Subscribe Us

दश बर्षपछि खुल्योे हत्याको रहस्य,
लुकेको घटना केलाउँदै सिआईबी

हत्याको लागि तस्बिर परिणामकाठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले दश बर्ष अगि भएको एक हत्याकाण्ड उजागर गर्न सफल भएका छ । 

२०६० सालको दशैंको नौरथामा कुमारीगालमा स्थानीय युवाहरू झगडा गर्दा  कुमारीगाल बस्ने २४ बर्षीय रोशन कुमार आले मगरको २३ फागुन २०६० मा हत्या भएको थियो ।  

मगरलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा दश बर्ष पछि सिआईबीकोे टोलीले बौद्धमा बस्दै आएका तिन जनालाई पक्राउ गर्न सफल भएको छ । 

 पक्राउ पर्नेमा  काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ३१ बर्षीय श्रीवीर लामा, ३१ बर्षीय सोनु भन्ने देवराज लामा र ४० बर्षीय खेप्पा भन्ने राकेश लामालाई सिआईबीले प्रहरीले २४ भाद्रमा नियन्त्रणमा लिएको हो ।

२०६० सालको दशैंको नौरथामा कुमारीगालका स्थानीय युवाहरूसँग झगडा हुने क्रममा श्रीवीर लामाको टाउकोमा चोट लागी घाइते भएकोमा मृतक रोशन कुमार आले मगर सोही स्थानमा बसोबास गर्ने भएकाले झगडामा संलग्न दुबै पक्षलाई छुट्टाई दिएका थिए। 

श्रीवीर लामा समेतका व्यक्तिहरूले प्रतिशोध स्वरूप योजना बनाई फागुन २३ गते होलिको दिन १०र१५ जना व्यक्तिहरूको समूहमा भेला जम्मा भई होलि खेल्ने निहुँ पारी पूर्व रिसईबी समेत राखि मगरलाई धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएकोमा निजको उपचारको क्रममा मृत्यु भएको थियो। 

उक्त घटनामा स्थानीय अन्य ५ जना युवाहरू समेत घाइते भएका थिए। पक्राउ परेका ब्यक्तिहरूलाई भाद्र २६ गते काठमाडौँ जिल्ला अदालतमा प्रस्तुत गरी कर्तब्य ज्यान मुद्दामा अनुसन्धान गर्न अनुमति लिई अनुसन्धान कार्य भइरहेको छ।

Post a Comment

0 Comments