Subscribe Us

टोल टोेलमा जुवा अखडा,
नेताका श्रीमती देखि प्रहरी र सेनाको मिनी क्यासिनो

काठमाडौं । कानूनको सहि तरीकाले परिपालन गर्न नसक्दा राजधानीमा च्याउ सरी जुवा अखडा फस्टाउन थालेका छन् ।
जुवा अखडाको लागि तस्बिर परिणामकानूनका पालक भनिएका नेपाल प्रहरीको जुवाडेसँग अबैध साँठगाँठको कारण पनि जुवाडेहरुले पक्राउ परेपछि सहझै उन्मुक्ति पाउने गरेका छन् । पटक–पटक पक्राउ परेका जुवाडेलाई प्रहरीले पटके भएको प्रमाण नजुटाई अदालतमा पेश गर्ने हुँदा जुवाडेहरुले सहझै उन्मुक्ति पाएका हुन् । 

जुवा ऐन २०२० अनुसार पहिलो पटकलाई दुई सय जरिवाना, दोस्रो पटकलाई एक महिनादेखि तीन महिनासम्म कैद र तेस्रो पटकेलाई जुवा खेलेको पाईएमा एक बर्षसम्म कैद हुने कानूनी प्राबधान छ । तर, प्रहरीले लगत नराखि जतिपटक पक्राउ परेपनि जुवाडेलाई पहिलो पटक भन्दै मुद्दा चलाउने परिपाटीले जुवाडेलाई सहज बाताबरण बनेको छ भने प्रहरीलाई बाग्रेनिङ गर्ने अबसर मिलेको छ ।
जुवा अखडाको लागि तस्बिर परिणाम

जुवा खेलाउने सञ्चालकलाई समेत तीन महिना देखि ९ महिनासम्म कैद हुने कानूनी प्राबधान रहेको छ । तर, प्रहरीले आजसम्म कुनै जुवाडेलाई कानून बमोजिम कारबाही गर्न सकेको छैन । 

राजधानीका अधिकांश क्यासिनो बन्द भएको फाईदा उठाउदै जुवाका दलालहरुले घरघरमै क्यासिनो शैलीमा जुवा अखडा सञ्चालन गरिरहेका छन् । बिशेषगरी, दशैं तिहारलाई लक्षितगरी त्यस्ता जुवा अखडाहरु सञ्चालन हुन थालेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखा, परिसर र बृतहरुले यस्ता जुवा अखडामा करौंडौको खेल हुन सुचना पाएपछि बिशेष निकरानी गर्न थालेको बताएको छ ।

गत साता महानगरिय प्रहरी बृत्त बालाजुले मनमैजुस्थित एक जुवा अखडाबाट १९ जना जुवाडेसहित पाँच लाख बरामत गरेको थियो । चितवनका प्रिस भन्ने राजु घिमिरे र उनको एक मायालुले व्यवसायीक रुपमा सञ्चालन गर्दै आएको अखडामा प्रहरीले छापा मारेको हो । बृत्तमा गत महिना मात्र आएका डिएसपी सन्तोष तमाङले उक्त क्षेत्रमा हुने जघन्य अपराध देखि समाजिक अपराधमा आफूले गहन रुममा निकरानी बढाएको बताए । जुवाले एक व्यक्तिको जीवनमा मात्र नभए सामजमा समेत बिकराल रुपमा ल्याउने हुँदा एस्ता जुवा अखडालाई नियन्त्रण गर्नुपर्ने उनले बताए । 

पछिल्लो समय जुवा अखडामा मन्त्री, न्यायाधीश, सभासदेखि उच्च घरानाका जुवाडेहरु जाने गरेका छन् । जहाँ करोडौंको हारजित हुने गरेको जुवाडे नै बताउँछन् । राजधानीमा सबैभन्दा ठूलो जुवा अखडा डिल्लीबजारका प्रभु शमशेर राणाले सञ्चालन गर्ने गरेका छन् । डिल्लीबजार कालीकास्थानमा हुने उक्त जुवा अखडामा ठूला घरानियाका जुवाडे आउने गरेका छन् । गत दशैंदेखि तिहारसम्म एक महिनाको अबधिमा सो जुवा घरमा एक अर्ब बराबरको हारजित भएको जुवाडेहरुबीच चर्चा छ । आउँदो दशै तिहारको मौका छोपी सो जुवा अखडा पुनः सञ्चालनमा ल्याउने तयारी भएको स्रोत बताउँछ । राणा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमसेर राणाका आफ्नै भाई भएका कारण प्रहरीले उक्त जुवा अखडामा छापा मार्ने हिम्मत गरेको छैन । 

पछिल्लोे समय प्रहरीको छापाबाट बच्न जुवाडेहरुले मोबाईल जुवा अखडाको नाम दिएर एक दिन, एक ठाँउमा र अर्को दिन अर्कै ठाउँमा जुवा सञ्चालन गर्ने गरेका छन् । यस्तै, गौशाला राम मन्दिरका लिला उप्रेतीले पनि ठूलै जुवा अखडा सञ्चालन गदै आएका छन् । उप्रेतीले आफ्नै निवास राम मन्दिर तथा भाडमा लिएका घरमा जुवा सञ्चालन गर्ने गरेका छन् । एक दिन आफ्नै घरमा अर्को दिन अर्को घरमा गर्दै उपे्रतीले २० बर्षदेखि जुवाको खाल सञ्चालन गरिरहेका छन् । पूर्ब राजाका ज्वाई राजबहादुर सिंहका भाई हरिश सिंहलेसमेत जुवा अखडा सञ्चालन गर्दै आएको स्रोत बताँउछ । सिंहले बिशालनगरमा जुवा अखडा सञ्चालन गर्ने गरेका छन् । सिंहको जुवा अखडामा राज परिवारका सदस्यदेखि मिटरराजा महेशबहादुर सिंह, गुण्डाका नाईकेहरुको समेत जमघट हुने गरेको छ । 

