
ब्यूरोले आइतबार पत्रकार सम्मेलनमार्फत ४ सय ९२ किलो एम्फेटामाईन बनाउन
प्रयोग हुने केमिकल सहित उनीहरुलाई सार्वजनिक गरेको हो ।
संघाई ग्रुपले बाराको जितपुरमा आर्यान
फर्मा ल्याब खोलेको र उक्त फर्मामार्फत विभिन्न देशमा लागूऔषधमा प्रयोग
हुने ‘केमिकल’ तस्करी गर्ने गरेको ब्यूरोका डीआईजी जयबहादुर चन्दले बताए ।
प्रिकर्सर नामक सहायक रसायन ब्यूरोले ललितपुरस्थित रतन संघाईको प्लाष्टिक
गोदाममा लुकाएर राखेको अवस्थामा फेला पारेको थियो । संघाईले लामो समय देखि
रसायन चीन, अष्ट्रेलिया, हुँदै बर्मा पुर्याउने गरेको अनुसन्धानबाट खुलेको
छ ।

फर्मास्युटिकल्स कम्पनीहरुले सरकारको
स्वीकृतिमा मात्र यो रसायन नेपाल आयात गर्न पाउँछन् । आर्या
फर्मास्युटिकल्सले अत्याधिक मात्रामा यो रसायन ल्याएपछि प्रहरीले निगरानी
गरेको थियो। मन्त्रालयले एक पटकमा तीन सय किलो ल्याउने अनुमति दिने गरेको
छ।
त्यो सकिएर फेरि माग भएपछि अनुमति दिने गरेको औषधि व्यवस्था विभागका फर्मासिस्ट गोरख जिसीले जानकारी दिए। ब्यूरोले आइस
ड्रक्सका कारोबारीलाई पक्राउ गरेपछि संघाई ग्रुप माथि अनुसन्धान सुरु
गरेको थियो । संघाई ग्रुपका पवन संघाई भने अहिले फरार रहेका छन्। पूर्व
सभासद श्यामसुन्दर गुप्ताको योजनामा २०६८ पुस २७ गते कमलादीबाट अपहरणमा
परेपछि पवन संघाईको चर्चामा आएको थिए।
0 Comments