Subscribe Us

सलबलाउन थाले गुण्डा,
उजुरी दर्ता नर्गन व्यापारीलाई नेता र प्रहरी हाकिम कै दबाब

काठमाडौं । गुण्डा र गुण्डागर्दीमाथी माहनगरीय प्रहरी आक्रमक रुपमा प्रस्तुत भएपछि बिचलित बनेका गुण्डा नाईके तथा तिनका सदस्य फेरी सक्रिय हुन थालेका छन् ।

राजनीतिक आवरणमा बिभिन्न व्यापारी तथा ठेकदारलाई पेस्तोल देखाउँदै धम्क्याएर पैसा असुल्ने, अपहरण गरी फिरौती माग्ने जस्ता क्रियाकलापमा गुण्डा र तिनका सदस्य सक्रिय भएपछि प्रहरीले गुण्डा माथि विशेष अप्रेशन चलाएका थियो । 

विशेष अप्रेशनको क्रममा दुई बर्ष आगाडी धादिङका चरी नामले चिनिने कुख्यात गुण्डा दिनेश अधिकारी र गत बर्ष सामाखोसीका घैटे नामले चिनेने कुमार श्रेष्ठ ईन्काउन्टरमा मारिएपछि अन्य गुण्डा नाईके गुमनाम भएका थिए । प्रहरीको फरार सुचीमा रहेका गुण्डा कोही बिदेशिए भने कोहीले प्रहरी तथा अदालत समक्ष आत्मसर्मपण गरेका थिए । राजधानीमै लुकेर बसेका कथित डन पनि प्रहरीको डरले गुप्तबास थिए । तर बिगत दुई महिना यता राजधानीमा फेरी गुण्डा नाईके र तिनका सदस्य सक्रिय हुन थालेका छन् । 

विशेष गरी महानगरयि अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालको सरुवाको हल्लासँगै गुण्डा र गुण्डागर्दी सुरु भएको हो । दशै अगाडी सुरक्षा सम्बन्धी तालिमको लागि खनाल अमेरीका गएका थिए । अमेरीका गएसँगै  सरुवाको हल्ला गुण्डाको दिन चर्या फेरीएको हो । गुमनाम रहेका गुण्डाहरू सक्रिय हुन थालेका हुन् । चाडवाडको बेलामा प्रहरीले विशेष सुरक्षा योजना लागू गरेपनि गत साता काभ्रेका व्यापारी प्रदिप बोगटीलाई गुण्डाको एक समुहले कुटपिट गर्दै उनको साथमा भएको १९ लाख रुपैंया लुटेको थियो । लक्ष्मी पुजाको दिन १४ कात्तिकको रात जुवा खेल्ने बहानामा आएका गुण्डाको समुहले बोगटीको उक्त पैसा लुटपाट गरेका थिए ।

 लुटपाटका नाईके भने काभ्रेली समुहका दावा लामा भएकोे पीडित व्यापारी बोेगटीले बताए । लामाको साथमा रहेका पन्च लामा र सत्य लामाले व्यापारी बोेगटीलाई कुटपीट गर्दै उक्त रुपैंया जबरजस्ती लुटेको जाहेरी प्रहरीमा परेका छ । लुटपाट पश्चात उक्त समुह भारतको सिक्कीम पुगेको खबर जनप्रहारले पत्तो लगाएको छ ।  सिक्कीमको माझोङ होटल तथा क्यासिनो रमाउँदै उक्त समुहले उजुरी दर्ता नर्गन बोगटीलाई बिभिन्न सुत्र लगाएको उनले बताए ।
 
को हुन् दावा
 
राजधानीका कुख्यात गुण्डा नाईके तथा डलर देखाएर सर्वसाधारणलाई प्रलोभनमा पारेर लुट्दै आएका कुख्यात गुण्डा काजी शेर्पाका चेलाबाट दावाको उदय भएको थियो । दश बर्ष अगाडीसम्म शेर्पाकोे धन्दा सम्हाल्दै आएका दावा पछिल्लो समय काभ्रेली समुहसँग मिलेर शेर्पा कै जानी दुस्मनका रुपमा खडा भए । पछिल्लो समय मिटर व्याजमा पैसा लगाउने थालेपछि लामाको आर्थिक हैसियत समेत बलियो हुन थाल्यो । 

क्यासिनोमा मिटर व्याजमा पैसा लगाउने र मिनी क्यासिनो शैलीमा जुवा खेलाउन थालेपछि लामा करोडमा खेल्न थाले । पैसाले मात्तिएका लामाले दरबारमार्गस्थित एक डिस्कोमा पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रबल गुरुङको ज्यान मार्न खोजेपछि प्रहरीको फन्दामा परे । उक्त मुद्दाबाट छुटे लगत्तै लामाले ललितपुरका व्यापारी राजन श्रेष्ठलाई खुकुरी प्रहार गरी ज्यान मार्न खोजे । 

फरार सुचीमा रहेका लामालाई तत्कालिन महाशाखाका एसएसपी पुस्कर कार्कीको टोलीले बौद्ध नयाँबस्तीबाट लागूऔंषध सहित पक्राउ गरेको थियो । लागूऔषध मुद्दामा दुई बर्ष पुपक्र्षको लागि थुनामा बसेका लामा मुद्दा फैसाला हुदा सफाई पाए । जेलबाट छुटे लगत्तै काभ्रेमा उत्पादीत हुने बुद्धचित्रको मालाको व्यापार गर्न नाममा गुण्डागर्दी सुरु गरे । जँहा फेरी उनी विवादमा तानिए । पछिल्लो समय अन्य गुण्डा गुमनाम रहेका बेलामा लामाले भने गुण्डागर्दीलाई झन बढाएको प्रहरी स्रोतको दाबी छ । महाशाखाका एक अधिकृतका अनुसार लामाले हतियार समेत बोकेर हिड्ने गरेका छन् । जनप्रहार साप्ताहिकबाट

Post a Comment

0 Comments