Subscribe Us

प्रहरीमा ‘बुलेट रानी’काे छवि बनाउँदै डिएसपी गंगा,
यस्ताे छ गंगाको गरिमा

एउटा भनाइ छ– सबै महिलाहरू समान सृजनात्मक हुँदैनन्, जो बेहत्तर हुन्छन् उनीहरू सुरक्षा अधिकारी हुन्छन् । महिला भन्नासाथ नेपालमा सुरक्षा निकायका अधिकारी हुन्छन् र राम्रो काम गर्न सक्छन् भन्ने मानसिकता अहिलेसम्म पनि छैन ।

तर, हर विषय सोच र विचारको आधारमा होइन, कामको आधारमा मात्रै प्रमाणित हुन्छ भन्ने उदाहरण पनि पर्याप्त छन् । यी पर्याप्त उदाहरणका सीमित पात्र,हरू चुनौतिको चौघेरामा पनि चम्किन कुनै कसर बाँकी राख्दैनन् । त्यसका लागि स्टन्ट होइन, काम र जनताको विश्वासको जनमत उसको टाउकोमा आशिर्वादका रुपमा रहनुपर्छ ।  

फौजी संगठनप्रति नेपाली महिलाको आकर्षण बढ्दै गएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीतर्फ महिलाको संख्या ह्वात्तै बढेको छ । एउटा रोजगारीको खोजी हो भने अर्को सुुरक्षा निकायको प्रभाव पनि हो । सैन्य संगठनहरूका रूपमा रहेका सेना र सशस्त्र प्रहरी भन्दा पनि नेपाल प्रहरीमा महिलाको संख्या बढि देखिन्छ । यसको अर्थ, नेपाल प्रहरीप्रति महिलाको लगाव ज्यादा छ । 

प्रहरीमा राम्रो सेवा गरेका महिला प्रहरीको कारण यसतर्फ अन्य महिलाको आकर्षण बढ्न थालेको हो । जनपथ प्रहरीमा डीआईजीसम्मको यात्रा पार गरेका बिमला थापा र पार्वती थापा नेपाल प्रहरीको सबै भन्दा उच्च तहमा पुगेका महिला अधिकृत हुन् । त्यस बाहेक आफ्नो महत्वपूर्ण योगदान दिने सयौं महिला अधिकृत नेपाल प्रहरीमा कार्यारत छन् । ति महिला प्रहरी मध्य एसपीद्वय किरण बज्राचार्य, मिरा चैधरी पनि रोल मोडल हुन् । डिएसपी गंगा पन्त, बसुन्थारा खड्का, ईन्सपेक्टर पूर्णिमा चन्द जस्ता महिला प्रहरी अधिकृत प्रहरीमा जागिरका लागि जाने महिलाहरूका उत्प्रेरणाका पात्र हुन् ।

उत्कृष्ट काम गर्नेको संख्या थपिँदै गइरहेको छ । यी मध्ये डिएसपी गंगाको फरक गरिमा बनेको छ । उनको काम गर्ने तरिका र यात्रा असामान्यमात्रै छैन, अदभूत छ । मुलुकको राष्ट्राध्यक्ष नै महिला निर्वाचित भइसकेपछि हरेक क्षेत्रमा महिला अग्रपंक्तिमा देखिएका छन् । गंगा पनि नामका हिसावले होइन, कामका हिसावले अगाडी देखा परेकी सशक्त डिएसपी हुन् । 

