Subscribe Us

खेताला लगाएर मूर्ति चोर्ने को ?

ललितपूर। ३० वर्षदेखि संगठित रूपमा मूर्ति चोरी र निकासी गर्दै आएको गिरोहले नै ललितपुर १२ नौदोबहालामा रहेको ४ सय वर्ष पुरानो बुद्ध र ताराको मूर्ति चोरी गर्न लगाएको रहस्य खुलेको छ । सुनको जलप लगाइएको उक्त मूर्ति मन्दिरको ५ वटा ताला काटेर रातको समयमा चोरका नाइकेले खेतला लगाएर चोरी गर्न सफल भएका थिए । 

मूर्तिचोरी भएको २५ दिनपछि प्रहरीले मूर्ति चोर्न लगाइएका ३ जना खेतलालाई भने पक्राउ गरेको छ ।  तर, मुख्य चोरका नाइके भने एक जना भने फरार रहेका छन् । मुख्य नाइकेको नजिक प्रहरी पुगेको छ । प्रहरीले खेतालाको रूपमा प्रयोग भई चोरीमा सलग्न रामेछाप गाँउसरा ४ घर भई ललितपुरको इमाडोल बस्ने ५३ वर्षका मानबहादुर मगर, काभ्रे घर भर्इ सानेपा बस्ने गणेशबहादुर श्रेष्ठ र दोलखा घर भए बनेपा बस्ने मिलनबहादुर खत्रीलाई पक्राउ गरिएकोे जनाएको छ । मगरले ट्याक्सीमा ओसारपसार गर्ने र श्रेष्ठ र खत्रीले चोरी गर्ने भूमिका खेलेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । 

प्रहरीले ३ जनालाई विभिन्न स्थानबाट पक्राउ गरे पनि मूर्ति भने चोरी भएको मन्दिरनजिकै भोलामा रहेको अवस्थामा बरामत भएको थियो । मूर्ति चोरी गर्न लगाउनेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् । मूर्ति चोरी गराउनेले पेसेवर चोरलाई ३५ हजार रूपैयाँ दिएर चोर्न लगाएको अनुसन्धानबाट खुल्न आएको छ ।

साथै पाटनबाट मूर्ति भक्तपुरको ठिमी पु¥याएको ज्याला मगरले ३५ हजार लिएका थिए । खत्रीले मूर्ति बेच्नका लागि च्यानलहरू मिलाएको र साबापत उनले १ लाख लिएको एसएसपी अधिकारीले बताए । चोरी भएको मूर्ति चीनतर्फ लैजान उनीहरूले चाँजोपाँचो मिलाएको अनुसन्धानबाट खुल्न आएको एसपी अशोक सिंहले बताए । हाल फरार रहेका चोरका नाइके यसअघि पनि चोरी मुद्दामा पटकपटक पक्राउ परी छुटेका अभियुक्त भएको प्रहरी स्रोतको दाबी छ । मुख्य योजनाकार मानिएका उनी ३० वर्षदेखि अवैध रूपमा मूर्तिको कारोबार गर्दै आएको स्रोतको दाबी छ ।

Post a Comment

0 Comments