेपालको राजनीतिमा हात हाल्दा बल्ल भारतको जित भएको दाबी गरेको हो । त्यसो त नेपाललाई हिन्दू राज्य, राजसंस्था पुनस्र्थापना हुन सक्ने सम्भावना सहितका योजनाहरू भारतीय पक्षबाट खुलेका थिए । नेपाली जनताको निर्णयको आधारलाई टेक्दै नेपाल मामिला हेर्ने भारतीय अधिकारीले अहिले नेपालमा चलखेल बढाएका थिए । उनीहरूको उपस्थितिकाबीच अविश्वासको प्रस्ताव संसद्मा पेस भएको थियो भने प्रधानमन्त्री ओलीको बाध्यात्मक राजीनामा पनि आएको हो । 

धर्मनिरपेक्षतासहितको संविधान पारित र चीनसँग निकटता बढाउँदै सम्झौता गरेका कारण एमाले–माओवादी गठबन्धन भत्काइएको पनि भारतीय पक्षले खुलासा गरेको छ । यति मात्र होइन, प्रधानमन्त्री निर्वाचनका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सुशील कोइरालालाई उम्मेदवारी दिन लगाउने, संसद् छाडेको मधेसी मोर्चालाई मत हाल्न बाध्यकारी पनि भारतीय पक्षबाटै गरिएको थियो । 

भारतीय रक्षा अध्ययन तथा विश्लेषण सदस्य एवं भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विंग्स ‘रअ’का पूर्वप्रमुखको नेपाल उपस्थितिले पनि मुलुकको राजनीति मडारिएको स्रोतहरूको दाबी छ । भारतीय अधिकारी अशोक मेहताले प्रचण्डलाई गठबन्धनबाट हटाउनका लागि भारतको सहयोग रहेको घुमाउरो पाराले स्वीकार गर्दै ओली सरकार गिर्नुको मुख्य कारण भने चीनसँगको निकटता बढेको पनि बताएका थिए । 

ओली सरकारले चीनसँग गरेको पेट्रोलियम पदार्थ आयातसम्बन्धि सम्झौता खारेज, नेपाललाई हिन्दू राष्ट्र कायमका लागि संविधान संशोधन गर्दै पारित, मधेसका सबै एजेन्डा कार्यान्वयन तथा चीनले लुम्बिनीसम्म जोड्ने भनेको रेलमार्ग खारेजी हुनुपर्ने चासो प्रचण्ड–देउवा समिकरणको सरकारसमक्ष भारतीय चासो बुँदागत रूपमा राखिएको छ । चीनसँग नेपालले सुरु गरेको सवै आर्थिक र विकासे सम्झौताहरू खारेजीका लागि उनीहरू लागि परेका हुन् । चीनले नेपालमा गर्न लागेको पेट्रोलियम उत्खनन्मा भारतको गम्भीर चासो रहेको छ ।

Post a Comment

0 Comments