Subscribe Us

५० करोड ठगी गर्ने मिश्रलाई जोगाउन कस्सिए कर्णेल

ठग सनिस मिश्रको लागि तस्बिर परिणामकाठमाडौं । विभिन्न प्रलोभन देखाएर सयौं व्यक्तिबाट करोडौं रूपैयाँ ठगी गर्न सफल कुख्यात ठग सनिस मिश्रलाई जोगाउन तीन कर्णेल लागिपरेको रहस्य खुलेको छ । 

ओमकार इन्भेस्टमेन्ट ग्रुप नामक कम्पनी स्थापना गरेर आकर्षक प्रतिफल दिने प्रलोभनमा पारी कान्तिपुर दैनिकमा विज्ञापनसमेत छपाएर करिब ५० करोड रूपैयाँ ठगी गर्ने मिश्रलाई जोगाउन नेपाली सेनाका  तीन पूर्वकर्णेल लागिपरेका हुन् । स्रोतका अनुसार कर्णेल विष्णु चापागार्इं, सम्पत अर्याल र शम्भू ढुंगाना ठग मिश्रलाई छुटाउन लागिपरेका हुन् । 

तीन कर्णेलमध्ये सेवा छँदा विवादित बनेका चापागार्इं र मिश्रको उठबस बाक्लो भएको स्रोत बताउँछ । छत्रमानसिंह गुरुङ सेनाको चिफ रहँदा चापागार्इं रुकुम जिल्लाको गणपति थिए । गणको रासनमा भ्रष्टाचार गरेपश्चात् कोर्ट मार्सलबाट चापागार्इंलाई बर्खास्त गरिएको थियो । सेनाको जागिरबाट हात धुनपरेपछि चापागार्इंले मिश्र जस्ता ठगहरूलाई अगाडि बढाएर आफूनिकट सेनाका हाकिमहरूको पैसासमेत मिटर ब्याजमा लगाई दिन थालेको चर्चा अहिले आर्मी हेडक्वाटरमा चल्न थालेको छ । 

मिश्रलाई अगाडि सारे पनि यसको योजनाकार तथा नाइके भने चापागाईं भएको स्रोेतको दाबी छ । सोही कारण चापागार्इंले आफ्ना अन्य दुई सहयोगी पूर्वकर्णेल सम्पत अर्याल र शम्भू ढुंगानाको सहयोग लिदै मिश्र छुटाउने अभियानमा लागेका हुन् । आकर्षक प्रतिफलको प्रलोभनमा मिश्रको समूहले करिब एक सय जनालाई घरवारविहीन बनाएका छन् । मिश्रले एक लाख लगानी गर्दा महिनामा १० हजार रूपैयाँसम्म व्याज दिने प्रलोभन देखाएर सर्वसाधारणलाई लोभ्याएका थिए । 

सुरु–सुरुमा ब्याजस्वरूप एक लाख बराबरको १० हजारका दरले प्रतिफल पनि दिएको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । एक लाखको मासिक दश हजार आउने भएपछि दर्जनौं व्यक्तिले घर र बारी नै बैंकमा राखेर मिश्रको कम्पनीमा लगानी गरेका थिए । जसको अहिले घरवारविहीन हुने अवस्थामा छ । मिश्रले विभिन्न १२ वटा कम्पनीको नाममा सर्वसाधारणलाई ठगी गरेका थिए ।

Post a Comment

0 Comments