Subscribe Us

सेनाले तुहायो गृहको योजना

सेनालेको लागि तस्बिर परिणामकाठमाडौं । नेपाली सेनाका कारण गृहमन्त्रालयले ३ वटा हेलिकोप्टर खरिद गर्ने प्रस्ताव तुहिएको छ । विपत् व्यवस्थापनका लागि अति आवश्यक रहेको भन्दै मन्त्रालयको प्रस्तावित बजेटमा केही रकम थपेर हेलिकोप्टर खरिद गर्ने प्रस्ताव थियो । 

नेपाली सेनाका कारण त्यो अलपत्र परेको स्रोतले जनाएको । सेनाले अहिले एक्लौटी रूपमा उद्धार र भाडामा आफ्ना हेलिकोप्टर चलाउँदै आएको छ । प्रतिघन्टा ९० हजारमा सेनाले हेलिकोप्टर भाडामा लगाउने गरेको छ ।  एकलौटी रहेको व्यापार घट्ने भएपछि मन्त्रालयको हेलिकोप्टर किन्ने प्रस्तावलाई तुहाइएको स्रोतले जनाएको छ । 

मन्त्रालय स्रोतका अनुसार हेलिकोप्टर खरिदका लागि आवश्यक बजेटको माग गर्दे मन्त्रालयले स्वीकृतका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाए पनि अर्थले स्वीकृति दिएको छैन । सेनाले हेलिकोप्टर खरिद गर्न अनुमति पाइसक्दा पनि गृहको प्रस्ताव भने अलपत्र परेको छ । विपत् व्यवस्थापनको नेतृत्व गरिरहेको मन्त्रालयले कम्तीमा ३ वटा एमआई १७ हेलिकोप्टर किन्ने प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्रालयमा सोसम्बन्धी प्रस्ताव गएको अर्थले बजेट अभाव जनाएको दाबी गरे । ‘हामीले मन्त्रालयलाई छुट्याएको बजेटमै किन्न प्रस्ताव गरेका छौँ तर अर्थले स्वीकृत गरेको छैन’, स्रोतले भन्यो । 

गत वर्ष भूकम्पपीडितको उद्धार र प्रभावित क्षेत्रमा राहत पु¥याउने कामको नेतृत्व गरिरहेको गृहमन्त्रालयले ती काम गर्न हेलिकोप्टरको अभाव महसुस भएको जनाउँदै भविष्यका निम्ति कम्तीमा ५ वटा क्षेत्रमा एक–एक हेलिकोप्टर तैनाथ गर्न व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएको थियो । गत वर्ष पाँचवटा भने पनि अहिलेको बजेटलाई सदुपयोग गर्दै कम्तीमा तीनवटा हेलिकोप्टर चाहिने अडानमा मन्त्रालय रहेको छ ।

 वर्षामा बाढी, पहिरो हिउँदमा आगलागी तथा अन्य प्राकृतिक प्रकोपमा उद्धारका निम्ति खटिन पनि हेलिकोप्टरको महसुस भएको मन्त्रालयले जनाएको छ । नेपाल जस्तो भौगोलिक विकटता र बसोबास रहेको मुलुकमा प्राकृतिक विपत्तिका बेला उद्धार र राहतका निम्ति हेलिकोप्टर निकै प्रभावकारी हुने मन्त्रालयका अधिकारीको दाबी छ । गत वैशाख ११ को भूकम्पको सामना जेनतेन गरेको गृहमन्त्रालयले यो वर्ष जसरी पनि हेलिकोप्टर किन्न प्रस्ताव गरेको थियो । 

प्राकृतिक प्रकोपबाट प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले लगातार गृहमन्त्रालयसँग हेलिकोप्टरको माग गर्ने गरेको पाइन्छ, तर गृहलाई भनेको समयमा हेलिकोप्टर पठाउन सकस परिरहेको देखिन्छ । ५ वटा किन्न असम्भव देखिएपछि एउटा धनगढी अर्को विराटनगर र तेस्रोचाहिँ काठमाडौंमा रहनेगरी तीनवटाको मात्रै प्रस्ताव गरिएको हो । एमआई १७ जस्ता ठूला हेलिकोप्टरहरू भएमा मन्त्रालयलाई विपत्को बेला राहत पु¥याउन सहज हुन्छ, तर त्यो नभइरहेको हुँदा हेलिकोप्टरको कमी महसुस भइराखेको मन्त्रालयका अधिकारीले जनाएका छन् । 

‘यही बजेटमा खरिद गर्ने कुरा भएको छ, प्रस्ताव अर्थमा पठाइएको छ, अर्थ बजेट छैन भन्दै आएकाले यसलाई केही थप व्यवस्था गर्न अनुरोध गरिरहेका छाँै’, मन्त्रालयका एक अधिकारीले भने । उनका अनुसार सेनाले गम्भीर असहमति राखेपछि मन्त्रालयको सो प्रस्ताव रोकिएको हो । 

भूकम्पपीडितको उद्धारका लागि आएको अमेरिकी हेलिकोप्टर अचानक हराएर दुर्घटनामा परेको अमेरिकी सेनाको हेलिकोप्टरको खोजी कार्यमा नेपाली सेनाका केहि हेलिकोप्टर केन्द्रित हुनु पर्दा गृहमन्त्रालयलाई थप अभाव खड्किएको थियो । सरकारी हेलिकोप्टर नेपाली सेनासँग मात्र छ र निजी हेलिकोप्टर भाडामा लिने प्रक्रिया लामो भएपछि मन्त्रालयले त्यतिबेलै अभावलाई पूर्ति गर्ने जनाएको थियो । सरकारी ध्यान राहत तथा उद्धारमा खटिनुपरेकाले मन्त्रालयले तत्कालै हेलिकोप्टर खरिद गर्ने प्रस्तावलाई स्थगित गरेको थियो ।

Post a Comment

0 Comments