Subscribe Us

दिल्लिपछि बेइजिङ किन पुगे राजा ?

काठमाडौं । मुलुकमा राजनीति सफा नभएपछि यसमा अवसरको खोजी गर्ने भेट्रानहरु विदेश दौडाहामा सक्रिय रहेका छन् । गणतन्त्रलाई सहज बाटो खोलिदिएको श्रेय बोकेका पूर्वराजा ज्ञानेन्द्र शाह केही साता अघि बुहारी हिमानीसहित सिंगापुर निस्किएका थिए । 

उनी त्यहाँबाट भारतको नयाँदिल्लिमा पुगेका थिए । संविधान कार्यान्वयनमा समस्या भइरहेका बेला नेपालमा भएको हिन्दु सम्मेलनमा कडा भाषामा सम्बोधन गरेका ज्ञानेन्द्रले आफ्नो स्पेस खोजीका लागि दिल्लिको हैदरावाद हाउसमा गुहारेको स्रोतले जनायो । त्यतिमात्र होइन भारतमा रहेका हिन्दुवादीहरु पनि ज्ञानेन्द्रलाई स्पेस दिनुपर्छ भन्ने मान्यतामा उभिएका छन् । त्यसका लागि दक्षिणी छिमेकीमा सम्बन्ध राम्रो बनाएका ज्ञानेन्द्र अहिले उत्तरी छिमेकी चीनको दबाब बनाउन बेइजिङ पुगेको स्रोतले जनाएको छ ।  

शाह केही दिनअघि राजधानी बेइजिङ पुगेको पुष्टी भए पनि चिनियाँ राष्ट्रपति सी जिनपिङसहित उच्च नेतृत्वसँग भने उनको भेटवार्ता नभएको बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार माओवादी केन्द्रको पोलिटब्यूरो बैठकमा ज्ञानेन्द्रको नाम नलिइकन ‘उत्तर र दक्षिण मुभ गरी प्रतिगामी षडयन्त्र’ गरिरहेको आरोप लगाउँदै शाहले चीन भ्रमण गरेको जनाउ दिएका थिए ।

बेइजिङस्थित नेपाली दूताबास र परराष्ट्र मन्त्रालय निकट स्रोतहरूले शाहले चीन भ्रमण गरेको पुष्टी गरेका छन् । चीनको परराष्ट्र मन्त्रालय निकट स्रोतहरूले एक गैरसरकारी चिनियाँ संस्थाको निमन्त्रणामा पूर्व राजा शाह बेइजिङ पुगेपनि उच्च राजनीतिक भेटवार्ता भने नभएको जनाएका छन् । आफ्नो शासनका समयमा भारतसँग सम्बन्ध विगारी चीनसँग हितैसी भएका कारण उनको बहिर्गमन भएको थियो । अहिले दिल्लिसँग सुमधुर सम्बन्ध बनाएका पूर्वराजाले चीनसँग पनि सम्बन्ध बलियो बनाउनका लागि चिनियाँ नेताहरूसँग भेटवार्ता गरेका छन् । 

राजा भएको एक वर्षभित्रै उनले भारत र त्यसपछि तत्कालीन चिनियाँ राष्ट्रपति ज्याङ जेमिनको निमन्त्रणामा चीन भ्रमण गरेका थिए । सन् २००५ फेबु्रअरीमा प्रत्यक्ष शासन सुरु गरेका राजा ज्ञानेन्द्रले दुई महिनापछि अप्रिलमा इण्डोनेसियाको जाकर्तामा एसियाली–अफ्रिकी सम्मेलन र चीनको हाइनानमा बोआओ एसिया फोरममा सम्बोधन गर्ने अवसर पाएका थिए। जाकर्तामा तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओसँग शाहको भेट भएको थियो । तर, पछिल्लो चरणमा उनले राष्ट्रपति सी जिन पिङसँग भने भेट्न नपाएको बताइएको छ । 

Post a Comment

0 Comments