Subscribe Us

नयाँ शक्तिका कलाकार बिच ग्याङ फाईट,
उद्दण्ड प्रवित्तिका नेताहरुबीच सचिवालय वैठमै हात हालाहाल

काठमाडौं । नाममात्र नयाँ शक्ति भएर के गर्नु ? चरित्र पुरानै भएपछि अहिले डा.बाबुराम भट्टराइको दिमाग तिलमिलाउन थालेको छ । पार्टी घोषणा सभामै ढुंगो लागेको नयाँ शक्तिको भविष्यको बारेमा बाबुराम नै अलमलमा परेका छन् । अझ सचिवालय वैठकमा नेताहरुबीच हानाहानै भएपछि उनको टाउको दुखेको छ । प्रत्येक वैठकमा केही न केही विषयलाई लिएर नेताहरुबीच कुटाकुटसम्मको अवस्था आउन थालेको छ ।

‘अबको निकास, आर्थिक विकास’ भन्ने नारा दिएर चे ग्वोभारा शैलीमा गरेको बाबुरामका पार्टीको प्रचार शैली फरक भएपनि नेताहरुको सन्काहा र इखालु शैली भने हराएको छैन । पार्टीमा ठूलै जिम्मेबारी नहुँदा पनि संयोजक नै आफु भएको दादागिरी देखाउने हिसिला यमिदेखि सचिवालयदेखि प्रत्येक प्रदेशका इञ्चार्ज तोकिएकाहरुको पाखण्ड शैली हराउन नसक्दा नयाँ शक्ति नाम, पुरानो प्रवित्ति कामका रुपमा चित्रित हुन थालेको छ ।
धोबीघाटमा बसेको पहिलो बैठकमा पार्टीको केही नेताहरुबीच ठूलो लफडा भएको थियो । नेता रामचन्द्र झा, खिमलाल देवकोटा, देवेन्द्र पौडेलले नयाँ शक्ति आफ्नो पेवा जस्तो ठान्दा हानाहानको अवस्था आएको हो । सभ्य र व्यवस्थित घोषणा सभा गरेको सन्देश दिन खोजेका बाबुरामको पहिलो गाँसमै ढुंगा त करिश्मा मानन्धरले लगाएकी थिइन् । प्रधानमन्त्रीलाई बोलाउनै नजान्ने ढंगहिन उद्घोषणका कारण करिश्मा आलोचित पनि भइन् । त्यसबाहेक बाबुरामका प्रत्येक गाँसमा ढुंगा लाग्न थालेका छन् । अर्थात्, कुनै वैठक पनि भनेजस्तो हुन सकेको छैन ।
आइतबार मात्रै सकिएको सचिवालय बैठकका क्रममा पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दुई नं प्रदेशको बैठकमा विवाद भयो । एमाले छाडेर माओवादी प्रवेश गरी बाबुरामसँग टाँसिएका दुई नं प्रदेश इन्चार्ज रामचन्द्र झा र पार्टी केन्द्रीय सचिवालय सदस्य ओइत अन्सारीबीच हात हालाहाल भएको थियो । पार्टीको सचिवालयको बैठकपछि दुई नं प्रदेशबाट प्रतिनिधित्व गर्ने सचिवालय सदस्यहरुको बेग्लै बैठक बसेको थियो । उक्त बैठकमा रामचन्द्र झा र ओइत अन्सारीबीच भनाभन भएको थियो । 

चर्काचर्की हुँदै गर्दा रामचन्द्र झा जुरुक्क उठेपछि ओइत अन्सारीले ‘के गर्नुहुन्छ ? पिट्नुहुन्छ ? ल पिट्नु’ भने । त्यसपछि पनि ओइत अन्सारीले ‘किन बस्नुभएको ? हिम्मत छ भने हात हाल्नुस् । तँपाइले चिन्नु भएको छैन, म ओइत अन्सारी हुँ’ भनेपछि रामचन्द्र झाले पनि ‘म पनि रामचन्द्र झा हो तँपाईंले चिन्नु भएको छैन ?’ भनेका थिए । ‘ठूलो हानाहान भएन तर सामान्य धकमधक्की र चर्काचर्की भयो । लामै झगडा भयो ।’, स्रोतले भन्यो,‘झगडा मिलाउनका लागि नेताहरुलाई पनि हम्मेहम्मे परेको थियो ।’

अन्सारीले आफू कसैको लोभमा नयाँ शक्तिमा नआएको झालाई बताएका थिए । अन्सारीले झालाई नेता भएर पनि गुटबन्दी गरेको भन्दै सात्तो खाएको स्रोतले बतायो । अन्सारी र झाको झगडा मिलाउन बाबुरामपत्नी हिसिला यमी आउनुपरेको थियो । हिसिला यमीले तँपाइहरुको यो झगडाले मधेसको ‘आइडेन्टीटि’को साख झन् गिरेको भन्दै सम्झाएकी थिइन् । यमीले भनिन्, ‘तँपाइ आफूहरु झगडा गरेको हुनाले त पहाडेहरुले तपाईंहरुलाई हेपेका हुन् । यदि तँपाइहरु नमिल्ने हो भने पहाडेहरुले हेपिरहनेछन् ।’ यसो भनेपछि मात्र झा र अन्सारी शान्त भएका थिए ।

Post a Comment

0 Comments