बानेश्वरमा रहेको नेत्रकमल छुनामुना बिद्यालय अगाडी मदनबहादुर कँडेलले पनि जुवा अखडा सञ्चालन गर्दै आएका छन् । राजधानीको जुवा अखडामध्ये कँडेलको अखडा टपटेनमा पर्छ । उक्त जुवा अखडामा नेता, कर्मचारी, तस्करी, प्रहरीका हाकिम नै आउने गरेका छन् । ब्यापारी अमृत गुरुङ, कानून क्षेत्रका सुरेन्द्रशमशेर जबरा, नायक भुवन केसीका बुबा मदनबहादुर केसीलगायतका व्यक्तिहरु पनि जुवाका पारखी भएको स्रोत बताउँछ । त्यस्तै, बौद्ध चुच्चेपाटी क्षेत्रमा खेमबहादुर श्रेष्ठले क्यासिनो शैलीमा जुवा अखडा सञ्चालन गरिरहेका छन् । प्रहरीले राजधानीका क्यासिनोमा नेपाली जुवाडेलाई प्रवेश कडाई गरेपछि जुवाका सौखिनहरुले क्यासिनोकै शैलीमा घरघरमै मिनी क्यासिनो सञ्चालन गर्न थालेका हुन् । पार्किङको राम्रो ब्यबस्था भएको महलमा किचेन र बारसहितको सेवा सुविधा दिएर ब्यबसायिक रुपमै यस्ता अखडाहरु सञ्चालन हुने गरेका छन् । तर, प्रहरीले भने सानातिना म्यारिज खेल्ने अखडामा छापामारी काम गरेको देखाउने गरेको छ । अर्का अखडा चलाउने नारायण खड्काले एक कर्णलको श्रीमती मुनु केसीलाई साथ लिएर अहिले बालुवाटारमा जुवा अखडा सञ्चालन गर्दै आएको स्रोत बताँउछ । गत बर्ष बौद्ध प्रहरीले उनको कपनस्थित घरमै घरमा छापा मारेको थियो । कमलपोखरीका किरण गौतमले पनि जुवा अखडा सञ्चालन गर्ने गरेका छन् । दुई बर्ष अगाडी कमलपोखरी प्रहरीले गौतमको जुवा अखडामा छापा मारेर उनलाई पक्राउ गरेको थियो ।

राजधानीमा यस्ता मिनी क्यासिनो टोल—टोलमा रहेका छन् । कमजोर कानूनका कारण जुवा अखडा फस्टाएको प्रहरीको बुझाई छ । पक्राउ पर्दा बरामद भएका नगद र जिन्सी जफत भएपनि दुई सय मात्र जरिवाना र थोरै कैद हुने कानूनी ब्यवस्था छ । तर, अहिलेसम्म जुवा खेलेकै अभियोगमा कसैलाई पनि कैद भएकोे छैन । रसोट र अपाटमेन्ट जुवाडेको रोजाई प्रहरीले नेपाली जुवाडेलाई क्यासिनो प्रबेशमा पुर्ण रुपमा बन्देज लगाएपछि सुरक्षीत स्थलको खोजी गर्दै जुवाडेहरुको दिन अहिल रिसोट र अपाटमेन्टमा बित्न थालेको छ । जुवाको अखडा थाप्ने दलालहरुलाई प्रहरीले बिषेश निकरानी राखेपछी प्रिपेड जुवा हाउसको नाम दिदै दलालहरुले रिसोट र अपाटमेन्टको कोठामा जुवा खेलाउन थालेका हुन् । टोल–टोलमा खोलीने अखडाको बारेमा स्थानीयले प्रहरीलाई खबर गर्न थालेपछि अहिले जुवा खेल्नको लागी सुबिधा सम्पर्ण अमाटमेन्ट र रिसोटको कोठा बुक हुन थालेको हो । क्यासिनो बन्दपछि प्रहरीले टोल–टोलमा क्यासिनो कै शैलीमा सञ्चालित अखडामा छामा पार्न थालेपछि प्रहरीलाई च्यालेन्ज गर्दै जुवाडे र दलालले गोप्य रुपमा अपाटमेन्ट र रिसोटको कोठामा जुवा खेलाउन थालेका हुन ।
समाचार स्रोतका अनुसार रानीवारीस्थित ओशो रिसोट अहिले जुवाडेको लागी सुरक्षीत जुवा खेल्ने अखडाको रुपमा परिणत हुन थालेको छ । राम्रै आम्दानी हुने भएपछि रिसोट मालिकै संरक्षणमा त्याहा जुवा खेलाउँन थालिएको सोही रिसोटका एक कर्मचारीले बताए । त्याहा जुवाडे अमर तमाङ, अशोक श्रेष्ठ, बलराम गिरीलगाएतले जुवा खुलाउँदै आएका छन् । एकै दिनमा उक्त जुवा खालमा ५० लाख माथिको हारजीत हुँदै आएपनि प्रहरीले सुईँको पाएको छैन् । अवैध रुपमा अमेरीकामा मानबतस्करी गर्दै आएका गोपाल बुढाथोकी, रामकृष्ण कुवँर, मिलन लामाको समुह तेस्ता जुवा अखडाका ग्राहक भएको स्रोत बताउँछ । अपार्टमेन्ट र रिसोट छाडेर केहिले आफ्नो पावरको आडमा घरमै पनि बषैंदेखी जुवा अखडा सञ्चाल गर्दै आएका छन् ।

Post a Comment

0 Comments