Subscribe Us

एनसेल प्रकरण, करोड खुवाएर अर्ब लुट्न चलखेल
प्रधानमन्त्री ओली, शेरबहादुर देउवा परिवार र प्रचण्ड परिवारलाई पनि प्रलोभन देखाउँदै आचार्य दाजुभाइ

काठमाडौं । विदेशी लगानीको दूरसंचार कम्पनी एनसेलले करोड खर्च गरी अर्ब लुट्ने योजनाका लागि चलखेल बढाएको छ । विभिन्न निकायमा रहेका शक्ति केन्द्रलाई करोडसम्मको प्रभावमा राखी ३० अर्ब राज्यलाई तिर्नुपर्ने रकमबाट उन्मुक्तिका लागि उसले प्रयास गरिरहेको छ । 

सर्वसाधारण र सञ्चारमाध्यमको दबाबमा झन्डै १० अर्ब कर तिरेको एनसेलले बाँकी झन्डै ३० अर्बभन्दा बढी करबापतको रकम छुट गर्नुपर्ने र त्यसबापत कर कार्यालय, प्रधानमन्त्री कार्यालय र अख्तियारका केही कर्मचारीलाई व्यक्तिगत रूपमा पैसा दिने भन्दै डिल गरिरहेको स्रोतले बताएको छ । 

एनसेलका अधिकारीहरू स्वंय केही राजनीतिक दलका नेताहरूसम्म लोभलाग्दो प्रस्ताव लिएर गइसकेका छन् । यसै क्रममा ठूला कर कार्यालयका प्रमुख शोभाकान्त पौडेलसमेत व्यक्तिगत लाभ आउने लोभमा एनसेलले तिर्नुपर्ने बाँकी रकम नतिरे हुने भन्ने अभिव्यक्ति दिँदै हिँड्न थालेका छन् । 

पौडलेलाई सतीशलाल आचार्य र सचिनलाल आचार्यले पटक–पटक भेटेर एनसेलले तिर्नुपर्ने रमक मिनहा गर्नुपर्ने र जसरी पनि मिलाउन भनेका छन् । आचार्य दाजुभाइले अख्तियार प्रमुख लोकमानसिंह कार्की, प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रीलगायतलाई मिलाइसकेको भन्दै हिँडिरहेका छन् । स्मार्ट फोनका सञ्चालक आचार्य दाजुभाइले एनसेल खरिद गरेपछि उनीहरू एनसेलको कर मिनहा गर्न लागिपरेका छन् ।

एनसेल प्रकरणमा अहिले अख्तियारले पनि खासै चासो देखाएको छैन । अख्तियार अधिकारीकहाँ पनि एनसेलले मोटो रकमको प्रस्ताव अघि सारेको छ । प्रधानमन्त्री केपी ओलीका पिए राजेश बज्रचार्यले घर, गाडीको प्रलोभनमा परेर कर मिनहा गर्ने लबिङमा लागेका छन् । कर छुट भए आचार्यद्वयले प्रधानमन्त्रीका पिएलाई समेत आकर्षक अफर गरेका छन् । आचर्य दाजुभाइको आजकाल बास नै प्रधानमन्त्री निवास भएको छ ।

 त्यसको व्यस्थापन राजेशले मिलाउने गरेका छन् । ठूला कर कार्यालयका प्रमुख पौडेल पनि आचार्य दाजुभाइसँगको मिलेमतोमा कर छुट गर्ने प्रस्ताव लिएर राजनीति लबिङमा लागेको स्रोतको दाबी छ । पौडेल र आचार्य दाजुभाइले प्रधानमन्त्री केपी ओलीका पिए राजेश बज्राचार्य र एक जना सालीका छोरा पर्ने नाताका व्यक्तिमार्फत प्रधानमन्त्रीसमक्ष लबिङ गरेका छन् । त्यसबापत बज्राचार्यलगायत सचिवालयको टिमलाई आर्कषक लोभ देखाइएको स्रोतले बताएकोछ । 

उनीहरूले शेरवहादुर देउवाका पिए भानु देउवा र पत्नी आराजुलाई समेत आकर्षक प्रस्तावसहित लबिङमा लागेका छन् । आचार्यहरूले प्रचण्डको सचिवालयलाई समेत पटकपटक भेटी कन्भिन्स गरेका छन् । ठूला कर कार्यालयका प्रमुख पौडेलले अख्तियारमा रहेका प्रहरीका डिएसपी दानबहादुर थापा र अख्तियारकै कर्मचारी सुरेन्द्र सिंहमार्फत आफूले अध्यक्ष लोकमानसिंह कार्कीलाई समेत मिलाइसकेको भन्दै आचार्य दाजुभाइलाई अस्वास्त पारिसकेका छन् । तर, अख्तियारकै केही कर्मचारीले एनसेलको कर छुट गराउने चक्ककरमा अध्यक्ष कार्कीको कुनै संलग्नता नभएको भन्दै थापा र सिंहले एनसेलले ठूलो रकम दिने लोभमा कार्कीको वदनाम गरेको ताएका छन् ।

उता, एनसेलले प्रचण्डको परिवारमार्फत नभए नेता कृष्णबहादुर महरा, वर्षमान पुनमार्फत पनि उन्मुक्तिका लागि सिफारिस गरिरहेको स्रोतको दाबी छ ।जनप्रहार साप्ताहिकबाट

Post a Comment

0 Comments