Subscribe Us

चीन चिढ्याउँन यस्तो छ मोेदीको खेल, देउवालाई यसरी बनाईयोे मोेहरा

narendra modiको लागि तस्बिर परिणामकाठमाडौं । गत वर्ष भारतले गरेको चार महिना लामो नाकाबन्दिपछि बाक्लिएको उत्तरी छिमेकी चीनसँगको सम्बन्ध चिस्याउन भारत लागि परेको छ । यसको लागी भारतले आफू निकट एक समुहलाई काठमाडौंमा सक्रिय बनाएको छ । 

‘न्यू ईण्डिया फाउन्डेसन’ को नेपाल मनीटरीङ गर्ने अजित डोबालका छोरा र ‘आर एस एस’ को प्रबत्ता तथा हाल बिजेबीको महासचिबसमेत रहेका राम माधबको समुहलाई सक्रिय बनाएको स्रोत बताउछ । डोबाल भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सहल्लाकार समेत हुन । 

सो समुहले बिभिन्न बहानामा नेपालका सत्ता साझेदार नेता देखी अन्य दलका नेतालाई जालमा पारेर चिन बिरोधी कार्याक्रम तथा दलाई लामा निकटहरुलाई भेटाउँदै आएका छन् । सोही समुहको निशानामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत परे । नेता दलाई लामाले सम्बोधन गर्ने गोवाको एक कार्यक्रममा देउवालाई सो समुहले प्रमुख अथिती बनाएपछि चिन र नेपालको सम्बन्धमा दरार उत्पण भएको छ । 

नेपालका पूर्ब प्रधानमन्त्री तथा ठूलो दलको पाटी सभापती जस्तो व्यक्तिले चिन बिरोध गतिबिधीमा सक्रिय दलाई लामाको कार्यक्रममा उपस्थित हुन नहुने भन्दै पाटी भित्रै देउवाको आलोचना हुन थालेको काग्रेसी एक नेताले बताए । उक्त कार्याक्रममा भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टीका अध्यक्षदेखि अन्य नेताको पनि सहभागीता रहेको थियो ।  

देउवाले एक चीन नीतिको खिलाफलमा दलाई लामासँग कुम जोडेको आरोप चीनले लगाउन थालेको छ ् । चीन नेपालमा भारतको प्रभावको भन्दा पनि चीनको सुरक्षा र तिव्वत मुद्दामा नेपाल सरकारको एक चीन नीति चहान्छ । 

‘स्वतन्त्र तिव्वतको माग गरेर चीनमा आन्दोलन चर्काउन पश्चिमाहरूको सहयोग लिइरहेका दलाई लामासँगको निकटता अहिलेको सत्तारुढ नेपाली कांग्रेसका सभापतिले देखाउनु दुखद हो, यसले उत्तरी छिमेकीलाई टाढा राख्ने र दक्षिणी छिमेकीले भनेको मान्ने देखाइरहेको छ’, उच्च स्रोतले भन्यो,‘यस्तो पक्षपाती व्यवाहारले जुनसुकै छिमेकी रिसाउनु स्वभाविक हुन्छ ।’

Post a Comment

0 Comments