Subscribe Us

वीरगन्जमा गोली चल्यो, युवकको मृत्यु

पर्साः पर्सा प्रहरीको कारबाहीमा एक जनाको मृत्यु भएको छ । वीरगन्ज उपमहानगरपालिका–१८ को सिरोमणी टोलमा रहेको कच्ची बाटोमा राति ८ बजे प्रहरीसँग भएको भिडन्तका क्रममा प्रहरीले चलाएको गोली लागी एक युवकको मृत्यु भएको हो । 

प्रहरीले घटनास्थलबाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने चार थान गोली पनि बरामद गरेको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी पर्सा प्रहरीले जिल्लामा लागू गरेको विशेष सुरक्षा योजनाअन्तर्गत वीरगन्ज उपमहानगरपालिकाको सुनसान क्षेत्रको नियमित गस्ती रहेका थिए । 

भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनालाई रोकी चेकजाँच गर्न खोज्दा प्रहरीलाई लक्षित गरी गोली चलाएकाले प्रहरीले गरेको जवाफी कारबाहीमा गोली लागी युवकको मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक डा. राजुबाबु श्रेष्ठले बताए । 

मृतकको परिचय नखुलेको र मृतकसँगै रहेका भारतीय मोटरसाइकल चालकको खोजी कार्य भइरहेको उपरीक्षक श्रेष्ठले बताए । फरार भएका अन्यको खोजीका लागि वीरगन्जको विभिन्न स्थानमा प्रहरीले नाकाबन्दी समेत गरेको छ ।

प्रहरीको जवाफी कारबाहीमा मृत्यु भएका युवक भारतीय हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । पर्वको बेला वीरगन्जमा आपराधिक घटना घटाउन आएको प्रहरीले शङ्का गरेको छ । 

Post a Comment

0 Comments