Subscribe Us

राज्यलाई २० अर्ब दिलाउँदै सिआईबी

dig nawaraj silwalको लागि तस्बिर परिणामकाठमाडौं । बैंकिङ कसुर मुद्दामा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले २० अर्ब बरावर बिगो दाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको जनाएको छ  । सिआईवीको स्थापना काल देखी हालसम्म एक सय २४ संस्थाका १ सय १२ जना व्यक्ति समेत प्रक्राउ गरेको छ ।

 सीआईबीका अनुसार २०७३ असार मसान्तसम्मको विगो १९ अर्ब ३९ करोड ४२ लाख ६६ हजार छ सय ३८ रुपैयाँ २४ पैसा पुुगेको सिआईबीेले उल्लेख गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईवी जघन्य र संगठित प्रकारका अपराधको अनुसन्धान गर्न २०६७ साल साउन १ मा स्थापना भएको थियो ।

सिआईवीले यो विचमा हत्यादेखी बैकिङ अपराधसम्मका सवै ठुला घटनाहरुको सफल अनुसन्धान गरेर आफ्नो पहिचान नै अलग बनाउन सफल भएको छ । पछिल्लो समय नक्कली डाक्टरहरुको अपरेशन क्वाक संचालन गरेर सिआईवीले निकै लोकप्रियता कमाएको छ । उक्त अपरेशन सिआईबीमा डिआईजी नवराज सिलवाल प्रमुख भएर आएपछि सुरु भएको थियो । उनि भावी आईजिपीका मुख्य दावेदार हुन ।

सिआईवीका अनुसार तत्कालीन गोर्खा विकास बैंक घोटाला प्रकरणमा तीन जना पक्राउ गरिएकोमा ८६ करोड ७३ लाख १६ हजार आठ सय ७८ रुपैयाँ, नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनी घोटाला प्रकरणमा तीन जना पक्राउ परेकोमा पाँच अर्ब ७९ करोड दुुई लाख ४४ हजार तीन सय ३५ रुपैयाँ बिगो कायम गरिएको छ ।

क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी घोटाला प्रकरणमा आठ जना पक्राउ परेकोमा सात अर्ब ७३ करोड ४५ लाख सात सय पाँच रुपैया, जनरल फाइनान्स घोटाला प्रकरणमा दुुई जना पक्राउ परेकामा १३ करोड ९९ लाख ४९ हजार आठ सय २२ रुपैयाँ, नेपाल विकास बैंक घोटाला प्रकरणमा एक जना पक्राउ परेकोमा ३६ करोड पाँच लाख ७० हजार दुुर्ई सय ७३ रुपैयाँ, सम्झना फाइनान्स घोटाला प्रकरणमा दुुई जना पक्राउ परेकोमा छ करोड २८ लाख ९२ हजार नौ सय ५९ रुपैयाँ बिगो कायम भएको छ ।

यसैगरी, प्रोग्रेसिभ फाइनान्स घोटाला प्रकरणमा एक जना पक्राउ परेकोमा सात करोड ६९ लाख १३ हजार रुपैयाँ, युनाइटेड विकास बैंक घोटाला प्रकरणमा दुुई जना पक्राउ परेकोमा नौ करोड २४ लाख २८ हजार दुुई सय छ रुपैयाँ, क्रिष्टल फाइनान्स घोटाला प्रकरणमा एक जना पक्राउ परेकोमा ४४ करोड ६१ लाख ९१ हजार रुपैयाँ, तत्कालीन श्रीलंकन मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी घोटाला प्रकरणमा तीन जना पक्राउ परेकोमा दुुुई करोड ९२ लाख ७० हजार नौ सय ९३ रुपैयाँ, तत्कालीन एचएण्डबी बैंक घोटाला प्रकरणमा ११ जना पक्राउ परेकोमा एक अर्ब पाँच करोड ३३ लाख ३७ हजार, हिमालय फाइनान्स घोटाला प्रकरणमा तीन जना पक्राउ परेकोमा ५३ करोड छ लाख ६८ हजार, सिद्धार्थ डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा आठ जना पक्राउ परेकामा २५ करोड २८ लाख ७४ हजार एक सय ९२ रुपैयाँ, तत्कालीन किष्ट बैंक घोटाला प्रकरणमा तीन जना पक्राउ परेकोमा १५ करोड १६ लाख ९४ हजार दुई ८४ रुपैयाँ बिगो रहेको छ ।

यसबाहेक ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, प्रुडेन्सीयल फाइनान्स, कृषि विकास बैंक समेत २८ संस्थाको घोटालासम्बन्धी प्रकरणमा १९ अर्ब रुपैयाँभन्दा बढीको बिगो कायम भएको सीआईबीले जनाएको छ । 
 
बुद्ध एयरमा नक्कली पाईलट
 
काठमाडौं । सबै भन्दा बढी उडान भर्ने र भरपर्दो एयरलाईन्सको रुपमा चिनिएको बुद्धएयरका नक्कली पाईलट पक्राउ सँगै एयरलाईन्स क्षेत्रमा हंगामा मच्चिएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआईबी गत आईतवार नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी पाइलट बनेका आरोपमा बुद्ध एयरका पाइलट स्वछन्द घललाई पक्राउ गरेपछि एयरलाईनसेन्स क्षेत्रमा हंगामा मच्चिएको हो । ३० वर्षीय घले काठमाडौं डिल्लीबजारका बास्दिा हुन् भने बिगत पाँच बर्षदेखी बुद्ध एयरमा कार्यरत थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विमान चालकहरुको शैक्षिक प्रमाणपत्र नक्कली भए नभएको अनुसन्धान गर्न अपरेशन होक चलाएको छ । जस अन्तरगत नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएका विमान चालकहरुको शैक्षिक प्रमाणपत्रको अनुसन्धान सिआईबीले थालेको थियो । छानबिनको क्रममा घले सिआईबीको फन्दामा परेका हुन ।  

घलेले त्रिवि प्रविणता प्रमाणपत्र विज्ञान संकायको नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर पाइलट पढेको पाइएको सिआईबीले जनाएको छ । घलेको आईएससीको प्रमाणपत्र नक्कली बनाउन सहयोग गर्ने राजकुमार श्रेष्ठ पनि पक्राउ परेका छन् । उनीहरुविरुद्ध सरकारी छाप दस्तखत कीर्ते ऐन अनुसार अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । यस अघिपनि सिआईबीले गोपा एयरका को पाईलटलाई नक्कली शैक्षिक प्रमाण पेश गरेको अभियोगमा पक्राउ गरेको थियो ।

Post a Comment

0 Comments