
भ्रमणपूर्व दुई देशबीचको सुरक्षा साझेदारी, उच्च सर्तकता र समन्वयसम्बन्धमा छलफल गर्न नेपालका गृहसचिव र भारतीय समकक्षीबीच हुनेदुईपक्षिय बैठक दिल्ली पुगेर फर्केका प्रमुख आयुक्त दीलिप रेग्मीले सुरक्षा सर्तकता बारे प्रधानमन्त्रीलाई अहिलेसम्म कुनै विफ्रङ गरेका छैनन् ।
स्रोतका अनुसार सुरक्षा मामलामा छलफल गर्ने गृहमातहतका तिनवटै सुरक्षा निकायका अधिकारीले भारतमा अपनाउनुपर्ने सुरक्षाको बारेमा प्रधानमन्त्री कार्यालय र स्वंय प्रधानमन्त्रीलाई समेत विफ्रङ गर्नुपर्ने हुन्छ । तर राष्ट्रिय अनुसन्धान विभागबाटै सो विषयमा विफ्रङ नभएपछि प्रधानमन्त्रीका मूख्य सुरक्षा सम्बन्धी जानकाहरुले नेपाल प्रहरी तथा नेपाली सेनाको सूचनासँग भर पर्नु परेको स्रोतले दावी ग¥यो । प्रधानमन्त्रीको पहिलो विदेश भ्रमणको समयमा नेपाली सुरक्षा निकायकै समन्यव र छलफलमा विदेशस्थित सुरक्षाकर्मीहरुको सहयोग लिने गरिन्छ ।
यो अन्र्तराष्ट्रिय परम्परालाई समेत ध्यान नदिएपछि नेपाल प्रहरीले अहिले भारतीय प्रहरीसँग त्यसको समन्वय गरिरहेको छ भने गुप्तचर संस्थासँग पनि सोही प्रकारको समन्वय गरिरहेको छ । जवकि गुप्तचरसँग भने विभागले बढी नै सम्पर्क गरेर नेपाली प्रहरीलाई त्यसको जानकारी दिनुपर्ने हो । उनी आफै भारत जानुको कारण गृहसचवस्तरीय वैठकमा उनी आफै जानुपर्ने अवस्था नभएपनि उनी गएर राष्ट्रिय सुरक्षाको विषयमा ध्यानै दिएनन् ।
पर्वतका दिलिप रेग्मी अहिले राअका प्रमुख हुन् । उनको चासो हो, भारतसँगका कतिपय संवेदनशिल विषयमा छलफल गर्न अरुलाई पठाउदा गोपियनता भंग हुने र समस्या आउने । सिंहदरवारतिर लाग्ने गरेको आरोप के छ भने, राअलाई राज्यकोषले भन्दा बढी तलब सुबिधा लैनचौरले दिने गरेको छ । त्यसवापत देशका महत्वपूर्ण र संवेदनशील सूचना प्रवाह लैनचौर हुदै दिल्लीस्थित साउथ ब्लक पुग्ने गरेको छ ।
गृहले दिलीपलाई भन्यो, डिआईजीस्तरको अधिकारी पठाउन सकिदैन भने पनि एआईजीस्तरको पठाउनुस् तर यसमा तपाई नजानुस् । समस्या के रहेछ भने, अहिले राष्ट्रिय अनुसन्धान विभागमा दोस्रो वरीयताका एआईजी देवराज भट्ट छन् । उनी प्रमुखका दावेदार थिए । तर, नियुक्ती हुँदाको सरकारले दक्षिणी भनसुन र लैनचौरको दबाव थेग्न नसक्दा दिलीप प्रमुख भएका हुन् । उनी प्रमुख भएकै दिनदेखि राअमा तीव्र गुटवन्दी भएको छ । जुनियरलाई प्रमुख नमान्ने भट्टपक्षधर अधिकारीको त्यहाँ वर्चस्व छ । फलतः औपचारीकताबाहेक उच्चअधिकारीबीच कुनै समन्वयात्मक भुमिका छैन् ।
त्यसो त सरकारलाई गोप्य सुचना दिएर देशको सुरक्षा नीति बनाउनमा महत्वपुर्ण भुमिका खेल्नुपर्ने सो विभागले बिहान काठमाडौबाट प्रकाशन हुने दैनिक र साप्ताहिक पत्रिकाको कटिङ प्रधानमन्त्री र राष्ट्रिय सुरक्षा परिषदलाई पठाएर भुमिका खेलिरहेको छ । र देशका महत्वपुर्ण सुचनाको चुहावट भने लैनचौरतिर हुने गरेको बताइन्छ । फेरी राअमा उच्च अधिकारीबीच चलेको द्वन्द्वको कारण भुमिका ननिभाएको बिषयमा छैन । लैनचौरबाट जे जति आउछ त्यो मध्ये केही आसेपासेलाई बाड्ने र बाकी दिलीप एक्लैले खान्छन् भन्ने असहमती हो । उता, दोस्रो वरीयतामा भट्टलाई कामै नदिएर अर्को जात्रा चलाईको रहेको समाचार जनप्रहार साप्ताहिकमा प्रकाशित भएको छ ।
0 Comments