Subscribe Us

उत्कृष्ट सिलवाल, जसले अन्तर्राष्ट्रिय अवार्ड हात पारे

विश्वभरका प्रभावकारी काम गर्ने निकायहरुबीचको स्पर्धामा नेपाल प्रहरीको सिआईबीले सफलता हासिल गरेको भन्दै अवार्ड दिने निर्णय अमेरिकाको वासिङगटन डीसीस्थित एनिमल वेलफेयर इन्स्टिच्यूटले  गरेको हो 

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानीत भएको छ ।
वन्यजन्तु चोरीशिकार नियन्त्रण तथा जघन्य अपराधको अनुसन्धानमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सिआईबीलाई ‘क्लार्क आर वभिन बाइल्डलाइफ ल इन्फोर्समेन्ट अवार्ड’बाट सम्मान गरिएको हो । दक्षिण अफ्रिकाको जोहनेसवर्गमा जारी १७ औं साइटिस सम्मेलनमा सिआईबीका निर्देशक तथा डिआईजी नवराज सिलवाललाई उक्त अवाड सोमबार राती प्रदान गरिएको हो । 

सन् २०१० देखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन अन्तर्गत रहेर नेपाल प्रहरीले गरेको योदानको कदर गर्दै सिआइबीले उक्त अवार्ड हात पार्न सफल भएको हो । विश्वभरका प्रभावकारी काम गर्ने निकायहरुबीच प्रतिस्पर्धामा नेपालले गरेको काममा सफता हासिल गरेको भन्दै अवार्ड दिने निर्णय भएको अमेरिकाको वासिङगटन डीसीस्थित एनिमल वेलफेयर इन्स्टिच्यूटका अध्यक्ष काथ्यी लिसले जानकारी दिएका छन् । इन्स्टिच्युटले हरेक वर्ष विश्वभरबाट उत्कृष्ट भएका निकायलाई पुरस्कृत गर्दै आएको छ । वन्यजन्तु अपराध न्यूनीकरणका लागि नेपाल प्रहरीले गरेको कामबाट विश्व समुदायले सिक्न आवश्यक रहेको समेत अध्यक्ष लिसले जिकिर गर्दै आएका छन् । 


हिमालय क्षेत्रबाट हुने गरेको वन्यजन्तु अपराध नियन्त्रणमा सिआईबी सक्रिय रहेको छ । सीआईबीका निर्देशक डीआईजी सिलवालले आफूहरूको कामप्रति विश्व समुदायले सम्मान गरेकोमा खुसी व्यक्त गरे । सिलवालका अनुसार सीआईबीले नेपालको सीमा क्षेत्रबाट हुने गरेको वन्यजन्तु चोरीशिकार नियन्त्रणका लागि जिम्मेवारीपूर्ण रूपमा काम गरेको छ । यो पुरस्कारले क्षेत्रीय स्तरमै अन्य मुलुकका वन्यजन्तुसम्बन्धी काम गर्दै आएका निकायसँग सहकार्य गर्दै चोरीसिकार नियन्त्रणका लागि काम गर्न अझ हौसला बढेको डीआईजी सिलवालले बताए । 

नेपाल प्रहरीको सक्रियतामा नेपालमा १८ वर्षदेखिका चोरीशिकारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने र तिनीहरूबाट वन्यजन्तुका अंग पनि नियन्त्रणमा लिँदै आएको छ ।

Post a Comment

0 Comments