Subscribe Us

कसले देखाउने आर्थिक विवरण ?,
रासन भत्तादेखि खरिदमा करोडौं भ्रष्टाचार

nepali police logoको लागि तस्बिर परिणामविधानविपरित मिसन भत्ता लिने भूकम्पको बहानामा अनेक सामानको खरिदको बिलभर्पाइमा वैधानिकता नहुँदा नेपाल प्रहरीभित्र आर्थिक विवरण नै गोलमोटल रूपमा राखिएको छ
काठमाडौं । संयुक्त राष्ट्र संघको मिसन होस् वा अन्य समयका तालिममा विदेश रहेको बेला प्रहरीले रासन, भत्ता लिन पाउँदैनन् । तर, कतिपय प्रहरीले शान्ति मिसन तथा तालिमका लागि विदेश गएको बेलाको रासन, भत्ता लिएको खुल्न आएको छ । प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र पाण्डे ३ महिना गुजरातमा तालिममा रहेका थिए तर उनले त्यो समयको रासन भत्ता लिए । धेरै प्रहरीले पनि सिद्धान्तविपरीत विदेशमा रहँदाको रासनभत्ता लिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । उनीहरू नेपालमा रहँदा वा काम गर्ने समय ड्युटीमा रहेको बेला मात्र रासन, भत्ता पाउने प्रावधान रहेको छ । 

त्यस्तै सरुवाको क्रममा पनि कतिपयले दोहोरो रासन, भत्ता लिने गरेका छन् । सई तुलबहादुर सेन ठकुरी २२ साउन ०७१ को निर्णयले जिल्ला प्रहरी कार्यालय डोल्पा गएको रमानापत्रमा हुने मिति उल्लेख छैन । रासन भुक्तानी दिएको अवधिसमेत खाली राखी उनलाई रमाना दिइएको थियो । 

अर्का सई जगदीश सिंह सरुवा भई धनगढी गएकोमा रासन भुक्तानी मिति खाली छ । यस्ता विषयलाई नेपाल प्रहरीको जिल्ला प्रहरी कार्यालय वा कार्यालय प्रमुख तथा लेखा शाखाले कहिले पनि गम्भीर रूपमा लिएन । एसएसपी मधुसूदन पुडासैनी अञ्चल प्रहरी कार्यालय भेरीबाट ५ असोज ०७१ मा रमाना पत्रानुसार निरीक्षण तथा सुपरीवेक्षण महाशाखामा सरुवा भएकामा उनको रमाना पत्रमा सरुवा भ्रमण खर्च लिए नलिएको खुलाइएको थिएन । जबकि त्यो रमाना पत्रमा विषयलाई नै प्रस्ट लेख्नुपर्छ ।

त्यस्तै प्रहरीले नगद नै दिने रासन, भत्तामा कुनै कार्यालयले १ प्रतिशत सामाजिक सुरक्षा कर काटने त कसैले नकाटने गरेको पाइएको छ । सबै किसिमको भत्तामा सामाजिक सुरक्षा कर काटिने प्रावधान छ । प्रहरी मुख्यालयको क्यान्टिनको निर्माणमा सम्झौताअनुसार काम नभएको र १ लाख ६६ हजार रुपैयाँ स्वीकृतिविना नै भुक्तानी भएको थियो । भवन निर्माणको क्रममा भेरिएसन स्वीकृत नगरी १३ लाख १९ हजार ४ सय ८ रुपैयाँ भुक्तानी भएको थियो । यस्तो खर्चको हिसाब निकाल्दै जाँदा प्रहरीभित्र करोडौं रुपैयाँसम्म अपचलन भएको निस्कने प्रधान कार्यालयका एक अधिकारीले बताए ।

 उनका अनुसार भूकम्पमा अपारदर्शी खर्च भएको छ । भूकम्पको समयमा प्रहरी कार्यालयले अपारदर्शी ढंगले खर्च गरेका थिए । इन्धन र ममर्तमा लाखौं खर्च भएको देखाइएको थियो । भूकम्पले न्यून प्रभावित जिल्लामा धेरै रकम पठाउँदा अन्य शीर्षकमा उद्धारको रकम खर्च गरिएको थियो । महानगरीय प्रहरी कार्यालयले भूकम्पपछि १६ लाख ७४ हजारमा १५ कार्टुन प्याक्टोजिन खरिद गरेको थियो । जसको परिणामसमेत खुलाइएको थिएन भने बुझिलिनेको हस्ताक्षरसमेत राखिएको थिएन । त्यस्तै प्रहरीले प्याक्टोजिन खरिद गर्नुको औचित्यसमेत देखिएको थिएन । केही सामानको खरिद बिल भएको तर प्रयोजन र खर्चको हिराब राखिएको छैन । 

सो विषयमा समेत त्यहाँको लेखा प्रमुखलाई स्पष्टीकरणसमेत पठाएको थियो । महालेखाको रिपोर्टमा समेत भूकम्पको बेला खर्च गरिएको रकम अपरादर्शी भएको उल्लेख गरेको थियो । दैवी प्रकोपसँग प्रत्यक्ष सम्बन्ध भएका कार्यहरूमा खर्च गर्नुपर्नेमा कार्यालयले इन्धन खर्च १३ लाख ३८ हजार ४ सय १८ रुपैयाँ खर्च गरेको देखाएको थियो । सो विषयले प्रहरी प्रधान कार्यालयले देखाएको सक्रियतालाई समेत ओझेलमा पारेको थियो । 

प्रहरी प्रधानकार्यालय महानिरीक्षकको सचिवालयले सो विषयमा आर्थिक अपारदर्शिता देखिएका कार्यालय प्रमुख र त्यसका लेखा प्रमुखकको विवरण माग गर्दै कारबाहीका लागि सिफारिस गर्न निर्देशन दिइसकेको स्रोतले जनाएको छ ।

Post a Comment

0 Comments