Subscribe Us

प्रहरीलाई डनको चेतावनी,
हिम्मत भए पक्राउ गरेर देखाउ

काठमाडौं । राजनीतिक दलका नेताको आडभरोसामा राजधानीमा संगठित रूपमा गुन्डागर्दी गर्दै आएका गुन्डाका नाइके र तिनका सदस्य अहिले गुमनाम छन् । कोही राजनीतिमा सक्रिय हुन थालेका छन् भने कोही विदेश पलायन भएका छन् । 

दुई वर्षयता राजधानीमा चरी भन्ने दिनेश अधिकारी र घैंटे नामले कुख्यात कुमार श्रेष्ठ प्रहरी इन्काउन्टरमा मारिएपछि अन्य गुन्डा नाइके तिनका सदस्य गुमनाम भएका छन् । 

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा रासनदेखि हतियारसम्मको सप्लाइ गर्दै आएका शेर्पालाई अहिले प्रहरीको अपराध महाशाखाले खोजिरहेको छ 

तर, लुटेराबाट ठेकदार बनेका अर्का कुख्यात गुन्डा नाइके काजी शेर्पाले भने प्रहरीलाई खुलमखुला चुनैती दिएका छन् । ठेक्कापट्टाको काम गर्दा मजदुरले साइडमा खाना खान मगाएका रासनको पैसा नतिरेपछि शेर्पाविरुद्ध अपराध महाशाखामा उजुरी परेको थियो । 

करोडौंको काम गर्ने शेर्पाले तीन÷चार लाख नतिरेको उजुरी परेपछि महाशाखाका अधिकारीले उनलाई फोन गरेर उक्त पैसा चुक्ता गर्न अनुरोध गरे । तर, शेर्पाले एक कानले सुने अर्को कानले उडाए । त्यसपछि महाशाखाको फोन उठाउन छाडे । पछिल्लो समय नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा रासनदेखि हतियारसम्मको सप्लाई गर्दै आएका शेर्पा सुध्रिएको भान प्रहरीमा थियो । पैसा कमाएपनि गुन्डा आखिर गुन्डा नै हुँदो रहेछ भन्दै अहिले महाशाखा प्रहरी शेर्पाको खोजिमा लागेको छ ।
 
को हुन् काजी शेर्पा ?

डलर देखाएर लुट्ने  धन्दाका जन्मदाता शेर्पा अहिले प्रहरी र सेनाका रासन र हतियारका ठेकदार बनिसकेका छन् । लुटपाटको धन्दाबाट कमाएको पैसाले ठमेलमा ठमेल किचेन नामक डान्सबार चलाएका थिए । ठमेलका डन दीपक मनाङे भन्ने राजीव गुरुङसँग तालमेल नमिलेपछि रेस्टुरेन्ट कब्जा गर्दै शेर्पालाई ठमेलबाट लखेटिएको थियो ।

ठमेलको आफ्नो व्यापार व्यवसायबाट हात धुने परेपछि शेर्पाले अर्का डन भीम गुरुङसँग हात मिलाउन पुगे । भीमको ग्याङमा पुुगेका शेर्पाले मनाङेसँग बदला लिन कुमार घैंटे, समिरमान बस्नेत जम्मा गरेर अर्को ग्याङ खडा गरेर त्यसको नाईके बने । शेर्पाको नेतृव्वमा मनाङे समूह र शेर्पा समूहबीच पटकपटक ग्यांवार भयो । शेर्पाले चलाएको पेस्तोलबाट सामाखुसीमा काभ्रेली समूहका  विष्णु लामाको पेटमा गोली लागेको थियो । 

भीम र घैंटेको आड र अर्का डन चक्रे जेल गएको मौकामा शेर्पाले बालुवा खानीबाट अकुत थुपारेका थिए । त्यही पैसाले शेर्पाले पछिल्लो समय ठेक्कापट्टा र सुरक्षा निकायमा रासनदेखि हतियारसम्म सप्लाई गर्दै आएका छन् ।

Post a Comment

0 Comments