Subscribe Us

सशस्त्रमा भद्रगोल

काठमाडौं । सशस्त्र प्रहरीभित्र सांगठनिक तथा नीतिगत रुपमा भद्रगोल शुरु भएको छ । संगठनमा बढुवादेखि काम कारवाहीमा भद्रगोल देखिएको हो । अर्धसैनिक बलले पक्राउ पूर्जी जारी गर्न पाउने अधिकार पहिलो पटक प्रयोग गर्दा होस या कर्मचारीलाई कारवाहीका लागि काठमाडौ बोलाउँदा होस यस्ता समान्य विषयमा पनि सशस्त्र प्रहरी संगठनले उचित निर्णय लिन नसक्दा भद्रोगोलको अवस्था बनेको हो । 
सशस्त्रमा भद्रगोलको लागि तस्बिर परिणाम
पछिल्लो पटक दुर्लभ वन्यजन्तु चितुवाको छालासहित कीर्तिपुरको बाघभैरव नजिकै ज्ञानबहादुर राई पक्राउ परे । पक्राउ लगत्तै तस्कर राइले आफूलाई पक्राउ पूर्जी दिनुपर्ने माग गरे । त्यसपछि सादा पोशाकमा रहेका सशस्त्र प्रहरीले उनलाई पक्राउ पूर्जी दिन भन्दै नजिकैको कालिन्चोक गणमा लगे । सशस्त्र प्रहरी बलले खटाएको सादा पोशाकका प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

 उनी ध्वाँसे चितुवाको दुईवटा छालासहित पक्राउ परेका थिए । उनलाई कहाँ राखिएको हो के विषयमा पक्राउ परेका हुन् भन्ने विषयमा सशस्त्र प्रहरीले केही बताउन चाहेन । सादा पोसाकका सशस्त्र प्रहरीले आफूलाई पक्राउ गरेपछि ती व्यक्तिले पक्राउ पुर्जी मागेका थिए । गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई पक्राउ गर्ने अधिकार दिएपछिको काठमाडौमा परिचालित सादा पोशाकका सशस्त्र प्रहरीले पहिलो पटक मान्छे पक्राउ गरेको थियो तर सशस्त्र प्रहरीसँग पक्राउ पुर्जी थिएन । 

उसले सादा पोसाकमा प्रहरी खटाउन मिल्दैन । सशस्त्र प्रहरीको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा तत्कालिन प्रवक्ता शैलेन्द्र खनालले सशस्त्रको सादा पोशाकमा प्रहरी नखटिने बताएका थिए । राई पक्राउ परेपछि दिनभरि यस विषयमा सशस्त्र प्रहरीको उच्च पदस्थ अधिकृतहरू मौन रहेका थिए । सशस्त्र प्रहरीका आइजीपी दुर्जकुमार राई र एआइजी शैलेन्द्र खनाल अमेरिका भ्रमणमा थिए । 

कुनै पनि व्यक्तिलाई पक्राउ गर्नुअघि पक्राउ पुर्जी दिनुपर्ने, मुचुल्का तयार पार्नुपर्ने, साक्षी तयार गर्नुपर्ने हुन्छ । तर, सशस्त्र प्रहरीले त्यसको प्रकृया नै पूरा गरेको छैन । पक्राउ पर्नासाथ नेपाल प्रहरीलाई बुझाइएको भए उनीमाथि मंगलबार नै कारबाहीको प्रक्रिया अघि बढ्थ्यो । सशस्त्र प्रहरीलाई पनि व्यक्तिलाई पक्राउ गर्ने अधिकार दिइएपछि दुवै प्रहरी संगठनबीच सम्बन्ध चिसिन पुगेको छ । सशस्त्र प्रहरीले जिल्ला वन कार्यालयमा बाघको छालासहितको तस्कर पक्राउ परेकाले जिम्मा लिइदिन फोन गरेको थियो । 

तर, वन कार्यालयले ‘आज अफिस समय सकिएकाले भोलि बिहान १० बजे ल्याउनू, हामी बुझ्छौं’ भनेपछि सशस्त्र प्रहरीले मंगलबार रातभर ती व्यक्तिलाई कीर्तिपुरस्थित बाघभैरव सशस्त्र प्रहरी गणमा राखेको थियो । सशस्त्र प्रहरीको आप्mनो हिरासत छैन र राख्न पनि पाउँदैन ।
सशस्त्र प्रहरी बल मुख्यालयले सरुवाप्रति असहमति राखी कारवाहीका लागि स्पष्टिकरण सोधेका कसैले पनि काठमाडौ आउनु बाहेक कुनै कारवाही गरेको छैन । २४ घण्टे स्पष्किरण पेश गरेका उनीहरूलाई कुनै प्रतिक्रिया नदिइ आप्mनो यूनिटमा जान निर्देशन दिएको थियो । 

