Subscribe Us

फेरी पक्राउ परे दुई डाक्टर

नक्कली डाक्टरको लागि तस्बिर परिणामकाठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले फेरी दुई नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।

 सिआईबीले  नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा डाक्टर भएका थप दुई जनालाई सोमवारपक्राउ गरेको हो।

पक्राउ पर्नेमा स्याङ्जा घर भएका ३७ बर्षीय बालकृष्ण अर्याल र धनुषा घर भएका वर्ष ३८ का संजीव कुमार साह रहेको सिआईबीले जनाएको छ । 

उनिहरुले भारतबाट आईएस्पी तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी डाक्टर पढेको प्रमाण सिआईबीको हाता परेपछि फन्दामा परेका हुन ।

अर्याललाई भदौ २४ गते बाँसबारीबाट र साहलाई भदौ २५ गते सानोभ¥याङबाट पक्राउ गरिएको सिआईबीले जनाएको छ । सिआईबीले यसरी नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा डाक्टर बनेका चार दर्जन भन्दा बढीलाई कानूनी दायरामा ल्याई सकेको छ ।

Post a Comment

0 Comments