Subscribe Us

‘सिंघम’ सुवेदी,
अपराध र आपराधिक समुहमा आतंक

–जनकपुर बमकाण्डका नाईके तथा कुख्यात गुण्डा सञ्जय टक्लालाई धनुषा जिल्लाको कमान्ड सम्हाल्दा पक्राउ गर्न सफल एसपी सुवेदी तराई क्षेत्रमा हुने आपराधिक संगठनका लागि आतंक हुन् 

–दुई दशक अघिदेखि फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान चलाएपछि जघन्य अपराधका अभियुक्त समेत प्रहरी समक्ष सरेन्डर गर्न थालेका छन्

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरी जनमासमा लोकप्रिय बन्दै गएको छ । धमिलीएको नेपाल प्रहरीको साख शाख केही व्यवसायीक प्रहरी अधिकृतका कारण साख जोगिदै आएको छ । 

प्रहरी भनेपछि तिनकोष पर भाग्ने सर्वसाधारण अहिले केही प्रहरी अधिकृतले गरेको कामको कारण प्रहरीसँग नजिक भएर अपराध नियन्त्रणमा सघाउन थालेका छन् । नेपाल प्रहरीमा व्यवसायिक छवी बनाएका डिआईजी नवराज सिलवाल, एसएसपी रमेश खरेल, सर्वेन्द्र खनाल, पुस्कर कार्की, विक्रमसिंह थापा, एसपी उत्तम सुवेदी, धिरजप्रताप सिंह, प्रद्युम्न कार्की, डिएसपी सोमेन्द्रसिंह राठोर, गंगा पन्त जस्ता प्रहरी अधिकृतका कारण संगठन बलियो देखिएको छ । 

चर्चित प्रहरी अधिकृत मध्ये एक हुन् एसपी उत्तम सुवेदी । एसपी सुवेदी दुई महिना अगाडी मात्र आईजीपी सचिवालयबाट सर्लाही जिल्ला प्रमुख भएर गएका थिए । प्रहरी प्रमुखको लागि चुनैति र अवसर बोकेको जिल्लाको रुपमा सर्लाही पर्दछ । राजमार्गमा पर्ने तराईको यस जिल्लाको सीमा भारतसँग पनि जोडिएका कारणले अपराध नियन्त्रण र न्युनिकरणका लागि प्रहरी अधिकारीहरूका लागि सँधैको चुनौति बनेको जिल्ला हो, यो । 

दुई महिना अघिमात्र जिल्लाको कमाण्ड सम्हालेका एसपी सुवेदी अहिले सर्लाहीमा मात्र नभएर मधेसको दूरदराजमा समेत  ‘सेलिब्रेटी’को रुपमा पहिचान बनाउन सफल भएका छन् । जनकपुरमा बस्दा कुख्यात गुण्डा नाईके सञ्जय टक्लालाई पक्राउ गर्न हिम्मत राखेकै कारण उनलाई तराईका बासिन्दाले ‘सिंघम’ नाम उपहार दिएका थिए । त्यसबेला उनलाई उत्तम सुवेदी होइन, सिंघम सुवेदीको नामको नयाँ परिचय थपिदियो । एसपी सुवेदीले टक्लालाई पक्राउ गर्न साथ मधेसी मुलका आपराधिक ग्याङ्को होस हवास उड्न थालेको जानकारहरु बाताउँछन् । 

–कर्तव्य ज्यान, अपहरण, डकैति, जबरजस्ती करणीमा फरार तिन सय अनुसन्धान नभएका फाईल मध्य तिन महिनामा २५ फाइलको सफल अनुसन्धान गर्दै एक सय पचास जना फरार अभियुक्त पक्राउ परिसकेका छन् । पक्राउ परेका मध्य २५ अभियुक्त अदालतको आदेशले जेल चलान भएका छन् ।

सर्लाही हाजिर भएकै दिनबाट पुराना फाईल खोतल्न थालेका एसपी सुवेदीले दुई महिनाको अन्तरालमा २०५० सालदेखि फरार रहेका तीन सय अभियुक्तलाई पक्राउ गरेको जनप्रहारसँग बताए । तीन सय मध्य १५० जना जेल चलान नै भएको सुनाए । बिषेश गरी कर्तव्य ज्यान, खुनडाँका, जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ गरी अदालतमा बुझाएको उनले बताए । यो क्रम जारी रहेको उनले सुनाए । पुराना फाईल पल्टाउने सँगै प्रहरीको दैनिक काममा समेत एसपी सुवेदी त्यत्तिकै लागि परेका छन् । 

