Subscribe Us

वामहरूको गठबन्धन चल्दो रहेनछ : महरा

Krishna_Bdr_Maharaकाठमाडौं ।
माओवादी केन्द्रको आइतबार बसेको बैठकमा महराले भने-
‘हाम्रोजस्तो देशमा वाम पार्टीहरूबीचको गठबन्धन चल्दो रहेनछ । एउटै पार्टी बनाउँदा त्यो रहने देखिए पनि अलग–अलग पार्टीका रूपमा गठबन्धन बन्दो रहेनछ । यस्तो गठबन्धन कायम रहँदा एकले अर्काेलाई खाने, निल्ने हुँदो रहेछ । त्यसकारण सरकारको विषयमा हामीले गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।’
बैठकमा नेताहरूका दुईथरी मत
माओवादी केन्द्रको आइतबारको बैठकमा नेताहरूको दुईथरी मत आएको छ । सरकारमा सहभागी नेताहरूले ओली नेतृत्वको सरकारको विकल्पमा बन्ने राजनीतिक समीकरणमा पार्टीले उठाउँदै आएको एजेन्डा सम्बोधन हुने विश्वासको वातावरण पहिले आउनुपर्ने धारणा राखेका थिए ।
आइतबार मन्त्रीहरू रायमाझी, हरिबोल गजुरेल र शक्तिबहादुर बस्नेतले धारणा राखेका थिए । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले धारणा राखेका छैनन् भने अर्का मन्त्री अग्नि सापकोटा आइतबारको बैठकमा थिएनन् ।
बैठकमा कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, चक्रपाणि खनाल र जयपुरी घर्तीले पनि धारणा राखेका थिए । ती नेताहरूले एमाले नेतृत्वको सरकारले पार्टीलाई कमजोर बनाइरहेको भन्दै सरकारको विकल्पमा जानुपर्ने धारणा राखेका थिए ।
माओवादी मन्त्रीहरू भन्छन्, पहिले विश्वासको आधार खोजौँ
राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने र राष्ट्रिय समस्या समाधान खोज्ने कुरामा पार्टी निर्णय सही छ । तर, त्यस्तो सरकारको निर्माण कसरी गर्ने भन्नेमा पार्टीले पहिले रोडम्याप तयार पार्नुपर्छ । ठीक छ, यो सरकारले हामीसँगको विगतको सहमति कार्यान्वयन गरेन, तर यो सरकारको विकल्पमा बन्ने नयाँ गठबन्धनले हामीले उठाएको एजेन्डाको सम्बोधन गर्ने विश्वासको वातावरण के ? पहिले विश्वासको वातावरण तयार पारौँ । अनि मात्र विकल्पका विषयमा सोचौँ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post a Comment

0 Comments