Subscribe Us

क्वार्टरमै मन्त्रीको बखेडा


काठमाडौं । नेपालमा सरकार परिवर्तन हुनु अब नौलो कुरा रहेन । तर, सरकार परिवर्तनसँगै बन्ने मन्त्रीको हर्कतका कसरतहरू सुन्नलायक हुन छाडे । बाहिर राम्रो काम गर्छु भनेर हुंकार छाड्नेहरू क्वार्टरका लागि पनि मरिहत्ते गर्छन् भन्ने सुन्दा नयाँ लाग्न सक्छ । 

हरेक नयाँ सरकारका मन्त्रीहरूले सपथ लिनेबित्तिकै मन्त्री निवास पुल्चोकमा गतिला ‘क्वार्टर’ हडप्न हानथाप हुन्छ । यसपटक भने सबैभन्दा ठूलो दल कांग्रेसका तर्फबाट मन्त्री बनेका गगन थापा र दीपक गिरीबीच ‘क्वार्टर’का विषयमा लफडा भएको थियो । 

मन्त्री निवासको मर्मतसम्भारको जिम्मा पाएको भवन विभागले आफ्नो ताकुदार मन्त्रालयका मन्त्रीका लागि भनेर छानेर निवास राख्ने प्रचलनअनुसार सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीलाई भवन विभागका कर्मचारीले अलिक सुविधाजनक मानिएको ‘ए ३’ क्वार्टर बुक गरिदिएका थिए । कर्मचारी आफूहरूले ‘बुक’ गरेको सो निवासको साँचो लिएर सपथको भोलिपल्ट मन्त्री केसीको निवास गंगबु पुगेका थिए । केसीले भने आपूm क्वार्टरमा नबस्ने तर आफ्ना लागि तयार पारेको त्यो क्वार्टर ज्वाइँ स्वास्थ्यमन्त्री गगन थापालाई दिन निर्देशन दिएका थिए । ‘अन्जना (केसीकी छोरी तथा गगनकी पत्नी) ले घर साँघुरो भएको गुनासो गरेकी छिन् जसरी पनि त्यो निवास स्वास्थ्यमन्त्रीलाई दिलाउनू’, केसीले भनेका थिए । 

सम्बन्धित मन्त्रीले यस्तो निर्देशन दिएपछि भवन विभागका कर्मचारीले सोहीअनुसार सोही दिन गगनलाई मन्त्री निवासको ‘ए ३’ को साँचो हस्तान्तरण गरे । तर सो क्वार्टरमा गगनले बस्न पाएनन् । यसैबीचमा गगनलाई अजुर्ननरसिंहले क्वार्टर दिएको जानकारी सिँचाइमन्त्री दीपक गिरिले थाहा पाएपछि गिरी झन्डावाल गाडीमा पुल्चोकस्थित मन्त्री निवास पुगेर सो क्वार्टरमा कब्जा जमाए ।

गिरीले गगनले क्वार्टर पाएको जानकारी पाएपछि सो क्वार्टरको साँचो फोडेर अर्को साँचो लाएका थिए । गिरी सोही दिन सबै सामानसहित क्वार्टरमा सरे । गिरीले क्वार्टर कब्जामा लिएपछि गगन रातोपुलको घरमा नै बसिरहेका छन् ।
कांग्रेसबाट प्रारम्भमा मन्त्री भएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले यसअघि नै मन्त्री निवासमा सहजै स्थान पाए पनि पछिल्लो चरणमा मन्त्री बन्नेहरूका लागि भने निवास पाउन सहज बनेको थिएन ।

कांग्रेसका मन्त्रीमध्ये उपप्रधान निधि, शान्ति मन्त्री सीतादेवी यादव र हृदयराम थानीको मात्र काठमाडौंमा आफ्नै घर छैन । दीपक गिरीको भने टोखामा कांग्रेस महामन्त्री डा. सशांक कोइरालासँगै गजबकै महल छ । मन्त्री हुनुभन्दा पहिला निधि बानेश्वरमा बस्दै आएका थिए भने थानी घट्टेकुलोमा बस्दै आएका थिए । सीतादेवी भने ललितपुरमा बस्दै आएकी थिइन् । अहिले निधि, यादव र थानी मन्त्री निवास पुल्चोकमै बस्छन् ।

गगनले मन्त्री हुनासाथ ठूलाठूला कुरा गरेका थिए । तर, अहिले आफूले क्वार्टर नपाएपछि उनी फनफनिन थालेका छन् । श्रीमती अन्जनाले बारम्बार उनलाई बाबुले भनेको क्वार्टरमा सर्नका लागि दबाब दिने गरेको स्रोतले जनाएको छ ।

Post a Comment

0 Comments