खुल्ला सिमानाको कारण तस्करी, लुटपाट, डाँका र बलात्कारको शिकार बनेको तराईका प्राय जिल्ला मध्य सर्लाही पनि एक हो । यी अपराधबाट समाजलाई सुरक्षित राख्न सके बल्ल जनताले सुरक्षाको अनुभव गर्छन र आफू सफल भएको महसुस गर्न सकिन्छ भन्ने एसपी सुवेदी ठान्छन् । अपराधबाट समाजलाई मुक्त राख्न आफू मातहत सबै प्रहरी युनिटलाई हाईअर्लट राख्दै कुनै पनि किसीमबाट अपराधीसँग साँठगाँठ राख्ने प्रहरीलाई कडा कारवाही गर्न थालेपछि सर्वसाधारणले समेत सुरक्षाको अनुभूती गर्न थालेको जानकारहरु बताउँछन् । 

एसपी सुवेदीले प्रहरीबाट कुनै सहयोग आवश्यक परे दलाललाई साथ नलिई सोझै प्रहरी कार्यालयमा आउन सार्वजनिक आह्वान समेत गरेका छन् । जसका कारण टाढाटाढा गाउँबाट गुनासो लिएर सर्वसाधारण आउन थालेपािछ प्रहरी कार्यालय भिडभाड हुन थालेको छ । प्राय सर्वसाधारणले प्रहरीको क्षेत्राधिकार भन्दा बाहिरका लेनदेन, जग्गा विवाद र घरायसी झगडाको गुनासो लिएर आउँदा समेत  राय सुझाब दिएर पठाउने गरेको एसपी सुवेदी बताउँछन् ।  

जिल्लाका दूरदराजबाट उनको नाम र काम गर्ने शैलीले गर्दा न्यायको आशमा प्रहरी कार्यलयमा गरीब, असहाय, महिलाको तथा साधारणको भिड लाग्ने गरेको छ । आफू माताहथलाई समेत कडा निर्देशन दिदै गल्ती गरे माफ होईन कारवाहीको भागिदार बन्नुपर्छ  भन्ने शैली सुवेदीको छ । उनले सदरमुकामदेखि सिमाक्षेत्रमा कुरेर पैसा असुल्ने प्रहरीको दिनचर्यामा समेत परिवर्तन आएको सर्वसाधारणको बुझाई छ ।

 भारतीय सीमाका हरेक प्रवेशद्वारमा मालबाहक सवारीका साथै अवैध ओसारपसार गर्नेसँग प्रहरीले मोटो रकम असुल्दै आएका थिए । ग्रामिण भेगमा भारतबाट चोरी पैठारी हुने धान, रसायनिक मल, चिनीलगायतका बस्तुका साथै काठको निकासीमा प्रहरीले ठाउँ–ठाउँमा पैसा लिएर निर्वाध रुपमा तस्करी हुँदै आएको थियो । एसपी सुवेदीको कडाई पश्चात ति सबै रोकिएको स्थानियहरु बताउँछन् । 

एसपी सुवेदीले सार्वजनिक कार्यक्रममा प्रहरीले घुस खाएको फेला पारे तत्काल खबर गर्न सर्वसाधारणलाई समेत अनुरोध गदै भनेका थिए, ‘म घुस खाने प्रहरीको जागिर खाइदिन्छु’ । सुवेदीले जिल्ला सम्हालेसँगै एक प्रहरी साहयक निरक्षक, केही प्रहरी हव्लदार र प्रहरी जवान गरी १९ जना कारवाहीमा परिसकेका छन् । सो कारवाहीमा दुई प्रहरीको जागिर नै गएको छ, भन्ने ७ प्रहरीलाई बिभागिय कारवाही र १० प्रहरीलाई सख्त चेतवनी दिएर सुध्रिने मौका दिइएको छ ।

 राम्रो कार्यसम्पादन गर्ने जिल्ला मातहतका बिभिन्न यूनिटका ७ जना प्रहरीहरु पुरस्कृत भएका छन् । एसपी सुवेदीको आगमनसँगै जिल्लाको शान्ति सुरक्षामा सुधार समेत आएको छ । चोरी पैठारी, तस्करी, डकैती, अपहरण, फोन धम्की, चन्दा आतङ्क, बलात्कारजस्ता घटनाहरुको नियन्त्रण आश्चर्यजनक रुपमा परिवर्तन आएपछि जिल्लावासीले सुरक्षााको अनुभुति गरेका छन् । फरार अभियुक्तहरु आफै प्रहरी समक्ष आत्मासमर्पण गर्न थालेका छन् । 

 –आफूमातहतलाई समेत कडा निर्देशन दिदै गल्ती गरे माफ होईन कारवाहीको भागिदार बन्नु पर्छ भन्दै प्रहरीलाई नै कारवाही गर्न थालेपछि सदरमुकामदेखि सिमाक्षेत्रमा कुरेर पैसा असुल्ने प्रहरीको दिनचर्यामा समेत परिवर्तन आएको सर्वसाधारणको बुझाई छ ।
 
