Subscribe Us

यस कारण राणामाथी खुकुरी प्रहार,
जेलमा बन्यो आक्रमणको योजना, सिलगुडीमा सुपारी

काठमाडौं । प्रहरी ईन्काउन्टरमा मारिएका गुण्डा नाईके चरी भनिने दिनेश अधिकारीको समुहले रोज राणामाथी खुकुरी प्रहार गरेको रहस्य खुलासा भएको छ । 

चरी ईन्काउन्टर पश्चात फरार रही गत बर्ष पक्राउ परेका पन्चे लामा र उनका दाजु जोदा लामाको योजनामा राणामाथी खुकुरी प्रहार भएको प्रहरी अनुसन्धानबाट खुलासा भएको हो । चरी निकट मानिने पन्चे हाल कारागारमा छन् भने दाजु जोदा दिल्लीमा लुकिछीपि बसेका बस्दै आएका छन् । 

पन्चेमाथी ललितपूरका मिनकृष्ण महर्जनलाई गोली प्रहार गरी ज्यान मार्ने खोजेको तथा अबैध हातहतियारको कारोबार गरेको अभियोग छ । राजधानीको प्रहरी गुण्डा नाईके र तिनका सदस्यमाथी आक्रमक रुपमा पस्तुत भएपिछि जोदा भने फरार भई दिल्लीमा बस्दै आएको स्रोतको दाबी छ ।
 
यस कारण भयो राणा माथी आक्रमण

चलचित्र निर्देशक समेत रहेका रोज राणा भन्ने सरोज थापा गुण्डा सर्कलमा चर्चित नाम हो । राजधानीका गुण्डा नाईके र तिनका सदस्यले राणालाई नारदको उपनाम दिएका छन् । कुनै समय प्रहरी ईन्काउन्टरमै मारिएका अर्का डन घैंटे भनिने कुमार श्रेष्ठका साझेदारी पाट्नर समेत रहेका राणा बिगत सात बर्षदेखी चरी निकट थिए । स्रोत भन्छ चरी र राणा बिच कारोबार समेत हुँदै आएको थियो ।
                                                                    जोदा लामा

 पछिल्लो समय फरार रहेका चरीको मुद्दा मिलाईदिन्छु भन्दै राणाले ८ लाख रुपैंया लिएका थिए । तर पैसा लिएको ६ महिना सम्मपनि मुद्दा मिलाउन नसकेपछि चरीले उक्त ८ लाख फिर्ता मागेका थिए । प्रहरीको मोष्ट वान्टेड रहेका चरीलाई ८ लाख फिर्ता दिनु भन्दा प्रहरीको जिम्मा लगाउने उचित सम्झेर राणाले चरीलाई पैसा लिन बोलाएर प्रहरीको जिम्मा लगाएको आरोप चरी निकटले लगाउँदै आएका छन् ।

 चरी ईन्काउन्टर पश्चात पन्चे र जोदाले चरीसंग उक्त पैसा माग्दै आएका थिए । तर राणाले पैसा आफूले नलिएको बरु उल्टै चरीले क्यासिनोमा लगानी गर्ने १० लाख भारु अर्थात १६ लाख रुपैंया आफूले लिनु पर्ने बताउँदै आएका थिए । चरी प्रहरीलाई जिम्मा लगाउँनु र पैसा फिर्ता नदिनु कारण चरी निकट मानिने पन्चे र जोदाले राणाको सुपारी दिएको अनुमान प्रहरीले गरेको छ । राणामाथि साङ्घातिक आक्रमण गर्ने दुइ व्यक्ति पक्राउ परे सँगै यि जोदाको सलग्नता खुलासा भएको हो ।

Post a Comment

0 Comments