Subscribe Us

अराजक मजदुरलाई पर्नुबहाली गर्ने नेता भट्राईले दिए सांग्रीला होटलका अध्यक्ष पाण्डेलाई चेतावनी,
क्यासिनोका ५ सय मजदुरकोे पनि पुर्नवहाली हुने संकेत

baburam bhattaraiको लागि तस्बिर परिणामकाठमाडौ । अराजक गतिविधीमा संलग्न भइ साग्रिला होटल र क्यासिनो तोडफोड गरेका कारण निकाष्शन भएका नया शक्ति पार्टी आवद्ध तीन मजदुरलाई नेता बाबुराम भट्राईको दबाबमा होटलले  पुर्नवहाली गर्ने निर्णय गरेको छ । 

पुर्नवहालीको लागी सांग्रीला होटलका अध्यक्ष श्याम बहादुर पाण्डेलाई उक्त पार्टीका अध्यक्ष बावुराम भटराइले दवाव दिएकोे स्रोतको दाबी छ ।  तिनको पुर्नवहालीसँगै विगतमा होटल तथा सांग्रिला क्यासिनोबाट निष्काशित  गरिएका झण्डै ५ सय  मजदुरलाईसमेत पुर्नवहाली गर्ने तयारी होेटल तथा क्यासिनोले गरेको स्रोत बताउँछ । 

। होटलका वैद्य क्रान्तिकारी,माओवादी केन्द्र र एमाले सम्वद्ध ट्रेड युनियनले यस अघि निष्काशित नवराज तिमिल्सिना,राजकुमार धिमाल र सुरथ खडकाको अबिलम्ब पुर्नवहाली माग गरेका छन । साग्रिला क्यासिनोका ४ सय ५७ जना मजदुरलाई समेत पुर्नवहाली गर्ने आश्वासन होटलका अध्यक्ष पाडेले दिएको क्यासिनो स्रोतले वताएको छ । होटलका प्रवन्ध निर्देशक प्रसिद्ध बहादुर पाँडे र कार्यकारी निर्देशक प्रविन बहादुर पाँडेको आन्तरिक राजनीति र अनावश्यक चलखेलका कारण होटलको अस्तीत्व समेत संकटमा पर्दै गए पछि उनीहरुका बाबु श्याम बहादुरले आन्दोलन निम्त्यानु भन्दा सवै निकालिएका मजदुरलाई निष्काशन गर्ने आश्वासन दिएका हुन ।

होटलको निमय विपरित काम गरेकाले व्यवस्थापनले निकालेका नया शक्ति नेपाल निकट आधिकारीक युनियनका अध्यक्ष गोकर्ण प्रसाद अधिकारी सहितलाई अध्यक्ष बाबुराम भटराइको  धम्कीका कारण  पुर्नवहाली गरे पछि अन्य मजदुर संगठनले समेत आफना विगतमा निकालिएका साथीलाई पुर्नवहाली नगरे आन्दोलन गर्ने भने पछि अध्यक्ष पाँडे मजदुरसँग लत्रिएका हुन ।  

होटलका अध्यक्ष श्याम बहादुर पाँडेले र उनका छोराहरुको निर्णयमा अधिकारी लगायतलाई निकाले पनि भटराइको धम्कीका कारण उनीहरुलाइ वहाली गरेको स्रोतले वताएको छ । वैद्य निकट एक मजदुरले भने, सवै मजदुर एउटै त हुन नी, बाबुरामका मान्छे राख्ने हाम्रो साथीलाइ किन पुर्नवहाली गर्न नहुने । पहिले निकालीका हाम्रा साथीलाइ पुर्नवहाली नगरे व्यवस्थापन विरुद्ध कडा आन्दोलनमा उत्रनेज्ञज्ञ ती मजदुरले वताए ।

 गत जेठमा सांग्रीला होटलको ट्रेड युनियनको निर्वाचनमा बाबुराम भट्टराइले नेतृत्व गरेको नयाशक्ति निकट नेपाल समाजवादी होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघले विजय हाँसिल गरे सँगै होटमा समस्यामा डुबेको हो । नया शक्तिबाट युनियमा जिते पछि अध्यक्ष गोकर्ण प्रसाद अधिकारीले नियम र कानुनलाइ लत्याएर  होटलमा हर्कत देखाउन थाले । अधिकारीले तलब भत्ता बृद्धीको विषयलाई लिएर होटलको लवी एरियामा धर्ना, मास मिटिङ लगायतका अराजक प्रकृतीका  गैर जिम्मेवार  काम गर्न थाले । माग बमोजिमको तलब भत्ताको सम्वोधन गरे पनि व्यस्थापन विरुद्ध उनले गतिविधी जारी राखे ।  

गत जेठ १८ गते युनियनले राखेको ३० बुँदे माग पत्र  माथि  विभिन्न वार्ता हुँदै साउन १३ मा होटल व्यवस्थापकसँग सम्झौता भयो । सम्झौता भए पनि युनियनका अध्यक्ष अधिकारीको अराजक र हर्कतपुर्ण गतिविधिबाट असन्तुष्ट बनेको होटल व्यवस्थापनले उनीहरु माथि कारवाही गर्ने निर्णय गरेको थियो । होटलका अध्यक्ष पाँडे, जीएम राजु शाह लगायतको वैठकले गैर कानुनी हडताल गरेको कसुरमा २० जनासँग स्पष्टीकरण लिने र युनियनका अध्यक्ष अधिकारी लगायत ३ जनालाई निष्काशन, ४ जनालाई निलम्बन  निर्णय गरयो । 

वैठकको निर्णय अनुशार नै मानव संसाधन विभागले उनीहरु माथि कारवाही प्रक्रिया अघि वढायो । व्यवस्थापनको वैठकले युनियनका अध्यक्ष अधिकारी, डिल बहादुर ओली र शंखविर लामा तामाङलाई सेवाबाट बर्खास्त र फुर्वा तामाङ, बिनोद कुमार नगरकोटी, सीता खडका र बल बहादुर खत्रीलाई निलम्बन गरेको होटको सुचना पाटीमा टाँस गरेको थियो । वर्खास्तमा परेका युनियनका अध्यक्ष अधिकारी लगायतले होटलका जीएम र मानव संसाधन विभागका प्रमुखलाई ज्यान मार्ने सम्मको धम्की दिएका थिए । होटल अध्यक्ष आफैले निकाल्न लगाएका तीन जना कर्मचारीलाई पाडे दाजु भाइले नयाशक्तिका संयोजक बाबुराम भटराइको दवावमा उनीहरुलाई पुर्नवहाली गर्न लगाएका छन । 

पाँडे तीन बाउछोराको निर्णयले असोज १८ गतेको निर्णयबाट निकालीकार र निलम्बनमा परेकाहरुलाई वहाली गर्नु पर्ने निर्णय गरेका थिए । संचालक समितिको निर्णयले निस्काशन गरिएकालाई पुर्नवहाली र निलम्बनमा परेकालाई फुकुवा गर्नु पर्ने निर्देशन मानव संसाधान विभागमा पठाएका थिए । असोज १९ गते गोकर्ण अधिकारी, डिल बहादुर ओली, शंखावीर लामा, फुर्बा तामाङ, विनोद कुमार नगरकोटी, सीता खडका र बल बहादुर खत्री समेत ७ जनालाई असोज २० मा हाजिर हुने गरी पत्र दिएको छ ।

Post a Comment

0 Comments