Subscribe Us

सांग्रिलामा ओली प्यानलको तमासा

काठमाडौं । होटल सांग्रिलामा दैनिक एक हुल मानिस गेटमा जाने र झन्डा गाड्दै नाराबाजी गर्दै फर्कन्छन् ।

 सबै पार्टीको घोषणापत्रमा राष्ट्रिय उद्योगलाई टेवा दिने कुरा उल्लेख गरेका छन् । तर, व्यवहारमा तिनै पार्टीको झन्डा बोकेर ८ महिनादेखि होटल सांग्रिलामा अवरोध पु¥याउने काम भएको छ । विगतमा क्यासिनोमा कार्यरत र श्रम ऐनअनुसार तलब सुविधा लिएर गइसकेका मजदुरहरूले ८ महिनादेखि टे«ड युनियनको आडमा होटलमा अवरोध गर्दै आएका छन् । 

क्यासिनो र होटल फरक व्यवस्थापनबाट सञ्चालित हुन् । होटलले स्थान भाडामा दिएको मात्र हो, तर ७ बर्षअघि क्यासिनोमा काम गरेको र श्रमअनुसार सुविधा लिएर गइसकेका मजदुरहरूले होटलमा गैरकानुनी धर्ना दिएर सांग्रिला होटल सञ्चालनमा अवरोध गर्दै आएका छन् । 

होटलसँग सरोकार नै नभएका मजदुरहरूले दैनिक मूलगेटमा नाराबाजी गर्दा व्यापारमै असर परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देशको परिकल्पना गर्दै आएका छन् । तर, उनका प्रमुख सल्लाहकार विष्णु रिमाल अध्यक्ष रहेको टे«ड युनियन महासंघ(जिफन्ट) कै मजदुरहरू लगानीकर्तालाई ‘मुर्दावाद’ भन्दै दिनहुँ सडकमा सडकमा तमाशा देखाइरहेका छन् । रिमाल ओलीका मान्छे हुन् भने उनले आन्दोलनका नाममा अवरोधलाई साथ दिएका हुन् ।  

जिफन्टका झन्डा लिएर केही व्यक्तिले कानुनविपरीत ८ महिनादेखि होटल सांग्रिलामा अवरोध गर्दै आइरहेका हुन् । काठमाडौंं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले होटलमा गैरकानुनी धर्ना दिनेलाई हटाउन सहयोग नगरेको गुनासो होटल सञ्चालकको छ । प्रजिअले आदेश नदिएका कारण प्रहरी प्रशासनले कानुनविपरीत होटलमा अवरोध पु¥याउनेहरूलाई कारबाही गरेको छैन । नेपाली कांग्रेस, एमाले र माओवादीको झन्डा दुरुपयोग गर्दै होटलमा दैनिक तमासा देखाउने गरिएको छ । कानुनविपरीत होटलसँग सरोकार नै नभएको कुरामा अवरोध पु¥याएर टे«ड युनियन नेतृत्वले होटलसँग ठूलै रकम बार्गेनिङ गरेको स्रोतले बताएको छ । 

होटलले पटक–पटक सरोकार नै नभएका र कानुनविपरीत होटलमा अवरोध पु¥याउनेहरूमाथि कारबाही गर्न र निर्वाध ढंगले व्यवसाय गर्ने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीसमक्ष पटक–पटक माग गर्दै आएको छ । होटलसँग क्यासिनोको कुनै सम्बन्ध नभए पनि होटलको मूलढोकामा कालोझन्डा गाड्ने, होटलका सञ्चालकको मानप्रतिष्ठामा आघात पुग्नेगरी नाराबाजी गर्ने कार्य ८ महिनादेखि टे«ेड युनियनको आवरणमा भइरहेको छ । होटलले क्यासिनोलाई भाडामा ठाउँ दिने मात्र हो, क्यासिनो संचालनमा होटलको कुनै हात हँुदैन ।

विगतमा नेपाल रिक्रियसन सेन्टर प्रालिले होटल सांग्रिलासँग स्थान बहालमा लिएर क्यासिनो सञ्चालन गर्दै आएको थियो । रिक्रियसनले होटलको बहाल र सरकारलाई राजस्वसमेत नतिरेपछि २०६७ असोज २७ गते सम्झौता रद्द भएको थियो । रिक्रियसनसँगको सम्झौता रद्द भएपछि २०६७ मंसिर १५ मा स्टार म्यानेजमेन्टले क्यासिनो संचालन गरेको थियो । रिक्रियसनका कर्मचारीहरू स्टार म्यानेजमेन्टले नै स्वीकार गरेको थियो । क्यासिनो नियमावली २०७० लागू भएपछि स्टार म्यानेजमेन्ट कम्पनी चलाउन नसक्ने भनी २०७० असोज १२ गतेदेखि कामदार कर्मचारीदेखि तिर्नुपर्ने सबैलाई ३५ दिने सूचना निकाली श्रम ऐन २०४८ को दफा १२ बमोजिम क्षतिपूर्ति दिएको थियो । 

स्टार म्यानेजमेन्टले मजदुरलाई श्रम ऐन अनुसार दिनुपर्ने क्षतिपूर्ति दिएर बिदा दिएको थियो । २०७१ असोज १५ गते ह्याप्पी वल्र्ड प्रालिले होटल सांग्रिलामा क्यासिनो संचालन ग¥यो । ह्याप्पी वल्र्डले क्यासिनो संचालन गरेको ४ महिनापछि स्टार म्यानेजमेन्ट प्रालिसँग क्षतिपूर्ति लिएर गइसकेका मजदुरहरूले होटल सांग्रिलामा दैनिक अवरोध गर्दै आएका छन् । 

टे«ड युनियनको झन्डाको दुरुपयोग गर्दै होटलको पेटी र मूलढोकामा दैनिक गुन्डागर्दी शैलीमा हुलहुज्जत गर्ने र होटल सञ्चालकको चरित्रहत्या गर्ने, घृणा फैलाउने गर्दै आएको व्यवस्थापनको भनाइ छ । एउटा नेपालीले संचालन गरेको ख्यातीप्राप्त होटलमा गैरकानुनी रूपमा भइरहेको अवरोधले व्यवसायीलाई हतोत्साही बनाउने काम गरेको मात्रै छैन विदेशी पर्यटकलाई अवरोध गरेर नेपालकै बेइज्जत गर्दासमेत प्रशासन मौन रहनुले कानुनी शासनको धज्जी उडेको छ ।

Post a Comment

0 Comments