Subscribe Us

सेवाभन्दा डिभी पिआर प्यारो,
तीन डिआइजीको कारण तीन एसएसपी पनि घर जाने

nepalpolice logoको लागि तस्बिर परिणामकाठमाडौं । दुई डिआइजीले राजीनामा नगरी विदामा बस्दा एसएसपीबाट डिआइजी हुने चरणमा रहेकालाई बेफाइदा भएको छ । पछिल्लो समय नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरू रामकुमार खनाल र केशव अधिकारी अहिले विदा लिई विदेश भ्रमणमा रहेका छन् । 

उनीहरू नआउने गरी विदामा बसेकाले एसएसपीबाट डिआइजी हुन लागेका गणेश केसी, केदार भण्डारी र लव विष्टलाई अवरोध भएको छ । डिआइजी खनाल क्यानाडामा छन् भने अधिकारी अमेरिकामा । डिआइजी खनालकी श्रीमतीले क्यानाडाको पिआर लिएकी छिन ्। त्यसैले उनी पनि बिदा लिएर उतै पारिवारिक भेटघाटका लागि गएका हुन् । अर्का डिआइजी अधिकारी छोराको ग्राजुएसन डेमा सहभागी हुन भन्दै अमेरिका लागेका पुगेका छन् । 

भाद्र ३० गतेसम्मको बिदा लिएका भए पनि उनी थप बिदा लिने तयारीमा रहेको प्रहरी उच्च स्रोतले जानकारी दियो । उनीहरूले राजीनामा दिएको भए प्रहरी प्रधानकार्यालयले तीन जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सक्थ्यो तर बिदामा बसिदिँदा केसी, भण्डारी र विष्ट पनि उनीहरूसँगै घर जानुपर्ने अवस्था आएको प्रहरी प्रधानकार्यालय स्रोतले जनाएको छ । 

दुवै डिआइजीसहित अर्का डिआइजी हेमन्त मल्लले पनि २७ कात्तिकमा सेवा अवधिका हिसाबले अवकाश पाउँदै छन् । खनाल र अधिकारी अब यसभन्दा माथिल्लो पदमा बढुवा नहुने पक्का भएपछि विदेशतिर लागेको हुनसक्ने अनुमान प्रहरी उच्च अधिकारीले नै गर्छन् । उनीहरू तीनै जना ०६५ कात्तिक २६ मा बढुवा भएका थिए । उनीहरू यही कात्तिक २७ गतेबाट प्रहरी सेवामा हुँदैनन् ।

 ‘अब यहाँ पनि माथि जान सक्ने ठाँउ छैन, अनि त्यही पोस्टमा हल्लिएर के गर्नु भन्ने सोचाइ आयो होला’, उनीहरू भन्छन्, ‘त्यसैले विदेश गएको हुन सक्छ । फर्कन सक्ने सम्भावना कम देखिन्छ ।’ हुन त यसभन्दा अघि पनि सरूवा र बढुवामा चित्त नबुझेपछि प्रहरी संगठन छोडेर विदेश जाने र अन्य क्षेत्रमा लाग्ने प्रहरी अधिकृतहरू नभएका होइनन् । तर, पछिल्लो समयमा प्रथम श्रेणीका अधिकृतले राजीनामा दिएर विदेश पलायन हुनुभनेको भने यो पहिलो घटना हुनेछ । केसी लागुऔषध ब्युरोमा छन् । भण्डारी बागमती अञ्चल प्रहरी कार्यालय र विष्ट कल्याण शाखाको प्रमुख छन् । 

डिआइजी खनाल, अधिकारी र मल्लले २०४३ सालमा प्रहरी निरीक्षक पदबाट सेवा सुरु गरेका थिए । ३० वर्ष सेवाअवधि बिताइसकेको संगठनलाई केही समय बाँकी हुँदा नै छोडेर जानुलाई राम्रो मान्न नसकिने उच्च प्रहरी अधिकृतहरू वताउँछन् । पछिल्लोपटक प्रहरी वरिष्ठ उपरीक्षक सुबोध घिमिरेले पनि दुई वर्ष अवधि बाँकी छँदै राजीनामा दिएका थिए । प्रहरी उपरीक्षकबाट वरिष्ठ उपरीक्षक बनाउँदा पछि पारियो भन्ने उनको गुनासो थियो । अब डिआइजी हुने सम्भावना कम देखेपछि उनले पनि आफ्नो बाटो तताएको उनकै समकक्षीहरू बताउँछन् ।

उनीहरूसँगै एसएसपी त्रय गणेश केसी, लव विष्ट र केदार भण्डारी पनि बढुवा नभई घर जाने अवस्था छ । एसएसपी घिमिरेसहित गत वैशाख यता भने दुई सय सात जनाले सेवाबाट राजीनामा दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षक एक–एक जनाले राजीनामा दिएका थिए । 

प्रहरी नायब निरीक्षक आठ, प्रहरी सहायक निरीक्षक ६४, प्रहरी हवल्दार ५९ र प्रहरी जवान ७० जनाले राजीनामा दिएका हुन् । गत वर्ष तीन डिएसपीसहित एक हजार दुई सय २१ जनाले प्रहरी सेवा छाडेका थिए । प्रमोसन पनि नहुने, मिसनमा जान सोर्सफोर्स पनि नभएका र प्रमोसन पनि नहुने भएकाहरूले छोड्ने गर्छन् । खाडी मुलुकका साथै मकाउ र मलेसियामा सेक्युरिटीमा राम्रो कमाइ हुन थालेपछि संगठन छाड्ने क्रम बढेको छ । त्यस्तै, माथिल्लो तहका अधिकृतहरू भने अमेरिका, अस्ट्रेलिया, बेलायत र क्यानाडा जाने र उतै बस्ने गरेका छन् । 

अहिले कमाइ, इज्जत, प्रतिष्ठा सम्मान पाउने भएकाले पनि युवा आकर्षित चार महिना अघि इन्सपेक्टर दीपक भण्डारी, दुई महिनाअघि डिएसपी आनन्दजंग थापाले नेपाल छाडिसकेका छन् । करिब २ वर्ष अगाडि पनि एक एसएसपी घनानन्द भट्ट, डिआइजी बढुवामा अगाडि थिए । ‘जुनियर’लाई बढुवा गराएपछि उनले प्रहरी सेवामा बसिरहन आवश्यक ठानेनन् र आप्mनो २७ वर्षे सेवाबाट विश्राम लिएका थिए । डिएसपी जगदीशचन्द्र पोखरेल २ वर्ष अगाडि नै श्रीमतीलाई डिभी परेपछि जागिर छोडेर अमेरिका पुगे । डिएसपी दिवेश उदास पनि उतै भासिए । अहिले प्रहरीका दुई डिआइजी र दुई एआइजी डिभी र पिआर बोकेरै जागिर खाइरहेको प्रहरी स्रोत बताउँछ ।

Post a Comment

0 Comments