Subscribe Us

६ यात्रु बोकेको हेलिकोप्टर खस्यो

काठमाडौं । गोर्खाबाट काठमाडौंतर्फ आउँदै गरेको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटको जंगलमा आगो लाग्दै खसेको नुवाकोटका पत्रकार भोला पौडेलले जानकारी दिए ।


‘नाइन एन ए के’ कल साइनको हेलिकोप्टर पछिल्लो पटक नुवाकोटसम्म आइपुगेको संकेत आफुहरुले पाएको फिसटेल एयरका अपरेसन विभागका रमेश शिवाकोटीले बताए । उक्त विमान बिहान १२ः १० बजे गोरखाबाट विरामी लिएर ६ यात्रुसहित काठमाडौंका लागि उडेको थियो । हेलिकोप्टर रञ्जन लिम्बुले चलाएका थिए । 

नुवाकोटको बेतिनी जंगलको माथिल्लो ठुलो आवाजसँग पड्केको आगो लाग्दै खसेको स्थानीयले देखेको बताए । घटनास्थलतर्फ ककनीबाट प्रहरी टोली लागिसकेको जनाइएको छ । 

Post a Comment

0 Comments