Subscribe Us

यि हुन हिरोईन मिलाउँने ठमेलको हिरो,

काठमाडौं । मनोेरन्जनका लागि राजधानीको पर्यटकीय स्थल ठमेल पुग्ने अधिकांश पर्यटक लुटपाटको सिकार बन्दै आएका छन् । बाह्य पर्यटक हुन् वा आन्तरिक पछिल्लो सयम दलाल र लुटेराको निशानामा पर्न थालेका छन् । 

गत महिना क्यानडाबाट छुट्टीमा आएका मनोज गौतम यस्तै एक लुटेरा र दलालको फन्दामा पर्दा ५० हजार त गुमाए झन्डै ज्यानै गुमाएनन् । 

राजधानीको एक मात्र स्थानमा सञ्चालनमा रहेका नाइट लाइफको मज्जा लिने ठमेल पुगेका गौतम दलाल तथा लुटेरा सञ्जीव बोहरा र अनिल तामाङको फन्दामा परेका थिए । ठमेलमा पैसाले जे पनि पाइन्छ भन्ने सुनेका गौतमलाई ती दलालले पैसा खर्च गरे नेपालका टप मोडलदेखि हिरोइनसम्मलाई आफूले सेटिङ मिलाउन सक्ने आश्वासन दिए । 

दलालको आश्वसन पाएपछि गौतमले चर्चित एक नायिका मिलाई देऊ भन्दै ५० हजार  दलालको  हातमा थमाए । दलालद्वयले ५० हजार लिएपछि गौतमलाई दलाल तमाङले चलाउँदै आएको बा२झ १०५० नम्बरको ट्याक्सीमा राखेर गौशालाको गेस्ट हाउसमा पु¥याएका थिए । ती नायिका आउँदै छिन् भन्दै दलाल तमाङ र बोहराले हुस्कीमा बेहोस पार्ने पर्दाथ मिसावट गरेर गौतमलाई खुवाउन सफल भएका थिए । उक्त पर्दाथ खाएका गौतम बेहोस भएपश्चात् तमाङ र बोहरा फरार भएका थिए । 

भोेलिपल्ट बिहान होसमा आएका गौतमले आफू लुटिएको पत्तो पाएपश्चात् महानगरीय प्रहरी वृत्त लौनचोर पुगी उजुरी दर्ता गराएका थिए । पीडित गौतमको उजुरीपश्चात् अनुसन्धानमा जुटेको लौनचौर प्रहरीले गत साता तमाङ र बोहोरालाई पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेका तमाङ र बोहोरालाई हिरासतमा राखी चोरी मुद्दामा अनुसन्धान सुरु गरिएको वृत्तका प्रमुख डिएसपी सोमेन्द्रसिंह राठोरले जनप्रहारलाई बताए । विगत एक दशकदेखि नै ठमेलमा यस्तै प्रकृतिका अपराधले जरो गाडेको छ । विभिन्न प्रलोभन देखाई ठमेलमा मनोरन्जनका लागि पुग्ने पर्यटकलाई लुटपाट गर्ने दर्जनौं गिरोह ठमेलमा सक्रिय रहेको ठमेलका एक व्यापारी बताउँछन् ।

 दैनिकजसो एक दर्जनको सख्यामा ग्राहक लुटिने भए पनि प्रहरीसमक्ष मासिक एकदुईवटा उजुरीभन्दा पर्दैन्न । समाजिक प्रतिष्ठामा आँच र पारिवारिक जीवनमै असर पुग्ने कारणले पीडितहरू प्रहरीसमक्ष नआउने गरेको वृत्तका प्रमुख डिएसपी राठोर बताउँछन् । जसका कारण आपराधिक गिरोहको मनोबल बढेको जिकीर डिएसपी राठौरको छ । तमाङ र बोहोराका पक्राउपश्चात् यस्ता अन्य गिरोहको समेत पहिचान गर्न सहज भएका कारण अन्य गिरोहको समेत खोज तलास सुरु गरिएको लैनचौर वृत्तले जनाएको छ । 

ठमेलमा मनोरञ्जनका लागि आउने ग्राहकलाई विभिन्न प्रलोभनमा पारी लुटपाट गर्ने समूहमा रेस्टुरेन्ट व्यवसायी, ट्याक्सी चालक, रिक्सा चालक, गेस्टहाउसका कर्मचारीदेखि मालिकसम्मको संलग्नता रहेको स्रोतको दाबी छ । कतिपय डिस्को  डान्समा भेटिने युवती स्वयंले समेत मदिरामा लठ्ठिएका युवकलाई जालोमा फसाएर लुटपाट र चोरी गर्दै आएको घटनासमेत सार्वजनिक हँुदै आएका छन् ।

Post a Comment

0 Comments