Subscribe Us

सिरियल किलर रइस पक्राउ

काठमाडौं । मोहम्द मस्तकिम भनिने भारतीय नागरिक सिरियल किलर रइस मियाँलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले ७ जनाको हत्या आरोप लगाएको छ । उनलाई त्रिभुवन विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिई सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको छ । 
सप्तरीमा ४ र सुनसरीका ३ जनाको हत्या घटनाका आरोपी उनलाई वैदेशिक रोजगारीका लागि जाने क्रममा आइतबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले जानकारी दिए । बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत लौकहा बगमरियाका रइस सप्तरीको सारस्वरमा बस्दै आएका थिए । 
प्रहरीका अनुसार रइस सहितको समूहले सप्तरीमा ०६९ सालमा सहबुद मियाँ र निजकी बुहारी सगिरा खातुन, ०७० सालमा जण्डौल–६ की दुलारी देवी साह र त्रिकोल गाविस–५ की निर्मलादेवी साहको हत्या गरेको थियो । 
यस्तै, सुनसरी सदरमुकाम इनरुवामा एकै परिवारका तीन जनाको हत्या भएको घटनामा समेत रइसको संलग्नता रहेको एसपी ढकालले जानकारी दिए । लामो समयदेखि फरार रहेका रइस नेपाली नागरिकता र राहदानी बनाई रोजगारीका लागि विदेश जाँदै गरेको सूचनापछि सप्तरी प्रहरीले त्रिभुवन विमानस्थल प्रहरीसित समन्वय गरी पक्राउ गरेको हो । 

Post a Comment

0 Comments