Subscribe Us

सशस्त्र प्रहरीमा चार एआईजीको सरुवा

apf nepalको लागि तस्बिर परिणामकाठमाडौं । सरकारले सशस्त्र प्रहरी वलका चार एआइजीको सरुवा तथा दूइका पदस्थापन गरेको छ । विहीबार बसेको मन्त्रीपरिषदको वैठकले सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्य विभागमा कार्यरत एआइजी कृष्णकुमार तामाङलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रतिष्ठानमा पठाइएको छ । 

यस्तै मानव स्रोत विकास केन्द्रमा कार्यरत सिहबहादुर श्रेष्ठलाई प्रधान कार्यालयको प्रशासन विभागमा पठाएको छ । यसै सीमा सुरक्षा विभागमा काम गर्ने प्रेमकुमार शाहीलाई कार्यविभागमा ल्याएको छ । यस्तै सशस्त्र प्रहरी बल प्रतिष्ठानका प्रकाश ओझालाई सीमा सुरक्षा विभागमा लगिएको छ ।

यस्तै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाललाई मानव स्रोत विभागमा पदस्थापन गरिएको छ भने जितबहादुर पुनलाई महानगरिय सशस्त्र प्रहरी कार्यालयमा पदस्थापन गरेको छ । अघिल्लो सरकारको पालामा बढुवा भएका खनाल र पुनलाई तीन महिनापछि पदस्थापन गरिएको हो ( क्भभ mयचभ बतस् जततउस्ररmगमिजबचलभधक।अयmरअयलतभलतरबउा(बष्न।जतm३िकतजबकज।बचद्दण्प्उठग।मउगा

Post a Comment

0 Comments