Subscribe Us

दरबन्दी थप्न आइजीकोे व्यापक चलखेल

आफ्ना नातेदार र बफादार दुई जनालाई बढुवा दिनका लागि उनले पाँचवटा एसएसपीको पद थप्ने प्रस्ताव गरेका छन् 

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजी) दुर्जकुमार राईले आफूनिकट प्रहरी अधिकृतलाई बढुवा दिन पाँच जना एसएसपीको पद थप्ने तयारी गरेको समाचार आज प्रकाशित जनप्रहार साप्ताहिकले लेखेको छ ।  

व्यक्तिका लागि पद सिर्जना गर्ने र राज्यको ढुकुटीमा समेत आर्थिक भार थोपर्ने गरी आइजी राईले यो रणनीति अख्तियार गर्न खोजेका हुन् । यसो गर्दा राज्यलाई आर्थिक भार थपिनुका साथै नेपाल प्रहरी चल्दै आएको दरबन्दी थप्ने रोग सशस्त्र प्रहरीमा पनि सर्ने छ । अनावश्यक पदहरू सिर्जना गर्ने कामसमेत सशस्त्र प्रहरीमा भइरहेको छ । ३७ हजार सशस्त्र प्रहरीलाई चाहिने आवश्यक सरसामान, लत्ताकपडा, हातहतियारसमेतको खरिद–बिक्रीबाट प्राप्त हुने ठूलो कमिसनका लागि दरबन्दी थप्ने प्रचलन पनि सशस्त्र प्रहरीमा हाबी हुँदै आएको छ । 

अहिले आप्mना नातेदार र बफादार दुई जनालाई बढुवा दिन उनले पाँचवटा एसएसपीको पद थप्ने प्रस्ताव गरेका छन् । तर, राईको यो प्रस्तावमा गृहमन्त्रालय, अर्थमन्त्रालय र स्वयं सरकार भने सकारात्मक छैन । राईले पाँचवटा एसएसपीको दरबन्दीको माग आप्mना दुई जना बफादारलाई बढुवा गर्न प्रस्ताव गरेका हुन् भन्ने कुरा गृहदेखि अर्थमन्त्रालयसम्म जानकारी भएका कारण सहमति नदिने कुरा गृहका एक सहसचिवले बताए । 

यस मामिलामा उनको भतिजो सुभास राई र आफन्त खड्क राई निकै लागिपरेका छन् । स्रोतका अनुसार अहिले आइजिपी राई उनीहरूकै सल्लाहमा चल्ने गरेका छन् । एसएसपीका पद पाँचवटा रिक्त हुने र ती रिक्त पदमा आफूले गर्नुपर्ने ती नातेदार हनुमन्तेलाई बढुवा गर्न नसक्ने अवस्था आएपछि आइजिपी राईले पाँच दरबन्दी थपको माग गरेका हुन् । बांगोटिंगो कुरा त्यति नजान्ने आइजी राईलाई यस्तो फिरन्ते सल्लाह उनले नै १ नम्बर एआइजी बनाएका शैलेन्द्र खनालले दिने गरेका छन् । 

हाल सशस्त्रमा तीन डिआइजीको पद रिक्त छ भने पाँच एसएसपीका पद रिक्त छन् । आइजिपी राई एसएसपीबाट डिआइजी बनाउने हकमा आप्mना नातेदार र बफादारका रूपमा चिनिएका खड्ग राईलाई वरिष्ठताका आधारमा डिआइजी बनाउन चाहन्छन् । उनले त्यो गुण पनि तिर्नुपर्ने होला तर जब एसपीबाट एसएसपीको बढुवा गर्नुपर्ने हुन्छ, त्यसमा पनि वरिष्ठतालाई नै आधार मान्ने हो भने राईले बनाउन खोजेका नातेदार र बढुवामा पर्दैनन् । त्यसै कारणले पनि आइजिपी राई ठूलो धर्मसंकटमा छन् । र, त्यसैका लागि पनि उनले पाँच एसएसपीको दरबन्दी माग गरेका हुन् ।

 एउटा एसएसपी बराबर झन्डै पाँच जना सिपाहीको खर्च हुने हुँदा बरु सिपाहीको दरबन्दी थप्नु सँगठन र देशका लागि हितकर हुनेछ न कि उच्च अधिकृतहरू । कार्यसम्पादनका हिसाबले न्यून रहेका र कुनै क्षमता प्रदर्शन गर्न नसकेका एसएसपी खड्ग राईलाई आइजिपी दुर्जकुमार राई जसरी पनि बढुवा गर्ने तयारीमा छन् । चाकडी, चाप्लुसी गरेकै भरमा बढुवा गर्ने अनि बढुवामा परिहाल्छ वा पार्नु नै पर्छ भनी पहिलेदेखि नै मेडल दिने प्रवृत्ति थियो, त्यो कुरा आइजिपी दुर्जकुमार राईले पनि निरन्तरता नै दिएका छन् । 

एसपीबाट एसएसपी बनाउनुपर्ने उनका सल्लाहकारलाई बढुवामा तान्न सकिन्छ भनी उनले मेडलसमेत दिएका छन् तर उनीहरूले के उत्कृष्ट काम गरेर त्यो मेडल पाए सायद त्यो उनीहरूलाई नै थाहा नभएको कुरा एक एआइजीले जानकारी दिए । नातेदार र चाकडीकै भरमा अनि बढुवाका लागि सजिलो होस् भनेर मेडल दिने कार्य दुर्जकुमारले पनि छोडेनन् । 

जबकि अर्धसैनिक निकायका रूपमा रहेको सशस्त्रमा त कार्यक्षमता, कार्यदक्षता सँगसँगै उसको व्यक्तित्व पनि हुनु त प¥यो । कारबाही नभएका योग्य र सक्षम व्यक्तिलाई तान्नुप¥यो । तर, कुनै क्षमता नै नभएका, एउटा कार्यालयको कमाण्ड गर्न नसक्ने अनि चाकडी, चाप्लुसी र नातेदार भएकै कारण सधैँ राम्रा ठाउँमा बस्ने, अकुत सम्पत्ति कमाउने, मेडल पाउने प्रवृत्ति भएकै कारण सशस्त्र प्रहरी बल पछिल्लो समय नराम्रोसँग बदनाम त भएकै छ । सँगठनभित्र धमिरा सल्किएको आभास सँगठनका इमानदार अधिकृतले गरिरहेका छन् । तर, दरबन्दी थप गर्ने विषयमा वर्तमान गृहमन्त्री सकारात्मक नभएका कारण रोकिएको छ ।

Post a Comment

0 Comments