Subscribe Us

लोकमानको सम्पत्ति जफत गर्न युवा संघको माग

lokman singh karkiको लागि तस्बिर परिणामकाठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध नेकपा एमाले र नेकपामाओवादी केन्द्रका १ सय ५७ सभासद्हरुले वुधबार संसदमादर्ता गराएको महाअभियोग प्रस्तावको युवा संघ नेपाल स्वागत गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै पञ्चायतकालमाहुकुम प्रमांगीबाट नियुक्त भई पदीय दुरुपयोग गर्दै अकूत सम्पत्ति कमाएका कार्कीको स्वदेश तथा विदेशमा रहेका सम्पति तत्काल रोक्का गरी छानबिन प्रक्रिया अघि बढाउन तथा उनको सम्पत्ति राष्टियकरण गर्न समेत सम्बन्धित निकाय समक्ष माग गरेको छ ।

दोस्रो जनआन्दोलनमा लोकतान्त्रिक गणतन्त्र पक्षधर आन्दोलनकारीहरुमाथि दमनको अगुवाई गर्ने कार्की जस्ता व्यक्तिलाई कानुनी कारवाहीको दायरामा ल्याउनुको सट्टा आयोग जस्तो संवैधानिक निकायको प्रमुख बनाइएकोमा युवा संघ नेपालले त्यतिबेलै आपत्ति जनाएको थियो ।

आयोगको प्रमुख रहँदा संविधान र कानुनले निर्दिष्ट गरेको भूमिका बमोजिम भ्रष्टाचार निवारण गरी मुलुकमा सुशासन स्थापना गर्नेतिर लाग्ने भन्दा पदीय दुरुपयोग गरी लोकतान्त्रिकविधि, मूल्यमान्यतामाथि कार्कीले ठाडो चुनौति दिँदै आएको युवा संघ नेपालकी कार्य बाहक अध्यक्ष दिलु पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय सर्बोच्च अदालतमा उनको नियुक्तिमाथि परेको रिट सुनुवाई अघि बढ्न नदिनकालागि म्यादतामेली समेत हुन नदिनकालागि गुण्डागर्दी शैलीमा उनले कानुनी राज्यलाई चुनौति दिएर समानन्तर सत्ताको अभ्यास गर्न खोजेको विज्ञप्तिमा उल्लेख छ । युवासंघले संसदमा महाअभियोग प्रस्ताव मार्फत कार्कीलाई बर्खास्तीकालागि सांसदहरुले चालेको कदमप्रति ऐक्यबद्धता जनाएको छ ।

भ्रष्टाचार छानबिनको विषयलाई बार्गेनि र सौदावाजीको विषय बनाएर पदीय दुरुपयोग गरी लोकतन्त्र र कानुनी राज्यको सिद्दान्तलाई नै ठाडो चुनौतिदिदैं आएका कार्कीमाथि लगाइएको महाअभियोग छिटो किनारा लगाई बर्खास्तीगर्न युवा संघ नेपाल व्यवस्थापिका संसद समक्ष जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

Post a Comment

0 Comments