Subscribe Us

सेनामा कसले निम्त्यायो वेथिति ?

nepal armyको लागि तस्बिर परिणामकाठमाडौं । दक्षिण एसीयाकै सवैभन्दा पुरानो सैनिक संगठनका रूपमा परिचित नेपाली सेनामा अहिले बेथिति बढेको छ । नक्कली प्रमाणपत्रलगायत आर्थिक अपचलनमा विवादमा तानिने सेना अन्य भौतिक निर्माण र हेलिकोप्टर प्रयोजनमा पनि विवादमा तानिन थालेको हो । 

सैनिक कल्याणकारी कोषको व्यापक दुरूपयोग भएको सेनाले विश्वका सैनिक मुख्यालयको आचारसंहिता लगायतका विषयमा पनि ध्यान दिन सकेको छैन । सेनाको प्रमुख थलो जंगी अड्डाको ५ सय मिटर वरिपरि कुनैपनि विशेष महलहरू बनाउन नपाइने नियममा आपत्ति नजनाएको सेनाले आफैं पसल थाप्ने तरिकाले अहिले भौतिक निर्माण थालेको छ । महानगरपालिकासँग कुनै स्वीकृति नलिई जंगी अड्डा वरीपरि भवन निर्माण थालेको छ ।
मुलुकको सुरक्षाको मुख्य जिम्मेबारी बोकेको सेनाले असुरक्षित रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्ने नाममा आर्मी अफिसर्स क्लव भाडामा लगाउनेमात्र गरेको छैन, प्रधानसेनापतिको कार्यकक्ष छेउछाउमा पनि सर्वसाधारणका नाममा प्रवेशमा कडाई गरेको छैन । ‘दक्षिण एसीयामा आतंकवादीहरूको प्रवेश बढिरहेको सन्दर्भमा नेपाली सेनाले त्यसलाई ध्यान दिएको छैन, प्रधानसेनापतिले सेनाको मर्म बुझेका छैनन् ।’, एक सैनिक अधिकारीले भने,‘वेथिति यहिँबाट सुरु भएको छ ।’

वाहालवाला सेना र भूपू सेनाको आर्थिक सुरक्षणका लागि नेपाली सेनामा रहेको सैनिक कल्याणकारी कोषको रकम पनि भारी दुरूपयोग गरिएको छ । सैनिक परिवारका लागि कुनै नयाँ कार्यक्रम ल्याउनुको साटो जग्गा प्लटिङदेखि महँगो व्याजको लोभमा विभिन्न नाम नचलेका फाइनान्स र सहकारीमा रकम जम्मा गरिएको सैनिक स्रोतले जनाएको छ । ‘अरबौं रकमको दुरूपयोग भएको छ । कुनै राम्रो काममा लगानी भएको छैन । जर्नेलहरूको मनमौजी चल्दा सेनामा वेथिति बढ्यो ।’, ति अधिकारीले भने । 

गोर्खाली फौजले नुवाकोट तथा सन् १७४४मा छिमेकी कान्तीपुर राज्य कब्जा गरेपछी गोर्खाली फौजलाई शाही नेपाली सेना बनाइको संगठन रूपान्तरण हुँदै नेपाली सेना हुँदासम्म व्यापक आर्थिक अपचलन भएको हो । गणतन्त्र नेपाल हुनासाथ बनेका प्रधान सेनापतिहरू रुक्माङ्गत कट्वाल, छत्रमानसिंह गुरुङ, गौरव शम्शेर जवरा र अहिलेका राजेन्द्र क्षेत्रीको कमान्डमा झनै आर्थिक अपचलन बढेको छ । कल्याणकारी कोषबाट सैनिक मेडिकल कलेज, भूपू सेनाहरूलाई सुलभ ऋण दिने कार्यक्रमहरू रद्द गरी अहिले कल्याणकारी कोषको रकम प्लटिङ र व्याजमा लगाइएको स्रोतले जनाएको छ । ९७ हजार नेपाली सेनाको सुविधाबाट कटौती गरी सैनिक कल्याण्कारी कोषमा रकम जम्मा गरिएको छ ।

सैनिक कल्याणकारी कोष अन्तर्गत रहेर सेनाले जग्गा खरिद गरेर त्यसलाई ‘प्लटिङ’ गरी बिक्री वितरण गरिरहेको छ । सेनाले सुनसरीको इटहरीमा ११ सय ८ वटा, पोखराको फूलबारीमा ७२ र राधाकृष्ण टोलमा १ सय ५१ तथा चितवनको पिठुवामा २ सय ८९ गरी जम्मा १ हजार ६ सय ४४ वटा घडेरी बिक्री गरिसकेको छ । सेनाले सस्तोमा ठूलो परिमाणको जग्गा किन्ने र त्यसलाई प्लटिङ गरी महँगोमा बिक्री गर्दै आइरहेको छ ।

सेनाले इटहरीमा ४४ बिघा ६ कट्ठा, फूलबारीमा ४३ रोपनी ९ आना, राधाकृष्ण टोलमा ७० रोपनी १५ आना तथा पिठुवामा २२ बिघा ३ कट्ठा जग्गा खरिद गरेको थियो । काठमाडौं उपत्यकाको कीर्तिपुरमा २ सय २६ र दुवाकोटमा १ सय २२ रोपनी जग्गा सेनाले खरिद गरिसकेको छ । यो जग्गालाई पनि घडेरी बनाएर संगठनभित्र बिक्री गरिने सेनाले जनाएको छ ।

सैनिक कल्याणकारी कोषका निर्देशक तथा सहायक रथी गौरव तण्डुलले पनि घडेरी विक्रि गरेको स्वीकार गरिसकेका छन् । तर, सैनिक ऐन, २०६३ तथा कल्याणकारी कोष नियमावली, २०६५ मा सेनाले यसरी जग्गा खरिद गरी त्यसलाई प्लटिङ गर्दै घडेरीका रूपमा बिक्री गर्न पाउने भनी उल्लेख गरिएको छैन । कल्याणकारी कोषको रकमबाट प्रोमोटरको भूमिकाका रूपमा सेना रहन पाउँदैन ।

सैनिक कल्याणकारी कोषको रकम ३७ अर्ब ४७ करोड पुगेको सेनाले जनाएको छ । २०७३ असार मसान्तसम्म सेनाले ४ अर्ब ४० करोड ९२ लाख ५९ हजार लगानी गरेको छ भने ३३ अर्ब ६ करोड मौज्दात छ । २०७२ असारबाट एक वर्षमा २ अर्ब ७१ करोड बढेको  थियो । कोष २०३२ सालमा १ करोड २४ लाख १ हजारबाट स्थापना भएको थियो । कोषको आयस्रोतको रूपमा शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम मुख्य छ । शान्ति मिसनमा जाने सैनिकदेखि प्रमुख सेनानीसम्म सबैले समान रूपमा २२ प्रतिशत रकम कोषमा दिनुपर्छ । जसअनुसार हाल शान्ति सेनामा जाने एक जनाले १३ सय ६५ डलरको २२ प्रतिशत कोषमा बुझाउँछन् ।

Post a Comment

0 Comments