Subscribe Us

लोकमान सिध्याउन प्रचण्ड प्रेसर !

काठमाडौं । व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीलाई पानी मुनी गएर भएपनि नछाड्ने प्रचण्डले योजना बुनेका छन् । 
लोकमान प्रचण्डको लागि तस्बिर परिणाम
सरकारको समीकरणमा रहेको नेपाली कांग्रेसले लोकमानबारे आधिकारीक निर्णय गर्नुअघि नै कांग्रेसलाई साथमा लिएर लोकमानको सात्तो लिने जनाएका छन् । 

आफैं धामी आफंंै बोक्सी भन्ने उखानको उक्केरा लाउँदै प्रचण्डले लोकतन्त्रको चिर हरण गरेको अभियोग पनि लगाएका थिए । 

आक्रोशित मुद्रामा रहेका प्रचण्डले गेरुवस्त्रधारी मानवअधिकारवादीसँग भने,‘फरक परिस्थितिमा नियुक्ति गरियो, त्यसको समिक्षा हुनेछ तर अहिले उनलाई कारवाही नगरी लोकतन्त्र बाँच्छ जस्तो लागेन ।’

खासगरी प्रचण्डको भारत भ्रमणका क्रममा लडाकु शिविरमा भएको भ्रष्टाचार छानविन गर्छु भनी लोकमानले पत्रकार सम्मेलन गरेपछि प्रचण्ड तर्सिएका थिए । त्यतिमात्र होइन राजनीतिक दलका नाममा गरेका भ्रष्टाचारका फाइल पल्टाउने लोकमानको तयारी भएपछि प्रमुख तीन दलका नेता मिलेका थिए । आफुविरुद्ध अभिव्यक्ति र धम्की नआएको भए प्रचण्ड लोकमानलाई कारवाही गर्ने पक्षमा थिएनन् । 

लोकमानले बालुवाटारलाई बारम्बार धम्की दिएर फाइल खोल्ने चेतावनी अहिले पनि दिइरहेका कारण जसरी पनि कारवाही गरिने प्रचण्डको दाबी छ । संसदमा लोकमाविरुद्ध परेको महाअभियोग पारित हुनका लागि कम्तिमा ३६ दिन लाग्नेछ । संसद सुरु हुनका लागि केही दिन बाँकी छ । प्रधानमन्त्रीले प्रमूख दलका शीर्ष नेताहरू महाअभियोगकै पक्षमा रहेको जानकारी दिँदै आन्तरिक गृहकार्यपछि सहमतिमा पुगिने बताए ।

Post a Comment

0 Comments