Subscribe Us

देउवाले खुट्टा पसार्दा रामचन्द्र भाउन्न,
नेविसंघमा कस्को पल्ला भारी ?

नेविसंघको लागि तस्बिर परिणामकाठमाडौं । राजनीतिमा नैतिकता हुँदैन भन्ने जनसाधारण बोलीमात्र होइन, व्यवाहारमा पनि देखियो यो पल्ट । एमाले अध्यक्ष केपी ओलीको सरकार ढाली माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउन सफल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको यस्तै चर्तिकलाले अहिले चर्चा पाइरहेको छ ।

मंगलबार राजधानीको भृकुटीमण्डपमा देउवाले अजिको चर्तिकला देखाए । ९ महिनापछि प्रधानमन्त्रीको सम्झौता गरेका, संसदको ठूलो दलका नेताको बस्ने चर्तिकला फरक थियो । सवै पलेटी कसेर बसेका बेला देउवा भने सयौं कार्यकर्ताका माझ खुट्टा पसारेर बसेका थिए । 

खुट्टा लम्पसार पारेर बसेका देउवाको शैली देखेर भाउन्न भएका राचन्द्रले छेउमा रहेका नेताहरुसँग पनि उनको तमिजको बारेमा कानेखुसी गरेको बुझिएको छ । ‘नेपाली समाजमा खुट्टा पसारेर बसेकी बुहारीको भयानक आलोचना हुन्छ । तर, सार्वजनिक कार्यक्रममा खुट्टा पसार्ने नेताको पनि आलोचना भइरहेको थियो ।’, सहभागी एकले भने,‘सभापति भयो भन्दैमा नैतिकता गुमाउने काम त गर्न भएन नि ?’ 

यता, मतदाता नामावलीको विषयमा गणेश सापकोटा र अर्का नेवि संघका कार्यकर्ता आमरण अनशनमा बसीरहेका बेला देउवाको यस्तो बसाईसहित नेवि संघको महाधिवेशनको औपचारिक सुरुआत भइसकेको छ । एक दशक पछि १२ औं महाधिवेशनमा प्रवेश गरेको नेवि संघको नेतृत्वका लागि अहिले हानाथाप भइरहेको छ । यद्यपि गुटले भरिभराउ भएको कांग्रेसको तीन खेमाका उम्मेदबारको नाम तय भइसकेको छ । 

नैनसिंह महर देउवा पक्षका अध्यक्षको उम्मेदवार तय भएका छन् । संस्थापन पक्षबाट महर सहित जितजंग बस्नेत, शुभराम बस्नेत, रत्न कार्की, सरोज यादव लगायतले अध्यक्षमा दाबी गरेका थिए । यी मध्ये जितजंगलाई पार्टी केन्द्रीय सदस्य बनाउने आश्वासन दिइएको छ ।

बस्नेतले भने नेविसंघ अध्यक्ष नै हुन्छु भन्दै नेताहरुको आश्वासन अस्वीकार गरिरहेकाले आधिकारिक उम्मेदवारको औपचारिक घोषणा हुन नसकेको बताइएको छ । महर देउवाको गृहजिल्ला डडेलधुराका हुन् । उनलाई आरजु देउवा, विमलेन्द्र निधि लगायतका नेताहरुको दह्रो साथ थियो । नेविसंघको पूर्व उपाध्यक्ष रहेका महर किताब लेखेर नेविसंघमा बौद्धिक छवी बनाएका नेता हुन् । उनको प्यानलबाट सरोज थापा, रत्न कार्की लगायतलाई अन्य पदमा मिलाउने तयारी भइरहेको छ ।

त्यस्तै रामचन्द्र पौडेल पक्षबाट अध्यक्षमा मनोजमणी आचार्यको टुंगो लागेको छ । नेविसंघका पूर्व महामन्त्री आचार्य रोल्पाबाट कठिन समयमा राजनीति गर्दै अघि बढेका नेता हुन् । माओवादी युद्धकालमा पनि कांग्रेसको राजनीति सक्रियताका साथ निभाएका आचार्य शालिन स्वभावका मात्र होइन, राजनीतिक वृत्तमा पनि भद्र मानिन्छन् । पौडेल पक्षबाट अध्यक्ष दाबी गरेका आनन्द त्रिपाठी र दिपक भट्टराईलाई महामन्त्रीमा मिलाउने तयारी छ । पौडेल पक्षबाट उर्मिला थपलिया पनि महामन्त्री उम्मेदवार हुन् । 

उता कांग्रेसभित्र तेस्रो धारका रुपमा स्थापित हुँदै गरेको कृष्ण सिटौला पक्षबाट अध्यक्षमा कुन्दन काफ्लेलाई अघि सारिएको छ । उनलाई नेविसंघका पूर्व नेताहरु गगन थापा र प्रदिप पौडेलले समर्थन गरेका छन् । महाधिवेशन प्रतिनिधिमा देउवा पक्ष र पौडेल पक्षले भागबण्डा गरेको भन्दै काफ्ले पक्षले विरोध र अनसन समेत गरेका थिए । काफ्लेलाई महामन्त्रीमा मनाएर एउटै प्यानल बनाउने प्रयास देउवा पक्षले गरिरहेको स्रोतले जनाएको छ ।
अधिकांश नेवि संघ कार्यकर्ताले भने गुटभन्दा पनि विद्यार्थी राजनीतिलाई हेरेर भोट दिने मनसाय बनाएका छन् । आचार्यलाई बहुसंख्यक विद्यार्थीले रुचाउने गरेका छन् ।
 
मतदाता नामावलीमा विवाद
 
मतदाता नामावलीमा नेवि संघमा विवाद कायमै रहेको छ । ११ जिल्लाको मतदाता नामावलीमा विवाद रहेको छ । अन्तिम मतादाता नामावली सोमबारसम्म आइपुग्ने दाबी गरिएपनि त्यसमा कठिनाई रहेको स्रोतले जनायो । ‘महाधिवेशन अहिले पनि समस्यामै छ, उद्घाटन भएर मात्र हुँदैन, धेरै विवाद हुनेवाला छ ।’, स्रोतले भन्यो,‘सरल ढंगले महाधिवेशन सम्पन्न हुँदैन ।’

Post a Comment

0 Comments