Subscribe Us

एमालेको आडमा गुण्डागर्दी गर्दै पाण्डे,

https://rojgarvani.files.wordpress.com/2016/03/hari-bahadur-pandey-chhetri-2.jpg?w=220&h=126&crop=1काठमाडौं । राजनीतिक दलको आडमा गुण्डागर्दी गर्ने कम छैन । अझ सत्ताधारी पार्टीकै आडमा गर्न पाए के खोज्नु ? कानुनको धज्जी उडाउने र शक्तिको उपयोग गर्न पाए के खोज्छस् कानो आँखा जस्तो हुन्छ ।

 अहिले एमाले सत्तामा भएको र प्रधानमन्त्री केपी ओली दाहिना भएका एमाले महाचिव इश्वर पोखरेलको आडभरोसामा एकजनाले डाङडुङ पारेर आफ्नो धन्दा चलाइरहेका छन् ।

फ्यूचर स्टार म्यानपावरका सञ्चालक हरी पाण्डे क्षेत्री म्यानपावर व्यवसायीका अलावा गुण्डागर्दीमा अव्वल व्यावसायीका रुपमा अघि बढ्नका लागि शक्तिकेन्द्र नजिक भएको उपयोग गरिरहेका छन् ।   उनको गुण्डा गर्दी निकै परिस्कृत शैलीको रहेको छ । 

उनले स्वदेशमा रोजगारीको अभावका कारण विदेश जान लागेका गरिब कामदारलाई ठग्ने गरेका छन् । पैसा कमाउने अभिलाशामा विदेश जान जग्गाको लालपुर्जा धितोमा राखेर ऋण काढेर ल्याएको पैसामा मोजमस्ती मात्र गरिरहेका छैनन्, समस्या परे डाङडुङ पार्न पनि छाड्दैनन् । आफुले भने जति ठग्न नपाएको खण्डमा गुण्डा लगाएर कार्यालयमा होस् या सडकमा वा न्यायीक निकायमा नै किन नहो्स कुटपीटमा उत्रने गरेका छन् । 

नेकपा–एमाले तनहुँ काठमाडौं सम्पर्क सञ्चका अध्यक्ष समेत रहेका पाण्डेले पैसाको प्रलोभनमा पारेर एमाले महासचिव इश्वर पोखरेललाई आफ्नो पकडमा राखेका छन् । पैसा भनेपनि ट्याङकी समेत भर्न पछि नपर्ने महासचिव पोखेरललाई पाण्डेले गरिब कामदार बेचेको पैसाले केही हदसम्म भएपनि भरथेग गरिरहेको स्रोतको दाबी छ ।े अघिल्लो साता आफैले ठगेर आफैले वैदेशिक रोजगार विभागको प्राङगणमा पीडित गुल्मी सिमिचौरका २८ वर्षीय कृष्ण कुवरलाई मरणसन्न हुनेगरी कुटपीट गरे । 

एमाले समर्थीत म्यानपावर व्यवसायीहरुको संगठन प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका उपाध्यक्ष समेत रहेका पाण्डेको सामाखुसी स्थित टाउन प्लानिङमा म्यानपावर सञ्चालनमा छ । भूपू भारतीय लाहुरे समेत रहेका पाण्डे तीनै गुण्डाको सहायतामा ठगी कार्य गर्दै आएका छन् । सरकारले तोकेको सिलिङ भन्दा बढी शुल्क लिने र कामदारले न्यायीक निकाय वैदेशिक रोजगार विभाग वा प्रहरी कार्यालयमा उजुरी गरेको खण्डमा पीडितलाई कुटपीट गर्ने र उजुरी फिर्ताका लागि दबाब पनि दिने गरेका छन् । कुँवरलाई पनि विभागमा पाण्डेले लात्तीले छाती र पेटमा कुटे । कुँवरले रोजगारीका लागि साउदी अबर जान ७० हजार रुपैयाँ बुझाएको थिए । पाण्डेले कुँवरमार्फत सरकारले तोकेको भन्दा ६० हजार रुपैयाँ बढी लिए । सरकारले २०७२ असार २१ गतेदेखि लागु हुनेगरी १० रुपैयाँ मात्र लिने निर्णय गरेको थियो । सरकारको निर्णयलाई लोप्पा खुवाउँदै पाण्डेले गरिबको रकममा मोजमस्ती गरिरहेको स्रोतको दाबी छ । 

पाण्डेबाट ठगीएका कुँवरको राहदानी समेत उनले पचाउने योजनामा थिए । बढी पैसा लिएर राहदानी नदिएपछि उजुरी गर्न वैदेशिक रोजगार विभागमा पुगेका थिए, कुँवर । उजुरी परेपछि विभागकी निर्देशक रमा भट्टराईले दुवै पक्षलाई बोलाईन् । बोलाएपछि पाण्डे फेरी पेलेरै जाने तयारीमा लाग्दा कुँवर मानेनन् । उनले राहदानी सहित पैसा फिर्ता पाउने अडान राखेपछि पाण्डेले कुँवरमाथि हातपात गरेका थिए । कुँवरलाई उपचारका लागि मिनभवन स्थित सिभिल अस्पतालमा लगियो । 

सामाखुसी क्षेत्रका प्रहरीलाई आफ्नो पकडमा राख्न सफल उनले बानेश्वर प्रहरी वृतलाई आफ्नो पक्कडमा लिने र प्रहरीको हिरासतमा नजाने प्रयासमा रहेका उनलाई स्थानीय र प्रत्यक्षदर्शीको दबाबका कारण प्रहरीको नियन्त्रणमा पुगे । वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष समेत रहेको गुण्डागर्दीमा संलग्न पाण्डेलाई संघ तथा प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका पदाधीकारीहरुले बिहीबार गएर छुटाएका छन् ।

Post a Comment

0 Comments