Subscribe Us

सिआईबीद्वारा १०१ घटनाको सफल अनुुसन्धान

अच्युत रेग्मी / काठमाडौं । ओमकार शाहको नेतृत्वको अपराधी टोलीले धादिङकी एक महिलालाई पूजाआजा गर्ने र महिलालाई नै बलि दिने उद्देश्यले अपहरण गरे । 

पीडित महिलाको परिवारले दिएको निवेदनका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अपराधीलाई समात्न सफल भयो र महिला बलि दिनबाट जोगिइन् । यो गत वर्षको भदौको घटना थियो ।

यस्तै दुई जना महिलालाई कल्पना लिम्बू, जितबहादुर दर्जीलगायत टोलीले यौन शोषण गर्ने तथा बन्धक बनाउने  उद्देश्यले नयाँदिल्ली हुँदै साउदी दूतावास पु¥यायो । उनीहरूको यौनको माग साउदीमा नभइकन भारतमा नै भएको भनी दलालीमार्फत फेरि नयाँदिल्ली नै फर्काइयो । 

पीडित महिलाले आफूलाई दिल्लीमा बन्धक बनाएर राखेको खबर आफन्तलाई पठाएपछि आफन्तले तुरुन्त केन्द्रीय अनुसन्धान ब्युरोमा निवेदन दियो । सोही  निवेदनका आधारमा पीडित महिलालाई भारतीय पुलिसको सहयोगमा उद्धार गरियो । 

यी केबल समाजमा हुने केही उदाहरणीय घटनामात्र हुन् । काठमाडौँ उपत्यकालगायत देशभर यस्ता घटना दिनहुँ थुप्रै घटिरहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जले हाल यस्ता घटनाको अनुसन्धानका लागि सक्रियता बढाएको छ । आर्थिक वर्ष २०७२÷०७३ मा ब्युरोले १०१ घटनाको सफल अनुसन्धान गरेको छ । ब्युरोका लागि गत आव नक्कली डक्टर प्रकरण महत्वपूर्ण बन्यो । 

केही महिना अघि मेडिकल क्षेत्रमा एउटा परीक्षार्थीले अर्काको नाममा परीक्षा दिएको फेला पारेपछि नक्कली डक्टरको अनुसन्धान सुरु गरियो । ब्युरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल नक्कली परीक्षार्थी फेला परेपछि नक्कली डक्टर पनि अवश्य हुन सक्छन् भन्ने विश्वासका आधारमा अनुसन्धान गर्दा ५४ जना नक्कली डाक्टर फेला परेको बताउँछन् । 

उनले नेपालमा भन्दा पनि भारतका विभिन्न मेडिकल कलेज पढेर आएका डक्टर बढी नक्कली हुने गरेको बताए । उनले भने, ‘मेडिकल काउन्सिल, केन्द्रीय अनुसन्धान ब्युरो र मेडिकल परीक्षा बोर्डको संयुक्त टोलीले विहार विश्वविद्यालयको बोर्डमा गएर अनुसन्धान गरेपछि नक्कली प्रमाणपत्र फेला पारेका हौँ ।’प्रहरीले ५४ जना नक्कली डाक्टरमध्ये १७ जनालाई नेपाल मेडिकल काउन्सिल ऐन र बाँकी ३७ जनालाई ठगीको मुद्दा चलाएको छ । 

यस्तै आव ०७२÷०७३ मै ब्युरोले तान्जनिया, किर्गिस्तान, लिबिया, सिरीयालगायत देशमा मानव बेचविखन गरेको आरोपमा १६ घटनाको अनुसन्धान गरेको छ । दूरसञ्चार हानि÷नोक्सानी गरी (भिओआपी) कल बाइपास गर्ने गरेको आरोपमा तीन घटनाको अनुसन्धान गरेको छ । 

६ वर्ष अगाडि ललितपुरको च्यासलमा तीन वर्षको बालिकालाई करणी गरी घाँटी रेटी मारेको एक घटनाको अनुसन्धानको दोषीलाई समेत पक्राउ गरिसकेकोे ब्युरोले जनाएको छ । नक्कली नागरिकता तथा राहदानी बनाउने र विदेश जान पेस गर्ने गरेको आरोपमा चार, किर्ते ६, चोरी एक र ठगीको ५० घटनाको अनुसन्धान गरेको छ । 

आव ०७१÷०७२ मा ७० मुद्धा हेरेर १३० जनालाई पक्राउ गरेको ब्युरोले आव ०७२÷०७३ मा १०१ मुद्दा हेरी १०९ जनालाई कानुनी दायरामा ल्याएको छ । यस्तै सरकारी मुद्दासम्बन्धी ऐनको अनुसूची १ बाहिर परेको मानिने नेपाल मेडिकल काउन्सिल ऐन अन्तर्गतको मुद्दासमेत ब्युरोले अनुसन्धान गर्ने भन्ने सरकारी निर्णयअनुसार  १७ नक्कली डाक्टरलाई सो ऐनअन्तर्गत कारबाही गरिएको ब्युरोले जनाएको छ ।

Post a Comment

0 Comments