Subscribe Us

एका बिहानै प्रहरीलाई गोली ठोक्ने को ?

gun fireको लागि तस्बिर परिणामकाठमाडौं । बिहीवार बिहानै एक अज्ञात समुहले प्रहरीमाथी गोली प्रहार गरेको छ ।  चन्द्रगिरी चिहान डाँडामा चेकजाँच गर्न खटिएका प्रहरीमाथी गोली प्रहार भएको हो ।

 चन्द्रगिरी नगरपालिका १ स्थित मातातीर्थ क्षेत्रमा गुडिरहेको टाटासुमोमा चेकजाँच गर्न खोज्दा अज्ञात समुहले प्रहरीमाथी गोली प्रहार गरेको हो । प्रहरीको जवाफी कारवाही पश्चात उक्त समुह फरार भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार सो आपराधिक समुहले प्रहरीमाथि दुई राउन्ड गोली फायर गरेका थिए। प्रहरीले जवाफी फायरिङ पश्चात टाटासुमोमा सवार चार जना फरार भएको प्रहरीले जनाएको छ ।  उनीहरुले ना१ज ३९४८ नम्बरको टाटासुमो छाडेर भागेक छन् । उक्त टाटासुमो प्रहरीको नियन्त्रणमा छ ।

गाडीबाट एउटा सेफ समेत फेला परेको छ । 
ुफरार भएका समुहलाई प्रहरीले सर्च अभियान सञ्चालन गरी खोजि जारी राखेको बताएको छ ।

Post a Comment

0 Comments