गत महिनामात्र पर्वत जिल्लामा आफ्नो एक बर्षे कार्यकाल सफलताका साथ पूरा गरेर प्रधान कार्यलय सरुवा भएकी गंगा २०५६ सालमा नेपाल प्रहरीमा ईन्सपेक्टरका रुपमा प्रवेश गरेकी हुन् । प्रहरीमा जागिर खानु अघि कृषि परिषद् र फाईनान्समा काम गरेको अनुभव उनीसँग थियो । प्रहरी हुने रहर नभए पनि सरकारी जागिर खाने लहडमा प्रहरी निरक्षकबाट सेवामा प्रवेश गरेको उनले बताईन् । जागिरको सिलसिलामा २०६० तिर अपराध महाशाखा, २०६३÷६४ मा तत्कालिन गौशाला प्रहरी प्रभागको प्रमुख, २०६९ बालाजु वृत्त र हाल भखैर पर्वत जिल्ला ईञ्चार्ज चलाएर प्रधान कार्यालयमा सरुवा भएकी छिन्, उनी । २०६० मा न्युरोड स्थित बिशाल बजार भित्र रहेको राष्ट्रिय वाणिज्य बैंक चोरी काण्ड सुल्झाउन सफल भएकी थिईन् । त्यस ताका सुरक्षा गार्डको मिलोमतोमा बैंकबाट दुई करोड चोरी भएको थियो । उक्त काण्डमा अनुसन्धान अधिकृत तोकिएकी डिएसपी पन्तले सो काण्ड आफ्नै कमाण्डमा सुल्झाएकी थिईन् । अपराध महाशाखको अनुभवसँगै २०६२÷६३ मा गौशाला प्रहरी प्रभाग (हाल वृत्त) मा उनको पोस्टीङ भयो । यो उनको पहिलो इञ्चार्ज पोस्टीङ थियो । गौशाला वृत्त प्रहरी इञ्चार्जको लागि अवसर चुनौति दुवै भएकोे क्षेत्रका रुपमा चिनिन्छ । काठमाडौं परिसर माथाहत मध्य गौशाला वृत्तको अधिकांश क्षेत्रमा गुण्डागर्दी, चोरी, पाकेटमारी हुने ठाँउ हो । 

पशुपति क्याम्पसको कारण विद्यार्थी आन्दोलन पनि भईरहन्थ्यो । गौशालामा सरुवा हुँदा केही सहकर्मी तथा प्रहरीका हाकिमले त्यहाँ काम गर्न सकिन्छ ? भनेर आफूलाई प्रश्न गरेको डिएसपी पन्तले वताईन् । महिला भएकै कारण त्यो प्रश्न उनी माथि आई लागेको अनुमान उनले गरेकी थिईन् । तर, आफ्नो एक बर्षीय कार्यकाल गौशालामा सफलताका साथ पुरा गरेपछि महिला प्रहरी अधिकृतले पनि काम गर्न सक्ने रहेछ भन्ने म्यासेज संगठनमा गएकोे थियो । गौशालामा बस्दा पहिलो संविधानसभाको चुनाव गराउनुको साथै, त्यस क्षेत्रमा हुने चोरी, लुटपाट र पाकेटमारकोे बिगबिगिलाई नियन्त्रण गर्न उनले कुनै कसर बाँकी नराखेको स्थानिय व्यवसायी बताउँछन् । त्यस्तै बालाजु वृत्तमा चेलिबेटी बेचबिखन, चोरी लुटपाट, बेश्याबृत्ति निर्मूल पार्न आम समुदायसँग निकट भएर काम गरेकी
थिईन्, उनले । 

पर्वत पुगेकी डिएसपी पन्त जिल्लामा मात्र नभई क्षेत्रमै उत्कृष्ट प्रहरी अधिकृतको रुपमा आफूलाई परिचत गराउन सक्षम भईन् । हिंसा पीडित महिला तथा बालबालिको संरक्षण र जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन गर्न डिएसपी पन्तले कुनै कसर बाँकी नराखेपछि जिल्लामा समेत उनको प्रशंशक बढेका थिए । एक हिसावले उनलाई बुलेट रानी भन्दा पनि फरक नपर्ने माहौल बनेको छ । 