फरार अभियुक्त सर्लाही हरिपर्वा–८ का राम एकवाल राय ईन्काउन्टरमा पर्ने डरले गत महिना प्रहरीमा आत्मसमर्पणका लागि आए ।१३ बर्षदेखि खोजिको सूचीमा रहेका राय आफू कानून बमोजिम सजाय भोग्न तयार भएको बताउँदै प्रहरी कार्यालयमा पुग्दा प्रहरी नै चकित भएका थिए । एसपी सुवेदीको आगमनसँगै पुराना फाईल खोतल्दै फरार अभियुक्त पक्राउ गर्ने विशेष अभियान चलाएपछि बर्षौंदेखि फरार रहेका अभियुक्तहरु आफैँं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गर्न थालेको प्रहरीको बुझाई छ ।  रायलाई अदालतले समेत ६ वर्ष कैद सजायको फैसला गरिसकेको थियो । प्रहरीले अदालतमार्फत उनलाई कारागार चलान गरेको छ ।

कुनै समय अपराधीको शासन चल्ने सर्लाही जिल्लामा अहिले यसरी माहोल फेरिएको छ । अपराधीहरू धमाधम आफैँ प्रहरी कार्यालयमा गएर आत्मसमर्पण गर्न थालेका छन् । दुई महिना यता रायजस्तै एक सय जना प्रहरीफन्दामा परिसकेका छन् । अदालतले दोषी ठहर गरेर पनि फरार रहेका तथा विभिन्न अपराधमा भाग्दै आएका अभियुक्तहरू दैनिकजसो पक्राउ पर्न थालेपछि लुक्दै आएका अपराधीहरू आफैँ प्रहरीमा उपस्थित हुन थालेका हुन् ।

११  वर्षअघि जेलबाट भागेका रामप्रताप सहनी गत १६ साउनमा पक्राउ परे । डकैती गर्ने क्रममा उनले सर्लाहीमा एक स्थानीयको हत्या गरेका थिए । ०६४ साल असारमा उनलाई १० वर्ष कैद सजायको फैसला भएको थियो । त्यस्तै बत्रौलका फेकन राय पनि हत्या घटनामा फरार थिए । ०६५ सालदेखि फरार रहेका उनलाई प्रहरीले २१ असारमा पक्राउ ग¥यो । जिल्ला अदालतले उनलाई ४ साउनमा मुद्दाको पुर्पक्ष गर्दै कारागारमा राख्ने आदेश दियो । हत्या घटनालाई उनले पीडित परिवारलाई केही जग्गा दिएर मिलाएका थिए । पुराना फाइल खोतल्ने क्रममा जाहेरी दर्ता भएपछि मुद्दा दायर नभएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको हो ।

त्यस्तै बलात्कार मुद्दामा पक्राउ परी इलाका प्रहरी कार्यालय केशरगन्जको हिरासतबाट भागेका राकेशराम चमारलाई पनि प्रहरीले २२ साउनमा सीमा कार्यालयबाट पक्राउ गरी सिमानाबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । करिब दुई महिनाको अवधिमा पक्राउ परेका सयजना फरार अभियुक्तमध्य २५ जना जेल चलान भएका छन् भने अन्य धरौटी तिरेर छुटेका छन् । आठजनालाई प्रहरीले हिरासतमा राखी मुद्दा प्रक्रिया अघि बढाएको सर्लाही प्रहरीले जनाएको छ ।

जिल्लाको कमान्ड सम्हालेपछि एसपी सुवेदीले दलाल प्रवेश निषेध  भनेर गेटमै लेखिदिए । जिल्लामा यस्तो अवस्था थियो कि सर्वसाधारण प्रायः बिचौलिया र नेतासँगै आफ्ना समस्या लिएर प्रहरी कार्यालय पुग्थे । एसपी सुवेदीको आगमनसँगै सर्वसाधारणहरू आफैँ समस्या लिएर जान सक्ने भएका छन् । ‘पहिला प्रायः नेतालाई पनि लिएर आउने प्रवृत्ति थियो, त्यो अहिले कम भएको छ,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी बताउँछन् । 

एसपी सुवेदीले सुकुम्बासीको नाममा विभिन्न व्यक्तिहरूले अतिक्रमण गरेको सागरनाथ वन विकास परियोजनाको सात सय बिघा जमिन खाली गराएपछि सर्लाहीबासीको नजरमा उनी सिंघम बन्न पुगे ।  यस अघि पटक–पटक प्रयास गर्दा पनि उक्त जग्गा खाली हुन सकेको थिएन । एसपी सुवेदीले बलियो रूपमा अडान लिएपछि सात सय बिघा जमिन खाली भएको हो । ।

तराईमा बिकराल रहेको दाइजो प्रथा निरुत्साहिन गर्ने एसपी सुवेदीले प्रहरी मेरो साथी कार्यक्रम लिएर जनमासमा पुगे । एसपी सुवेदी भन्छन, ‘स्कुलमा भने लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतना कार्यक्रम लिएर प्रहरी मेरो साथी कार्यक्रमलाई कार्यान्वयन गरिएको छ ।’

Post a Comment

0 Comments