Subscribe Us

डनलाई माया गर्दै सञ्चयकोष

काठमाडौं । सञ्चय कोषकोे सुनधारस्थित काठमाडौं मल राजधानीका गुन्डा नाइके राजु गोर्खालीलाई ठेक्कामा दिन कोषका कर्मचारी लागिपरेको रहस्य खुलासा भएको छ । 

कोषका केही उच्च पदस्थ कर्मचारीको मिलेमतोमा डन गोर्खालीलाई उक्त मल जिम्मा लगाउन खोजिएको होे । 

समय सिमा सकिँदा पनि सञ्चयकोषका कर्मचारीले माया गर्दै डन  गोर्खालीलाई गैरकानुनी तरिकाबाट  पैसाको जोहो गर्ने समय  थप गर्दै आएका छन् ।

अध्याधिक टेन्डर बिड गरेका डन गोर्खालीले कोषले मागेबमोजिम धरौटी रकम र अग्रिम भाडा जम्मा गर्न सकेका छैनन् ।

 तर, जम्मा गर्नुपर्ने समय सकिए पनि कर्मचारीले धरौटी रकम जम्मा गर्ने समय थप्दै आएका छन् । अग्रिम भाडाबमोजिम २ करोेड ७१ हजारले हुन आउने ९ करोड बराबर भाडा जम्मा गर ेतापनि गोर्खालीले एक वर्षको बैंक ग्यारेन्टी वा ३५ करोड क्यास भने जम्मा गर्न सकेका छैनन् । उनको समय गत ८ गते सकिए तापनि कोषका कर्मचारीको मिलेमतोमा पैसा जम्मा गर्ने म्याद थपिँदै आएको छ ।

 म्याद थप गरेबापत कोेषका कर्मचारीले मोटो रकम लिएको स्रोतको दाबी छ । कानुनबमोजिम असार ८ गते गोर्खालीलाई दिएको समय समात्त हुन्थ्यो । डन गोर्खालीले दुईवटा फमबाट टेन्डर बिड गरेका थिए । ९६ लाख न्यूनतम मूल्य राखी बोलपत्रको आह्वान गरिएकोे टेन्डरमा गोर्खाली समूहले सूर्यदीप फर्मबाट ३ करोेड १७ लाख र दोस्रो शिवलक्ष्मी कोजु नामबाट २ करोड ७१ लाख मासिक बुझाउने गरी टेन्डर भरेका थिए । पहिलो फर्मबाट काम गर्न नसकेपछि गोर्खालीको ५६ लाख सञ्चय कोषले जफत गरिसकेको छ । 

अध्यधिक टेन्डर बिड गरेका गोर्खालीले पछि उक्त रूपैयाँ बुजाउन नसकिने भएपछि कुनै पनि हालतमा टेन्डर रद्द गरी पुनः रि–टेन्डर गर्ने गरी आफ्नो बैंक ग्यारेन्टी सवा करोड पनि बचाउने रणनीतिमा लागेका थिए । तर, उनको योजना सफल नभएपछि द्रोसो फर्मबाट काम गर्न लागेका हुन । तर, उनलाई दिएको समयसीमा सकिए तापनि सञ्चय कोषले गोर्खालीलाई माया गर्दै गैरकानुनी तरिकाले समय थप गर्दै आएको छ । 

११ वटा टेन्डर भरेमध्ये एक नम्बर र दुई नम्बर नै गोर्खाली समूहले टेन्डर पारेका थिए । अन्धाधुन्ध टेन्डर बिड गर्ने गोर्खालीले उक्त पैसा नउठ्ने अवस्था देखेपछि बैंक ग्यारेन्टी जफत हुने डरले टेन्डर नै रद्द गर्न लागिपरेका थिए । पहिलो र दोस्रो दुवै छाडेर गोर्खाली समूहले मासिक १ करोड ५० लाख कबोल भएकोे तेस्रो फर्म सूर्य विनायक हाउजिङबाट सम्झौता गर्ने योजना बनाएका थिए । तर, उक्त फर्म ब्ल्याक लिस्टमा परेका कारण गोर्खाली कुनै पनि हालतमा टेन्डर द्रोसो फर्मबाट काम गर्ने रणनीतिमा लागेका हुन् । अन्य व्यवसायीले भने धेरै कम मूल्य कबोल गरेका थिए । 

मासिक ढेड करोड फरक पर्ने भएपछि योजनाबद्ध तरिकाबाट गोर्खाली समूहल दुईवटै फर्मको ५७ लाख बंैंक ग्यारेन्टी माया मार्दै १ करोड ५० लाखमा सम्झौता गरी सञ्चय कोषलाई वार्षिक २५ करोड चुना लगाउने खेलसमेत फेल खाएपछि द्रोसो फर्मबाट काम गर्न बाध्य भएका थिए । तर, समय सीमासम्म अग्रिम भाडा र एक वर्ष बराबरको ग्यारेन्टी राख्न नसकेका गोर्खालीलाई सञ्चय कोषले माया गर्नु भनेको छानबिनको विषय बनेको छ ।

 उता तेस्रो फर्म कानुनबमोजिम दर्ता नभएका कारण रद्द हुने तयारीमा छ । सो फर्ममा टेन्डर भर्ने संस्थाको छाप र हस्ताक्षारसमेत गरिएको छैन भने फर्म यस अघि काठमाडौं मल भाडामा लिने पम्पी राणा समूहकै हो । राणा कोषको कालो सूचीमा छन् । दोस्रो फर्म २ करोड ७१ लाखमा उक्त टेन्डर सम्झौता गर्र्न तत्काल गोर्खाली समूहलाई तीन महिनाको भाडा ८ करोड र एक वर्षको बैंक ग्यारेन्टी ३४ करोड जोहो गर्नुपर्ने सञ्चयकोषका एक अधिकृतले बताए ।

Post a Comment

0 Comments