Subscribe Us

प्रचण्डको चिठी देखेर थापा मख्ख

काठमाडौं । पदका लागि कसले पो मरिमेट्दैन र ? पदकै लागि राजनीति गर्ने भएकाले संविधानसभा चुनावपछि साना दलहरुले बारम्बार सरकारमा क्याविनेट मन्त्री पड्काउन छाडेका छैनन् । 

एमाले अध्यक्ष केपी ओली सरकारमा पनि परिवार दल, समाजवादी जनता दल, नेकपा माले, बहुजन पार्टीलगायतले क्याविनेट मन्त्रीको पद पाए । अहिले सरकारको नयाँ समिकरण बनेपछि अवसरवादीहरु प्रचण्डलाई मत हाल्न मात्र गएनन् मन्त्रीको लालचपनि देखाए । तर, प्रचण्ड साना दल भन्दा पनि संसदमा शक्ति भएका दलहरुलाई समेट्न उद्दत छन् । 

जसरी पनि सरकार जान प्रचण्ड भेट्न बालुवाटार धाउनेदेखि दिनहुँ टेलिफोन गर्न दलहरु व्यस्त भएकै बेला प्रचण्डले राप्रपालाई भने चिठी पठाएको खुलेको छ । सरकारमा सहभागी हुने मन्त्रीको नाम पठाउन भन्दै केही दिनअघि राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दलाई पत्र पठाएको खुलेको हो । यस्तो चिठि आएको थाहा पाएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा अहिले मख्ख देखिएका छन् । 

बुधबार प्रधानमन्त्रीमा निर्वाचित भएका प्रधानमन्त्री प्रचण्डले चन्दलाई पठाएको पत्र राप्रपा नेपालका अध्यक्ष थापालाई समेत थाहा भएको छ । प्रचण्डको पत्रपछि राप्रपाले सरकार पठाउने मन्त्रीको नाम छान्नै लाग्दा थापाले चन्दलाई फकाउँदै एकतापछि मन्त्रीको टुंगो लगाउन सहमत भएपछि दुई पार्टीबीच एकता हुँदैछ ।

चन्दले पार्टीका नेतासँग गरेको छलफलका क्रममा देखाएको प्रचण्डको पत्र थापाले समेत देखेका थिए । चन्द प्रचण्ड सरकारमा सहभागी हुने पक्का भएपछि हतारिँदै थापाले पार्टी एकता गर्न लागेको चर्चा छ । यद्यपि, राप्रपा र राप्रपा नेपालको एकताको गृहकार्य भइरहेको थियो । थापाले चन्दलाई प्रचण्डले बोलाएको मौका छोपी आफू निकटमा मान्छेलाई पनि सरकारमा पठाउने तयारी गरेका छन् । राप्रपालाई कुन मन्त्राय दिने भन्ने विषयमा भने छलफल भएको छैन ।

Post a Comment

0 Comments