Subscribe Us

यस कारण तुहियो आईजी फेर्ने खेल,

काठमाडौं । सेवाअबधि तीन महिना बाँकी रहँदा नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्याल हटाउने खेल आईतबार बेलुकाबाट तुहिएको छ । प्रधानमन्त्री प्रचण्डले उक्त खेलमा असहमति जनाएपछि आईजी फाल्ने र बनाउने खेल तुहिएको हो । प्रचण्डलाई मनाउने जिम्मा अन्नपूर्ण पोष्टका अध्यक्ष रामेश्वर थापाले लिएका थिए । पछिल्लो समय थापा माओवादी केन्द्रका नेता निकट मानिन्छन् ।
upendra kant aryalको लागि तस्बिर परिणाम
आगामी ३ मागमा ३० बर्षीय सेवा अवधिका कारण आईजी अर्यालले अवकाश पाउँदै छन् । तर उनलाई तिन महिना अगाडी बिभिन्न आरोप लगाउँदै केही नेता र तथा सञ्चार माध्यमले आफू निकट एआईजी राजेन्द्रसिंह भण्डारीलाई बनाउन संगठन कै बदनाम हुने गरी फोहोरी खेलमा लागेका थिए । 
 
भण्डारीलाई आईजी बनाउन थापा र कान्तिपुर पव्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया समेत एक भएका थिए । 
 
सिरोहियाले शेरबहादुर देउवालाई मनाउने जिम्मा लिएका थिए । सबै सहमत भएपनि अन्तिममा प्रचण्ड व्याक भएपछि आईजीको खेल सकिएको हो । लोकमानको टुंगो नलगाएसम्म आईजीलाई नचालाउने प्रचण्डले अडान लिएका थिए । बनाउने काम केही भएको छैन बिर्गाने काममात्र गर्ने भन्दै प्रचण्डले आईजी परिवर्तन नगर्न अडान लिएको उनलाई उदृत गर्दै स्रोतले भन्यो । तर वास्ताविकता भने अर्कै थियो । 
 
आईजी अर्याल हटाएर देउवाको क्यान्डिडेटलाई आफ्नो रिक्समा आईजी बनाउन प्रचण्ड चहाँदैन थिए । प्रचण्डका विश्वास पात्र जनार्दन शर्माको सिफारिस भने अर्का एआईजी सुरेन्द्रबहादुर शाह थिए । कुरो नमिल्दा प्रचण्ड व्याक भएको स्रोतको दाबी छ । प्रचण्डले बोली फेरेसँगै आईजी फेर्ने खेलमा लागेको सबैको सपना चकानाचुर भएको हो । 
 
माओवादी केन्द्रका नेता जनार्दन शर्मा, कान्तिपुर पव्लिीकेशनका सिरोहिया, नेपाली कांग्रेसका सभापति देउवा तथा गृहमन्त्रीको सपना तुहिएको हो । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा प्रचण्डले नेपाली सेनामा तत्कालिन अवस्थामा एक महिना पछि अवकाश हुन लागेका सेनापति रुगमान कटुवाललाई चलाउँदा प्रधानमन्त्री पदबाटै राजीनामादिनु परेको थियो । उनि फेरी अरुको फाईदाको लागि त्यस्तै घटना निम्त्याउन चहाँदैन थिए स्रोतले भन्यो ।

Post a Comment

0 Comments