Subscribe Us

भन्सार प्रमुखकी श्रीमतीको बोलबाला

भन्सारको लागि तस्बिर परिणामआफू सोझो देखिएर श्रीमतीलाई अघि सार्दै तस्करसँगा डिल गर्ने जिम्मा भन्सार प्रमुख अधिकारीले घुसखोरीको सीमा पार गरिसकेका छन्
 
काठमाडौं । मेची भन्सार कार्यालय काकडभिट्टाका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीको घुसखोरीको कथा अचम्मको छ । 

प्रायः यताउता गरेर भन्सारमा मात्रै आफ्नो जागिर पार्ने गरेका उनी सुनसरीबाट झापा पुगेका थिए । भनसुन गर्नेदेखि तस्करसँग समेत राम्रो सम्बन्ध बनाएका अधिकारीको गजबको कुरा के भने उनी आफू अगाडि सर्दैनन् । श्रीमती रमा ढकाल अधिकारीलाई अगाडि सार्छन् र गर्ने जति सबै सोर्न पछि पर्दैनन् । 

सुनसरी भन्सार कार्यालयमा रहँदा पनि ब्रह्मलुट मच्चाएका अधिकारीले राजनीतिक सोर्स फोर्स लगाएर आफ्नो सरुवा मालदार ठाउँमा पारेका थिए । अहिले कार्यरत मेची भन्सार वारिपारिका सामान ओसारपसारमा प्रख्यात छ । त्यहाँ दिनहुँ करोडौं रुपैयाँ बराबरको कारोबार मात्र होइन, कर्मचारीको कमिसन पनि मोटो रकममा आउने भएपछि रमालाई अघि सारेर सरुवा त्यहाँ पार्न अधिकारी सफल भएका थिए । 

झापामा सबैभन्दा ठूलो रकम सुपारी तस्करबाट नै आउने गरेको छ । भारत र बंगलादेशसम्म पनि सुपारी तस्करी गरी पुराउने समूहले अहिले उनको खल्ती भर्ने काम गरिरहेको छ । तस्करहरूसँग रकमको मोलमोलाई पनि रमाले नै गर्छिन् । श्रीमान् सरकारी अधिकृत भएपछि अहिले उनको बोलबाला चलेको छ । 

सुपारी काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको समेत चासो देखिएको थियो । सुपारी तस्करहरूले अहिले पनि कार्कीको घरसम्म रकम पुराउने चाँजोपाँजो त मिलाएकै छन् । ‘यहाँ हुने कारोबारको मुख्य हिस्सामा उनीहरूको बोलबाला छ, करोडौं रकम असुलिरहेका छन्, त्यसका लागि श्रीमती खटाएर भन्सार अधिकृतले राम्रै हिस्सा हात पारेका छन्’, स्रोतले भन्यो । 

भन्सारमा राम्रो कमाई देखेपछि रमाका आँखा बलेका छन् । उनीहरूले अहिले सम्पत्ति जोडिरहेका कारण सरुवा रोक्नका लागि विभिन्न शक्तिकेन्द्रसँग सम्बन्ध भएकासँगको डिलमा पनि रमा सक्रिय भएर लागेकी छिन् । नियमित सरुवाअन्तर्गत उनलाई हटाउने तयारी भएपछि रमाले श्रीमान्को जागिर त्यहाँबाट नसार्न विभिन्न प्रपञ्च गरिरहेकी छन् । ‘जति पनि कारोबारका कुरा हुन्छन् श्रीमान्लाई नगर्नु मलाई गर्नु भनी बार्गेनिङको काम हुन्छ’, स्रोतले भन्यो । अख्तियारको आँखा कर्मचारीमा बलियो भएको सन्दर्भलाई उल्लेख गरी रमाले भन्सारसँग जोडिएका कारोबारीलाई यस्तो भन्ने गरेकी छन् । भन्सारका सबै काम आफूले मिलाउने भनी तस्करसँग दिनहुँ उठबस गर्ने काममा पनि अधिकारी श्रीमतीको सक्रियता छ ।

Post a Comment

0 Comments