पन्तले पर्वतमा बस्दा नागरीकसँगको सम्बन्ध सुमधुर बनाउनुका साथै पिडितलाई न्याय दिन कुनै कसर बाँकी नराखेको भन्दै पर्वतका विभिन्न सामाजिक संस्थाले उनलाई सम्मानित गरेको थियो । डीएसपी पन्तले दिगो विकासको लागि आवश्यक पर्ने वनजंगल, नदि नाला संरक्षणका साथै जिल्लामा शान्ति सुरक्षाको व्यवस्थापन उत्कृष्ट ढंगले गरेको भन्दै नागरिक समाज पर्वतले पनि उनको सम्मान गरेको थियो । उक्त समारोहमा डीएसपी पन्तले आफु प्रहरी सेवामा रहुन्जेलसम्म इमान्दारीतापूर्वक न्यायको लागि उभिने समेत बताएकी थिईन् । 

पन्तले विभिन्न खाले महिला हिंसा, घरेलु हिंसा सामाजिक कुरितीका कृयाकलाप, अपराध नियन्त्रण, समाज र राष्ट्रविरुद्धका गतिविधि लगायतका कृयाकलापलाई निस्तेज पार्न दिनरात एक भएर लागेको भन्दै उनको कामको मूल्याङकन भयो । महिला भएकै कारण संगठनले दिएको जिम्मेवारी पूरा गर्न असमर्थ भइन्छ कि भन्ने चौतर्फी संकोचलाई उनले चिरेर देखाइन् । राजनीतिक पहुँच र पावर नभएकै कारण खुकुलो सुरक्षा व्यवस्थाका कारण शान्ति सुरक्षामा सम्झौता गर्न बाध्य जिल्लावासीले डीएसपी पन्तलाई देवी नै ठाने । पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख कमलसिंह वमले पर्वत गंगा पन्त महिला भएपनि पश्चिमाञ्चलकै उत्कृष्ट प्रहरी अधिकृत भएको टिप्पणी गरेका छन् । प्रहरी र नागरिकबीच गत महिना भएकोे एक कार्यक्रममा डिआईजी बमले जिल्लाको अनुगमनमा कार्यक्षमताका आधारमा डीएसपी पन्तजस्तो जिल्ला प्रहरी प्रमुख नभेटेको जिकिर गरेका थिए । 

केही राजनीतिक दल र दलालले प्रहरीलाई आफू अनकुल चलाउँदै आएको भएपनि डीएसपी पन्त जिल्लामा आएपछि ति सबको अन्त्य भएको भन्दै नागरिक स्तरबाट पन्तको प्रशंसा समेत भएको थियो । कार्यक्रममा डीआईजी बमले ‘म पश्चिमाञ्चल प्रहरी प्रमुख भएर आएपछि जिल्लाको निरीक्षण गरिरहेको छु, तर पर्वत उत्कृष्ट पाएँ’, उनले भने,’ त्यसको सवै श्रेय म डिएसपी साब (गंगा पन्त)लाई दिन्छु ।’

नागरिकसँगको हातेमालोमै प्रहरीले सफलता पाउने आफ्नो जोड रहेको भन्दै उनले पर्वत प्रहरीले गरेका राम्रा काम अन्यत्र पठाउने धारणा राखे । नागरिक समाजका प्रतिनिधिले पर्वतका प्रहरी प्रमुख पन्तले राम्रो काम गर्दागर्दै पनि प्रहरीलाई मुठ्ठीमा लिने समुहले तालुकदार निकायका प्रमुखमार्फत पन्तलाई दबाब दिने गरेकोमा असन्तुष्टि समेत जनाएका थिए । केही राजनीतिक दल र भ्रष्ट प्रहरीको मिलोमतोमा अबैध तरीकाले नदीमा एक्साभेटर प्रयोग गरी गर्दै आएको उत्खन डीएसपी पन्तले बन्द गरेपछि उनलाई विवादमा ल्याउनी दुसप्रयास समेत गरिएको थियो ।

Post a Comment

0 Comments