Subscribe Us

आईजिपी राईको यस्तो हर्कत
प्राविधिकलाई बनाए कमाण्डर

रोशन खड्का / काठमाण्डौ– शसस्त्र प्रहरीका आईजिपी दुर्ज कुमार राईले एसपीको सरुवा गर्नुभन्दा पहिला आईतवार शसस्त्र प्रहरीको मुख्यालय स्वयम्भुमा एआईजीको बैठक बोलाएका थिए । बैठकमा उनले भनेका थिए – “सरुवा बढुवाको लागी मैले एउटा विधी बनाएको छु,त्यसैअनुसार काम  गर्छु,यो मेरो अधिकार पनि हो,तपाईहरु दवाव नदिनु होला । ”

उनले सवै शक्तिकेन्द्रहरुलाई मिलाउनुपर्ने भएकाले पनि आफुलाई दवाव रहेको बैठकमा सुनाउन समेत भ्याएका थिए । एआईजीहरुसंगको वैठकपछि आईतवार मध्यराती नै आईजिपी राई सचिवालयमा कार्यरत एआईजी शैलेन्द्र खनाललाई लिएर गृहमन्त्री विमलेन्द्र निधीको सरकारी निवास पुल्चोक पुगे र मन्त्रीको सहमती लिएर साझै एसपीहरुको सरुवा निकाले । खनाल एआईजीमा बढुवा भएर पनि सचिवालयले गर्ने सवै सरुवा बढुवामा संलग्न छन् ।

शसस्त्रमा आईतवार जव एसपीहरुको सरुवा निस्क्यो अनि थाहा भयो राईले सरुवाको कस्तो विधी बनाएका रहेछन् भनेर । उनले वाहिर देखाउन सरुवाको लागी १० वुदे आचारसंहिता समेत बनाएका छन् । सोमबार विहानै शसस्त्र मुख्यालयमा चर्चा थियो –आईजिपी प्रलोभनमा फसे वा राजनितिक दवावमा थाहा भएन, तर, सरुवा निष्पक्ष र पारदर्शी भने भएन ।
शसस्त्रमा अर्को अचम्मको कुरा त के छ  भने सरुवा–बढुवाको तयारी गर्ने प्रशासन विभाग हो । नेपाल प्रहरीमा पनि जवानदेखीमाथीको सरुवा बढुवाको तयारी प्रशासन विभागले नै गर्छ । तर, शसस्त्रमा भने त्यो विभागको प्रमुख रहेका एआईजी सिंहबहादुर श्रेष्ठ र  डिआईजी नारायणबावु थापा भने सरुवा बढुवाबारे  वेखवर हुन्छन् । उनिहरुलाई एसपीको सरुवा भएको पनि सोमबार विहान मात्र जानकारी भएको शसस्त्र स्रोतको दावी छ  ।  सरुवाबारे आईजिपी राईले गृहमन्त्री निधीको दवावको कारण यस्तो भएको भन्दै मुख्यालयमा आफ्नो गल्तीको ढाकछोप गरेपनि गृहमन्त्री निकट स्रोतले यसलाई अस्विकार गरेको छ ।

स्रोतकाअनुसार कर्मचारी प्रशासनमा वन्तको पालादेखी नै वसेर सरुवा बढुवामा चलखेल गर्दै आएका डिएसपी होम ज्ञवाली,एआईजी शैलेन्द्र खनाल र आईजीपी राईको सल्लाहमा एसपीहरुको सरुवा निस्केको हो । ज्ञवाली यस्ता भाग्यमानी डिएसपी हुन जसको पद डिएसपी भएपनि हैसियत भने एसपी,एसएसपी र डिआईजीको सरुवा–बढुवा गर्नेसम्मको छ । उनिजस्तै अरु डिएसपीको प्रत्येक वर्ष सरुवा हुने गरेपनि ज्ञवाली भने पाच वर्षदेखी नै एउटै पदमा विराजमान छन् । उनलाई हटाउन संगठन भित्र लामो समयदेखी आवाज उठेपनि ज्ञवाली त्यहा हुदा संगठन प्रमुखलाई सिस्टमबाट काम हुने र आर्थीक फाइदा हुने भएकाले ज्ञवालीको सरुवा नभएको स्रोतको दावी छ ।

आईजिपी राईले गरेको एसपीहरुको सरुवामा केहीलाई सधै दुध र भात र केहीलाई अवसरबाट वन्चित गरिएको छ । त्यती मात्र होईन उनले जघन्य अपराधमा संलग्न र कार्वाहीको लागी सिफारीस गरीएकालाई समेत आकर्षक ठाउ दिएका छन् । कपिलवस्तुमा अपाङग महिलालाई बलात्कार गरेको आरोपमा शसस्त्र प्रहरीका २ जना जवानहरु अहिले जेलमा छन् । यो घटना राष्ट्रिय मुद्दा मात्र बनेन् यसले शसस्त्रको छविमाथी पनि आचा पुर्यायो । त्यहाको गणको कमाण्डर थिए एसपी हृदयनारायण मण्डल । उनलाई शसस्त्रले नै गठन गरेको छानविन समितीले कमाण्डरको गल्ती देखिएको भन्दै कार्वाहीको सिफारीस समेत गरेको छ । डिआईजी सुवोध अधिकारीको नेतृत्वमा बनाएको समितीले कार्वाही सिफारीस गरेका व्यक्तिलाई आईजिपी राईले भने पुरुष्कृत गरेर छिन्नमस्ता गणको हाकिम बनाएर पठाएका  छन् ।