सशस्त्र प्रहरी वलको कानुन निर्देशनालयले सोधेको सो स्पष्टिकरणमा विभागका विरुद्ध सामाजिक सञ्जालमा आलोचना गरेको भन्दै स्पष्टिकरण सोधेको थियो । सामाजिक सञ्जाल फेसबुकमा असन्तुष्टि जनाउने देशभरका ८ डीएसपी र ११ इन्स्पेक्टरसँग २४ घण्टे लिखित स्पष्टीकरण मागेको थियो । तर उनीहरूले कुनै पनि स्पष्टिकरण दिनु परेन । कानुन निर्देशानालयले कारवाहीका लागि बोलाइएको जनाएको थियो । आफू निकटलाई राम्रो स्थानमा सरुवा गरेको, राजनीतिक पहुँच र प्रभाव भएकालाई प्राथमिकता दिएको लगायत भन्दै फेसबुकमा प्रतिक्रिया जनाएपछि उनीहरूलाई स्पष्टीकरण सोधिएको हो । 

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) दुर्जकुमार राईको निर्देशनमा कानुन निर्देशनालयले आठ डीएसपी र ११ इन्स्पेक्टरलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण मागेको थियो । स्रोतका अनुसार डीएसपीहरू गौतमलाल योञ्जन, भुवनराज पन्त, चेतसिंह थापा, कृष्ण ढकाल, समीक महर्जन, रवि केसी, नेत्रबहादुर कार्की र पुनचन्द भट्टले आइतबार स्पष्टीकरण बुझाएका थिए । यसैगरी इन्स्पेक्टरहरू विश्वराज योञ्जन, अपार प्याकुेल, उमाकान्त जोशी, भीमबहादुर राना, सन्तोष उपाध्याय, धनसिंह धामी, अर्जुन कुँवर, नवीन अधिकारी, लाप्साङ तामाङ, विश्वनाथ जीसी र शंकर शाह रहेका थिए ।

 संगठनका कामकारबाहीबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिने, राजनीतिक टीकाटिप्पणी गर्ने, पोसाकसहितका तस्बिर पोष्ट गर्न नपाइने प्रावधानको उल्लंघन गरेपछि उनीहरूलाई स्पष्टीकरण सोधिएको थियो । सशस्त्र प्रहरी बलमा खुला प्रतिस्पर्धाबाट भर्ना भएको प्रहरी निरीक्षक इन्स्पेक्टरको पहिलो ब्याच आधारभूत तालिम पूरा गर्ने्बित्तिकै डिएसपीमा बढुवा भएको थियो । १४ वर्षको अवधिमा त्यही संगठनमा इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन २० वर्ष लाग्ने अवस्था आएको छ । 

कर्मचारीको वृत्ति विकास योजना नहुँदा सशस्त्र प्रहरीमा कर्मचारीको करिअर चौपट भएको हो । अहिले खुला प्रतिस्पर्धाबाट भर्ना भएको १२ वर्ष बित्दा पनि इन्स्पेक्टरहरू डिएसपीमा बढुवा हुन सकेका छैनन् । संगठनको अहिलेकै अवस्थाअनुसार अबको केही वर्षपछि इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन २० वर्ष लाग्ने अवस्था आएको सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन् । 

जसका कारण संगठनमा व्यापक निराशा छाएको छ । नयाँ संगठन भएकाले सुरुका वर्षमा माथिल्लो पदमा धेरै पद रिक्त हुँदा छिटोछिटो बढुवा हुने गरेको थियो । तर, अहिले माथिल्लो तहमा थोरै तथा तल्लो तहमा धेरै पद हुँदा सशस्त्रको बढुवा जाममा परेको हो । यसले तल्लो तहमा ठूलो असन्तुष्टि ल्याएको छ । कतिपयले जागिरसमेत छाड्न थालेका छन् । नेतृत्वले वृत्ति विकास योजना बनाएर भर्ना र दरबन्दी थप्ने निर्णय नगरेका कारण संगठनमा भद्रगोल अवस्था उत्पन्न भएको हो ।

Post a Comment

0 Comments