Subscribe Us

यसरी दुरुयोग हुन्छ प्रहरी कोषको रकम

Image result for nepal policeकाठमाडौं । प्रहरी महानीरिक्षक उपेन्द्रकान्त अर्यालको कार्यकाल अब तीन महिना मात्रै बाकी रहेको छ । उनी आइजीपी भएदेखि नै प्रहरीमा भएका भ्रष्टचारलाई शुन्यमा पु¥याउने योजना सुनाएका थिए । केही हदसम्म त्यो सफल भयो होला तर उनको कार्यकालको अन्तिम समयमा आएर कल्याणकारी कोष भने भ्रष्टहरुकै चंगुलमा परेको छ । 

प्रहरी नेतृत्वले भ्रष्टाचार नियन्त्रणको जतिसुकै कुरा गरे पनि भ्रष्टाचार नियन्त्रण होइन मिलाएर संस्थागत भ्रष्टाचार भइरहेको विषय भने कहीँ कतैबाट लुकेको छैन । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई पत्तो नै हुँदैन । 

कल्याणकोषको अध्यक्ष रहने प्रशासन विभागका एआइजी रमेश शेखर बज्राचार्यकै मिलेमतोमा सो भ्रष्टचार हुने गरेको छ । कल्याणकोषका प्रमुख एसएसपी लव विष्टले यस्तो अनियमितता गरिरहेका स्रोतले जनाएको छ । कल्याण कोषको रकमबाट प्रहरी अस्पतालमा उपचारार्थ आएका बिरामी मध्ये कान नसुन्नेहरूका लागि खरिद गरिएको हेरिङ एड खरिद गर्ने क्रममा यस्तो भ्रष्टाचार भएको हो । प्रहरी अस्पतालका एक चिकित्सकले दिएको जानकारी अनुसार सो हेरिङ एड २० हजारदेखि डेढ लाख रूपैयाँसम्म पर्ने हुन्छन् । 

केहीदिन अगाडि मात्रै प्रहरी अस्पतालमा वितरण गरिएका ती हेरिङ एड मुस्किलले २५ हजार रूपैयाँ पर्ने छन् तर कल्याणकोषका एसएसपी लव विष्टले प्रति पिस सो सामान खरिद गर्दा ६५ हजारमा खरिद गरेको भन्दै बिलपास गराएको कल्याणकोषका स्रोतले जनाएको छ । कोषको रकमबाट ३० वटा हेरिङ एड वितरण गरिएको थियो । कल्याण कोषको रकम यसरी भ्रष्टाचार गरी दुरूपयोग गर्ने काम एसएसपी विष्टले गरेका छन् । 

त्यसको कमिशन प्रशासन विभागका प्रमुख रमेश शेखर बज्रचार्यसम्म पुग्ने गरेको स्रोतले जनाएको छ । यसबाहेक अस्पतालमा आल्मुनियम पार्टेशन गर्दा पनि यस्तै भ्रष्टाचार गरिएको पनि स्रोतले जनाएको छ । अस्पतालको ल्याब सुधारका नाममा तीन वटा आल्मुनियमको पार्टेशन गरिएको छ । मुस्किलले डेढ लाख रूपैयाँ खर्च पनि नहुने सो पार्टेशनलाई कोटेशनका माध्यमबाट एसएसपी विष्टले आप्mनै ठेकेदारलाई काम दिलाएर ६ लाख रूपैयाँको भुक्तानी दिएको समेत कोषको लेखामा काम गर्ने एक प्रहरीले बताए । अस्पताललाई आम्दानी देखाएर बिल पास गराई एसएसपी विष्टले कल्याणबाट आपैmले भुक्तानी दिएको ती प्रहरीको भनाइ थियो । 

अस्पतालको मुख्य भवन पछाडि वार्ड भवन बनिरहेको छ । ल्याब पनि त्यही नै निर्माण गर्ने बेलामा अहिले भ्रष्टाचार गर्नका लागि पुरानो भवनमा पार्टेशन गर्ने नाममा डेढ लाख रूपैयाँ पनि खर्च नगरी झण्डै ६ लाख रूपैयाँ भुक्तानी गरी अनियमितता गर्ने काम एसएसपी विष्टले गरेको कल्याणका एक अधिकृतले बताए । एसएसपी विष्ट कल्याणकोषमा आएदेखि नै उनी भ्रष्टाचारका प्रकरणहरूमा जोडिँदै आएका छन् । 

तर पनि उनलाई हटाउने कार्य भएको छैन । हाइटी र सुडान मिसनमा हुने सामान खरिदमा पनि ठूलो अनियमितता हुँदै आएको भएपनि त्यो विषयलाई महानीरिक्षक अर्याल र उनको सचिवालयसमेत आँखा चिम्लिदिएको छ । गतसाल नाकाबन्दीको बेलामा पनि पेट्रोल पम्पबाट लाखांै रुपैया आम्दानी गरेको एसएसपी विष्टले कल्याणकारी कोष मार्फत खरिद गरिने सबै प्रकारका सामानमा कमिशनको खेल हुने गरेको कोष निकट स्रोतले जनाएको छ । तर पनि उनलाई अभैm कल्याणकोषमा राखेर भ्रष्टाचार गर्ने अवसर दिने काम भइरहेको छ । 

अहिलेकै अवस्थामा बढुवा भएका खण्डमा पनि झण्डै १३ महिना जागिर बाँकी रहेका विष्ट बढुवा नभएका खण्डमा त माघ महिनामा नै अवकाश हुनेछन् । अहिलेसम्म उनी बढुवा हुने अवस्था देखिएको छैन । डिआइजीमा बढुवा हुनका लागि ३ वटा सिटमध्ये एक सिटमात्रै खाली छ । त्यसमा गणेश केसी बढुवा हुने निश्चित भएकाले पनि आफू रहुन्जेल उनले कोषको दोहन गर्न नछाडेको एक प्रहरी अधिकारीले बताए ।

Post a Comment

0 Comments