पुर्व क्षेत्रका डिआईजी सुरज श्रेष्ठले इटहरीमा कार्यरत एसपी विर बहादुर श्रेष्ठलाई कार्वाहीका लागी हेडक्वार्टर पठाए । कार्वाही गर्नुको कारण थियो डिएसपी र एसपी श्रेष्ठको आर्थीक मामलामा झगडा ।  उनलाई कार्वाही गर्नु त के झन् उल्टै पुरुष्कृत गरेर कंचनपुरको झलारीमा रहेको शैलेश्वरी गणको प्रमुख बनाएर पठाईयो । उनलाई तिन दिन अघि मात्र मुख्यालय कार्वाहीको लागी सिफारीस गरिएको थियो । पुर्व क्षेत्रबाट डिआईजी श्रेष्ठले नै कार्वाहीको सिफारीस गरेका सीमा सुरक्षा कार्यालय धनुषामा कार्यरत एसपी रविन्द्र ठाकुरलाई पनि सीमा सुरक्षा कार्यालय पर्सा सरुवा गरिएको छ ।

 शसस्त्र प्रहरीमा दुई वर्षदेखी कमाण्ड नपाएका एसपीहरू नवराज अर्याल,गणेश थापा,कमल गिरी,ऋषीदेव कार्की र मधुकृष्ण गड्तौलालाई यसपटक पनि कमाण्ड दिइएको छैन् भने कुनै कुनै एसपीले पँच पटकसम्म पनि कमाण्ड पाएका छन् । राईले आफु एसपी हुदा आफ्नो एकाण्टेण्ट रहेका एसपी सुर्वण थापा मगरलाई पनि कमाण्ड दिएका छन् । अर्का एसपी मानबहादुर शाही पनि मध्यपश्चिमका सवै गणहरुको कमाण्ड सकेर त्रिपुरा गण बाके पुगेका छन् । 

प्राविधिक एसपी विदुर खड्का, भगवान मल्ल र भरत वावु केसीले यसपटक पनि आकर्षक मानिने कमाण्ड पाएका छन् । उनिहरू एसपी पदमा सवैभन्दा वढी अवसर पाउने भाग्यमानी अधिकृतहरू हुन् । खड्काले दक्षिणकाली गण, मल्लले सिमा सुरक्षा कार्यालय रौतहट र केसीले दन्तकाली गणको कमाण्ड पाएका छन् ।  तत्कालिन गृहमन्त्री बामदेव गौतमले टिकापुरमा घटेको घटनापछि प्राविधिकहरुलाई कमाण्ड नदिन लिखित सर्कुलर गरेका थिए ।

शसस्त्रका प्राविधिक एसपी लक्ष्मण सिंहको कमजोरीका कारण टिकापुरमा मानविय क्षती भएको भन्दै सात दिन भित्र कमाण्ड झिक्न गौतमले तत्कालिन आईजिपी कोषराज वन्तलाई लिखित निर्देशन दिएका थिए । ९ महिनाको वेसिक तालिम नगरेका प्राविधिकहरुलाई कमाण्ड दिनुहुन्न भन्नेमा त्यतिवेला हालका आईजिपी राई र हालका एआईजी खनाल पनि थिए तर,उनिहरुले नै उपत्यकाको सुरक्षा हेर्ने जिम्मा भएको दक्षिणकालि गणमा प्राविधिक एसपी खड्कालाई ल्याएका छन् । अर्का  प्राविधिक एसपी कुमार न्यौपानेलाई पनि गडिमाई गणको हाकिमबाट सिमा सुरक्षा कार्यालय वाराको हाकिम बनाएर पठाइएको छ । प्राविधिक एसपीहरु कृष्ण पाठक र सुवर्ण थापालाई पनि कमाण्ड दिइएको छ ।

गृहमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार आईजिपी राईले गृहमन्त्रालयको निर्देशनविपरीत प्राविधीकलाई कमाण्ड दिएकोमा छानविन गर्ने भएको छ ।  राईले निलवाराही गणको भ्रमण गर्दा राम्रो काम गरेको भन्दै त्यहाका एसपी कालिदास धौवजीलाई अर्को कमाण्ड दिने भाषण गरेपनि उनलाई भने पुर्व क्षेत्रस्थित बराह बाहिनीमा सरुवा गरिएको छ ।

Post a Comment

0 Comments