Subscribe Us

डिआइजीका कारण हेडक्बार्टरमा भूकम्प

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन अझै ६ महिना बाँकी रहेकै अवस्थामा अस्वस्थ प्रतिस्पर्धा सुरु भएको विषयमा प्रहरी प्रधान कार्यालयले रोक्ने प्रयास गरेको छ । भावी प्रहरी महानिरीक्षक (आइजिपी) को हुने भन्नेबारे अहिलेदेखि नै डिआइजीहरूमा दौडधुप सुरु भइसकेपछि चेन अफ कमाण्डमा समस्या पर्ने भन्दै यसलाई अघि नबढाउन प्रधान कार्यालयले प्रतिपस्र्धी डिआइजीलाई सचेत गराएको छ । 
dig logo nepal policeको लागि तस्बिर परिणाम
आगामी ३ फागुनबाट आइजी उपेन्द्रकान्त अर्यालसहित ११ जना एआइजी बिदा भएपछि एकै साथ डिआइजीबाट आइजीमा बढुवा हुनेछन् । उनीहरूमध्ये एक जनालाई सरकारले आइजिपीमा बढुवा गरेपछि अन्यलाई एआइजीमा बढुवा गर्नेछ । 

 आइजीहरू नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी आइजिपीको दौडमा छन् । उनीहरूबीचको प्रतिस्पर्धा अहिलेदेखि नै सुरु भइसकेको छ । करिब ७० हजारभन्दा बढी प्रहरीको नेतृत्व सम्हाल्नु सामान्य जिम्मेवारी होइन । प्रहरी महानिरीक्षकको कार्यकाल सकिन अझै ६ महिनाभन्दा बढी बाँकी भएका बेला अबको आइजिपीको हुने भन्नेबारे चलखेल सुरु भइसकेको अवस्थामा यस्तो कार्य ठीक नभएको भन्दै सचेत गराइएको हो । 

केही डिआइजीले अहिलेदेखि नै ‘भावी आइजिपी मै हो’ भन्दै हिँड्न थालेपछि महानिरीक्षक अर्यालले यसैसाता आप्mनो कार्यकक्षमा बोलाएर सचेत गराएको प्रधानकार्यालय स्रोतले जनाएको छ । संगठनको नेतृत्व छान्दा उसको कार्य क्षमता, नेतृत्व क्षमता, ज्येष्ठता र अनुभवका आधारमा छान्ने हो । 

तर, केही डिआइजीले अहिलेदेखि नै चलखेल गरेपछि प्रहरी संगठनकै बदनाम हुन सक्ने ठानेर आइजिपी अर्यालले उनीहरूलाई चेतावनी दिएका थिए । रोलक्रमअनुसार डिआइजी सिलवाल एक नम्बर, प्रकाश अर्याल २ नम्बरमा, जयबहादुर चन्द तीन नम्बरमा र बमबहादुर भण्डारी चार नम्बरमा छन् । नेपाल प्रहरीको इतिहासमा पहिलो र दोस्रो नम्बरभन्दा माथिका डिआइजी आइजिपी भएको रेकर्ड छैन् । तर, सबै आइजिपीको दौडमा लागेपछि आइजिपीले सचेत गराएको स्रोत बताउँछ । एकअर्काविरुद्ध मिडियाबाजी गर्दा संगठनकै बदनाम हुने आइजिपीको तर्क थियो । 

केही डिआइजीले एकअर्काविरुद्ध सुराकी नै खटाउने गरेको प्रहरी स्रोतको दाबी छ । यसरी सचेत गराउनुअघि आइजिपी अर्याल डिआइजी सिलवाल, अर्याल र चन्दले सम्हालेका कार्यालयको भ्रमण गरिसकेका थिए । सो भ्रमणलगत्तै उनीहरूलाई प्रधान कार्यालय बोलाएर सचेत गराएका हुन् । अर्यालले कुरा गर्दै सबै मिलेर संगठनलाई बलियो बनाउने भन्दा पनि व्यक्तिगत स्वार्थका लागि आफूखुसी चल्ने प्रवृत्ति प्रहरीमा बढेर गएकोले यसलाई अघि बढाए यसको परिणामा राम्रो नआउने भन्दै चेतावनी दिएका थिए ।

 केही डिआइजीले अनावश्यक मिडियाबाजी गर्नेजस्ता गलत काम पनि गरेको सुनिएकाले यस्तो नगर्न आइजिपीका दाबेदार भन्दै हिँड्ने चारै जनालाई सचेत गराएको प्रधान कार्यालय स्रोत बताउँछ ।  ‘एकअर्काको कुरा काट्ने गर्दा उनीहरूको मात्रै होइन, संगठनको नै बदनाम हुने हो’, अर्यालले भने, ‘त्यसैले आफ्ना ब्याचीको कुरा काट्नु भनेको संगठनको घाँटी रेट्नुजस्तै हो ।’

 प्रहरी संगठनको नेतृत्व सम्हालनु चानचुने कुरा होइन । कसैलाई केही विषयमा चित्त नबुझेको भए बैठकमा राख्नसमेत अर्यालले सुझाएका थिए । कसैलाई केही विषयमा चित्त बुझेन भने बैठकमा कुरा राख्न सकिन्छ । त्यसका लागि जति पनि समय पाइन्छ, अर्यालले संगठनभित्रका नकारात्मक विषय खोतलेर मिडियाबाजी गर्ने होइन भन्दै सबैले दायित्व निर्वाह गर्न चेतावनी दिएका थिए । २०४४ सालका ब्याचीमध्ये अहिले प्रमुख स्थानमा भएका सिलवाल, अर्याल, चन्द तथा भण्डारीमध्ये एक जना आइजिपी हुने भएकाले पनि उनीहरू चारै जनालाई एकै स्थानमा राखेर सम्झाएका हुन्

Post a Comment

0 Comments